पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ५ मा साताव्यापी सडक सरसफाई कार्यक्रम संचालन गरिएको छ् । वडा क्षेत्रलाई सफा सुग्घर बनाउने उद्धेश्यलेले दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीको पहलमा साताव्यापी सरसफाई कार्यक्रम सुरु गरिएको हो । स्वयम्सेवा मार्फत स्थानियबासी, बिद्यार्थी, शिक्षक, नेपाल प्रहरी, सशस्त्र प्रहरी र बिभिन्न संघ–संस्थाको सहयोगमा वडा स्तरिय साताव्यापी सरसफाई कार्यक्रम सुरु गरिएको दोधारा चाँदनी नगरपालिका– ५ का वडा अध्यक्ष केशव खत्रीले जानकारी दिनुभएको छ् । आफु जनप्रतिनिधी भएर आईसकेपछि निरन्तर वडामा रहेका सडकहरुमा सरसफाई कार्यक्रम संचालन गर्दै आएको वडाध्यक्ष केशव खत्रीले बताउनुभएको छ् । प्रत्येक शनिवार वडा क्षेत्रमा रहेका सडकहरुमा स्थानियबासी, बिद्यार्थी, शिक्षक, नेपाल प्रहरी, सशस्त्र प्रहरी र बिभिन्न संघ–संस्थाको सहयोगमा सडक छेउमा उम्रेका झाँडी, फोहरहरुलाई सरसफाई गर्ने कार्यक्रम रहेको अध्यक्ष खत्रीले बताउनुभएको छ् ।
वडाध्यक्ष खत्रीले थालेको सरसफाई अभियानलाई स्थानियहरुले स्फुर्तरुपमा सघाउदै आएका छन् । साताव्यापी सरसफाई अभियानको पहिलो दिन माननिय चौराह देखि ईलाका प्रहरी कार्यालय सम्मको मुल सडक खण्ड सरसफाई गरिएको छ् । सडकमा उम्रेका झाँडी तथा फोहरका कारण सडक दुर्घटना न्युनिकरण हुने, वन्यजन्तु आक्रमण रोकिने, तथा डेंगु तथा मलेरिया जस्ता रोग नियन्त्रणमा सघाउन पुग्ने अपेक्षा गरिएको छ् । भानु बहुमुखी क्याम्पस दोधारा चाँदनी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष भरत दत्त भट्टले सडकमा उम्रेका झाँडी सरसफाई कार्यक्रम सबै वडाका सडकहरुमा गरिनु पर्ने बताउनुभएको छ् ।
सडक दुर्घटना न्युनिकरण संगै वन्यजन्तुको आक्रमणलाई रोक्न समेत सडक सरसफाई कार्यक्रमले सघाउने भानु बहुमुखी क्याम्पस दोधारा चाँदनी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष भरत दत्त भट्टले बताउनुभएको छ् ।
हरेक साता गरिने भनिएको सडक सरसफाई कार्यक्रमले वातावरण सफा र सकड चिटिक्क देखिने, विषेशत : सडक दुर्घटना न्यु्निकरण, वन्यजन्तु आक्रमण न्युनिकरण तथा डेंगु जस्ता रोग नियन्त्रणमा केही हद सम्म सघाउ पुग्ने स्थानियबासीहरुले विश्वास लिएका छन् ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।