Advertisement

दैजी–लिपना सडक योजनाको ठेक्का सम्झौता तोडिँदै

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा लामो समयदेखि निर्माण कार्य अलपत्र पारिएका विभिन्न सडक आयोजनाका ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुरु गरीएको छ ।
पूर्वाधार विकास कार्यालयले राष्ट्रिय पत्रिकामा बिहिबार सूचना जारी गर्दै ठेक्का सम्झौता किन नतोड्ने भन्दै दैजी लिपना सडक ठेक्का सम्झौता तोड्ने संकेत गरेको हो ।
पूर्वाधार विकास कार्यालयले लामो समयदेखि अलपत्र रहेका तथा पटक पटक मौखिक र लिखित ताकेता गर्दासमेत बेवास्ता गरी हालसम्म पनि कार्य प्रगतिमा सुधार नभएका २५ ओटा निर्माण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको हो । कार्यालयले १५ दिने सार्वजनिक सूचना जारी गरेर २५ ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको हो ।
पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणराज जोशीले लामो समयदेखी अलपत्र रहेका सडक योजना सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ तथा प्रचलित कानून बमोजिम ठेक्का अन्त्य गर्न लागेको जानकारी दिए ।
“हामीले पटकपटक ताकेता गर्दा समेत सम्पर्कमा नआएर सडक निर्माण अलपत्र पार्ने २५ सडक योजनाको ठेक्का तोड्ने प्रक्रिया सुरु गरेका छौँ,” उनले भने, “पाँच÷सात वर्षदेखि अलपत्र रहेका सडक योजना काम हुने अवस्था नदेखिएपछि ठेक्का तोड्ने प्रक्रिया सुरु भएको हो ।”
पूर्वाधार विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०७६–७७ देखि सुरु भएका धेरैजसो सडक आयोजनामा प्रगति न्यून छ । ठेक्का लिएका निर्माण व्यवसायीहरूले काममा ढिलासुस्ती गर्दै आएपछि स्थानीयले समेत चर्को गुनासो गर्दै आएका थिए ।
त्यसैगरी सडक डिभिजन कार्यालय महेन्द्रनगर २०७८–७९ मा सम्झौता भएर काम नभएका ठेक्का तोड्ने प्रक्रिया सुरु गरेको कार्यालयका सूचना अधिकारी हरिप्रसाद जोशीले जानकारी दिए । कार्यालयका अनुसार पूर्वपश्चिम राजमार्गको अत्तरिया–गड्डाचौकी खण्डका विभिन्न स्थानमा सडक विस्तार गर्ने कैलालीको खुटिया पुल–उर्मा–भडा सडकको स्तरोन्नति गर्ने कार्य अलपत्र छ ।
ठेक्का सम्झौताअनुसार उक्त सडकको काम अलपत्र छाडी पटकपटक ताकेता गर्दा निर्माण कम्पनीले काम नगरेपछि कार्यालयले ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको हो । ठेक्का तोडिने सूचीमा अधिकांश ग्रामीण भेगका सडक परेका छन्। यी सडक नबन्दा स्थानीय बासिन्दाले दैनिक आवतजावतमा निकै सास्ती खेप्नुपरेको छ ।
२०७४ साल वैशाख ८ मा नार्गाजुन कन्स्ट्रक्सनसँग २१ करोड २६ लाख ५३ हजार रुपैयाँमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएता पनि १८ करोड ३६ लाख रकम भुक्तानी भइसक्दा पनि सडक कालोपत्रे हुन् सकेको छैन । सडक निर्माणका लागि अहिलेसम्म पाँचपटक म्याद थप गरिसकिएको छ ।
पूर्वाधार विकास कार्यालय महेन्द्रनगरका अनुसार, पछिल्लो पटक २०८२ असार २० गते निर्माण सम्पन्न गर्ने गरी म्याद थप गरिएको थियो ।
दैजी–जोगबुढा सडक निर्माण नहुँदा कञ्चनपुर, डडेल्धुरा र भित्रीमधेशका स्थानीयले कठिन यात्रा गर्नुपरेको छ ।
पाँचौं पटक थपिएको म्याद असार १५ गते सकिन लागेको भएता पनि निर्माणको नाममा निर्माण कम्पनीले बिग्रेको जेसिबि राख्नु बाहेक केही गरेको छैन । निर्माण कम्पनीले यस वर्ष बर्सादले अवरुद्ध भएको बाटो खोल्नु बाहेकको काम नगरेको यातायात व्यवसायी महाजन बोहोराले बताए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज