गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन्।
बालकोटस्थित आगजनीबाट क्षतिग्रस्त आफ्नो निवासको अवलोकन गर्न पुगेका ओलीले सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाएका हुन्। गुरुङले भदौ २३ गते पुराना राजनीतिक दलहरूलाई ‘सुध्रिन’ चेतावनी दिएका थिए। गृहमन्त्रीले ‘पहिले हेलिकप्टर चढेर भागेका थियौ, अहिले त्यो पनि हाम्रै हातमा छ। चढिहाल्यौ भने पनि जाक्दिन्छौँ’ भन्ने अभिव्यक्ति दिएका थिए ।
गुरुङको उक्त अभिव्यक्तिबारे ओलीले भने, ‘हामीले प्रशंसा गरिदिनुपर्ने हो र ? यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए।’
ओलीले भदौ २४ गतेको घटनालाई देशका लागि ‘कालो दिन’ भएको बताए। उक्त दिन भएको विध्वंसका कारण देश २५ वर्षभन्दा बढी पछाडि धकेलिएको उनको भनाइ छ।
‘देश २५...











