नयाँ खबर
महेन्द्रनगर – एमाले केन्द्रीय सदस्य निरुदेबी पाल केहि दिन अगाडि मात्रै एमाले अध्यक्ष केपी शर्माओलीको सचिवालय प्रमुखमा चयन भएका छन् । उनी त्यसअघि कञ्चनपुर जिल्लाको ईञ्चार्ज थिईन् । नेकपा एमालले अहिले संगठन सुदृढीकरण, जनपरिचालन तथा आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउन विभिन्न जिल्लाका लागि जिम्मेवारी बाँडफाँट गरेको छ । त्यसै सिलशिलामा कञ्चनपुर जिल्लामा पनि जिल्ला ईञ्चार्ज तोकिएको छ । कञ्चनपुरमा जिल्ला ईञ्चार्जको जिम्मेवारी कृपाराम रानालाई दिएको छ ।
एमाले ११ औ महाधिवेशनबाट पाल, राना र कमला बोहरा केन्द्रीय सदस्य निर्वाचित भएका थिए । उनीहरुमध्ये रानालाई कंचनपुर इन्चार्ज बनाइएको हो । पाल र बोहरा दुबै अध्यक्ष ओली निकट नेता हुन । पाल अध्यक्षको सचिवालय प्रमुख भएपछि बोहरा इन्चार्ज हुने अनुमान गरिएको थियो ।
बोहरालाई यस अघि फागुन २१ गतेको निर्वाचनमा कंचनपुर १ बाट प्रतिनिधि सभा सदस्यको टिकट दिएर खोसिएको थियो ।
कंचनपुर इन्चार्ज जिम्मेवारी पाएका राना २०७० का संविधान सभा सदस्य हुन । शिक्षण पृष्ठभूमिबाट आएका उनले यस अघि एमाले कंचनपुर निर्वाचन क्षेत्र न. ३ को जिम्मेवारी निर्वाह गरि सकेका छ्न ।

वेदकोट नगरपालिका ४ स्थित शारदा माबिमा अध्ययनका क्रममा एमाले निकट अनेरास्ववियुमा आबद्ध हुदै पार्टीका वडा इलाका, क्षेत्रीय कमिटी जिम्मेवारी निर्वाह गर्दै उनी पार्टी राजनितिमा सक्रिय हुदै आएका हुन ।
बेदकोट २ जडेपानीस्थित बैजनाथ माबिमा अस्थायी शिक्षक भएर सेवा सुरु गरेपछि उनी नेपाल राष्ट्रिय शिक्षक संगठनमा आबद्द भएका थिए ।
२०७० को संविधान सभा निर्वाचनका बेला रानाले शिक्षक सेवा आयोगको परिक्षा पास गरी स्थायी भएका थिए । रानाले पश्चिम तराइका राना समुदायलाई सूचिकृत गराउन भूमिका निर्वाह गरेका छ्न । एमाले राना इमानदार र बौद्धिक नेताका रुपमा परिचित छ्न । रानाले शिक्षकको स्थायी जागिर छाडेर संविधान सभा सदस्य रोजेका थिए । एमाले ११ औ महाधिवेशनबाट राना केन्द्रिय सदस्य निर्वाचित भएका हुन । २०८२ फागुन २१ गतेको निर्वाचनबाट समानुपातिक साङ्सद भएका थिए ।
त्यसैगरी एमालेले कैलाली जिल्लाको इन्चार्जमा कमलाकुमारी ओली, दार्चुलामा गणेशसिंह ठगुन्ना, अछाममा झपटबहादुर बोहरा तथा डडेल्धुरामा पठानसिंह बोहरालाई जिम्मेवारी दिएको छ।

यस्तै, बाजुराको इन्चार्जमा लालबहादुर थापा, बैतडीमा लिलाधर भट्ट, डोटीमा चक्रबहादुर मल्ल र बझाङमा अफिलाल ओखेडालाई जिल्ला इन्चार्ज तोकिएको छ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।