Advertisement

ईको पार्क संरक्षण, सम्वद्र्धन र व्यवस्थापन कार्यमा तिब्रता

Advertisement

दोधारा । कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको ईको पार्कको संरक्षण, सम्बद्र्धन र व्यवस्थापन कार्य तीव्र रुपमा भइरहेको छ् । स्थानीय जनप्रतिनिधि, संघ–संस्था साथै सरोकारवाला निकायहरुको सक्रीयतामा बजारकै मुटुमा रहेको ईको पार्क व्यवस्थापन कार्य भइरहेको हो । शुक्रबार जनप्रतिनिधि, संघ–संस्था साथै सरोकारवाला निकायहरु बीच ईको पार्कको संरक्षण, सम्बद्र्धन र व्यवस्थापन सम्बन्धी जानकारी तथा सुझाव संकलनका लागि छलफल भएको छ् । भीमदत्त नगरपालिकाका उप–मेयर निलम जोशी लेखकले बजारको मुटुमा रहेको ईको पार्कको संरक्षण, सम्बद्र्धन र व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो । अहिले ईको पार्कको संरक्षण, सम्बद्र्धन र व्यवस्थापनका लागि पालिका, वडा कार्यालय, विभिन्न संघ–संस्था साथै सबै सरोकारवाला निकायहरुले चाँसो देखाएको बताउनुभयो ।

उहाँले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को आर्थिक तथा प्राविधिक सहयोगमा वृक्षारोपण कार्यहरु गरि हरियाली प्रवद्र्धनका लागि काम भईरहेको तर्क गर्दै यसले स्थानीय बासिन्दाहरुलाई स्वच्छ हावा प्रदान गर्नुको साथै उनिहरुको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । भीमदत्त नगरपालिका वडा नम्बर–१८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटाले ईको पार्क व्यवस्थापनको काम सुरु भएको बताउनुभयो । यो सुरुवात मात्र भएको भन्दै उहाँले सबै संघ–संस्था साथै सरोकारवाला निकायहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत ईको पार्क व्यवस्थापनका लागि लगानी गरि आफ्नो दायित्व निर्वाह गर्न अनुरोध गर्नुभयो ।

ईको पार्क व्यवस्थापन समितिका अध्यक्ष बिमल खडायतले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले ईको पार्कको संरक्षण, सम्बद्र्धन र व्यवस्थापनका लागि विभिन्न कार्यक्रमहरु ल्याएकोमा धन्यवाद दिनुभयो । उहाँले ईको पार्क व्यवस्थित र हराभरा भएमा यसबाट स्थानीय संगै सिंगो भीमदत्त नगरपालिकाबासीले लाभ लिन सक्ने बताउनुभयो । एनएनएसडब्ल्यूए सुदृढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले ईको पार्कमा कस्ता बिरुवा लगाउने ? कहाँ–कहाँ लगाउने ? भन्ने विषयमा छलफल गर्नका लागि कार्यक्रम गरिएको बताउनुभयो । उहाँले ईको पार्कको सम्बद्र्धन गरिएपनि त्यसको संरक्षण चुनौतीको विषय भएको बताउनुभयो । त्यसका लागि सर्वप्रथम ईको पार्क परिसरमा तारबार लगाउने काम सम्पन्न गरिएको उहाँले बताउनुभयो ।

उहाँले ईको पार्कको पार्क संरक्षण, सम्बद्र्धन र व्यवस्थापन कार्यका लागि पालिका, वडा कार्यालय, संघ–संस्था, स्थानीय साथै सरोकारवाला निकायहरु आ–आफ्नो स्थानबाट जिम्मेबार हुनुपर्ने बताउनुभयो । बढ्दो जलवायु परिवर्तनको असरबाट शहरी क्षेत्र बढी प्रभावित भएको अवस्थामा कार्वन उत्सर्जन कम गर्न साथै खुल्ला क्षेत्रहरुको संरक्षण गर्ने उद्देश्यले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको साँझेदारीमा सञ्चालित सुदृढ परियोजनाको ‘गिफ्ट प्लान्टेशन सपोर्ट’ कार्यक्रम अन्तर्गत ईको पार्कको संरक्षण, सम्बद्र्धन र व्यवस्थापन गर्न लागिएको हो । सोही क्रममा ईको पार्कमा कस्ता बिरुवा लगाउने ? कहाँ–कहाँ लगाउने ? भन्ने विषयमा छलफल गरिएको हो ।

कार्यक्रममा भीमदत्त नगरपालिकाका उप–मेयर निलम जोशी लेखक, वडा नम्बर–१८ का अध्यक्ष रविन्द्र प्रसाद देवकोटा, कार्यपालिका सदस्य, वडा सदस्यहरु, ईको पार्क व्यवस्थापन समितिका अध्यक्ष बिमल खडायत, पूर्व उपमेयर इश्वरी प्रसाद खरेल, भीमदत्त नगरपालिकाका वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख मनोज प्रसाद भट्ट, एनएनएसडब्ल्यूए सुदृढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनार, एनएनएसडब्ल्यूएका देवराज बडु लगाएत उत्थानशील युवा सञ्जाल साथै सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रत्यक्षतर्फका उम्मेद्वार टुंग्याउन शनिबार एमाले सचिवालय बैठक बस्ने

प्रत्यक्षतर्फका उम्मेद्वार टुंग्याउन शनिबार एमाले सचिवालय बैठक बस्ने

काठमाडौं- फागुन २१ गते हुने निर्वाचनका उम्मेद्वारको टुंगो लगाउन नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । प्रचार ...
फ्लोरिडा इन्टरनेशन स्कूलका कक्षा ९ मा अध्ययनरत विद्यार्थीले बनाए रोबोटिक कारदेखि मोवाईल गेमसम्म, हेर्नेको घुईचो

फ्लोरिडा इन्टरनेशन स्कूलका कक्षा ९ मा अध्ययनरत विद्यार्थीले बनाए रोबोटिक कारदेखि मोवाईल गेमसम्म, हेर्नेको घुईचो

महेन्द्रनगर – महेन्द्रनगरको बहुचर्चित स्कूल फ्लोरिडा इन्टरनेशन माविले पाँचौ विज्ञान, कला तथा खाद्य प्रदर्शनी सम्पन्न गरेको छ । बुध...
हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा सम्पन्न

हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा सम्पन्न

हेमा भट्ट, कञ्चनपुर — कृष्णपुर नगरपालिका वडा नम्बर ४–५ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा मिति २०८२...
एनएमबी बैंक झलारी लिलाम प्रकरणमा अर्को फण्डा, कम रकमको कर्जा प्रस्तावनामा बढी रकम ऋण स्विकृत

एनएमबी बैंक झलारी लिलाम प्रकरणमा अर्को फण्डा, कम रकमको कर्जा प्रस्तावनामा बढी रकम ऋण स्विकृत

महेन्द्रनगर - एनएमबी बैंकले शुक्लाफाँटा नगरपालिका १० का अजय बिकको घर लिलाम प्रकरणमा एनएमबी बैंकले ऋणीलाई दिएको ऋण स्वीकृत र मालपोत...
परशुराम नगरपालिकामा मलामी बोकेर फर्किदै गरेको ट्याक्टर र मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यू

परशुराम नगरपालिकामा मलामी बोकेर फर्किदै गरेको ट्याक्टर र मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यू

महेन्द्रनगर - डडेल्धुराको परशुराम नगरपालिकामा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यू भएको छ । जिल्लाको परशुराम नगरपालिका–९ स्थित कु...
राष्ट्र सेवक बचत तथा ऋण सहकारीको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

राष्ट्र सेवक बचत तथा ऋण सहकारीको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनपुरको २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।   ...
प्याब्सन कञ्चनपुरको दोस्रो परिषद् भेलाको उद्घाटन सत्र सम्पन्न

प्याब्सन कञ्चनपुरको दोस्रो परिषद् भेलाको उद्घाटन सत्र सम्पन्न

महेन्द्रनगर - प्याब्सन कञ्चनपुरको दोस्रो परिषद् भेलाको उद्घाटन सत्र सम्पन्न भएको छ । शनिबार चेतन होटलमा सम्पन्न भएको उदघाटन शत्रको...
मर्निङग्लोरीद्धारा  उच्च शिक्षाका लागि छात्रवृत्तिमा अध्ययन गर्न नाम निकाल्न सफल विद्यार्थीहरूलाई सम्मान

मर्निङग्लोरीद्धारा उच्च शिक्षाका लागि छात्रवृत्तिमा अध्ययन गर्न नाम निकाल्न सफल विद्यार्थीहरूलाई सम्मान

महेन्द्रनगर - मर्निङग्लोरीले उच्च शिक्षाका लागि छात्रवृत्तिमा अध्ययन गर्न नाम निकाल्न सफल विद्यार्थीहरूलाई सम्मान गरेको छ । विद्या...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज