Advertisement

Day: २२ भाद्र २०८३, सोमबार

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउँसो करिब १२ बजे दोधारा चाँदनी नगरपालिका–१०, खड्खडेस्थित महाकाली नदीको किनारमा टिकटक भिडियो बनाउने क्रममा स्थानीय १५ वर्षीय सृष्टि सुनार नदीमा बगेर बेपत्ता भएकी हुन्। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दोधारा चाँदनी र प्रहरी चौकी बाबाथानबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ ।  प्रहरीले स्थानीयको सहयोगमा बेपत्ता किशोरीको खोजी कार्य जारी राखेको जनाएको छ। प्रहरीका अनुसार घटनाबारे थप विवरण तथा किशोरीको अवस्था खोजीपछि मात्र यकिन हुने बताइएको छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज