सुप विश्वविद्यालयको उपकुलपतिमा डा राजकुमार साउद लगायत १८ जना बीच प्रतिस्पर्धा हुने
महेन्द्रनगर - सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति पदका लागि कञ्चन विद्या मन्दिर कलेजका प्राचार्य डा राजकुमार साउद सहित १८ जनाको आवेदन स्वीकृत भएको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार १८ जना निवेदकको निवेदन स्वीकृत भएको हो । १८ निवेदन मध्ये महिलाको एउटा पनि निवेदन छैन ।
त्यसैगरी कृष्ण प्रसाद पाठक, चेत राज भट्ट, दिनेश शाह, शेखर अर्याल, राजेन्द्र जोशी, जगत कृष्ण पोखरेल, राम प्रसाद घिमिरे, अग्नि राज कोईराला, डमरु चन्द्र भट्ट, खेम राज जोशी, पदम राज जोशी, हेमु काफ्ले (खरेल), महेश कुमार जोशी, एक राज ओझा, विष्णु विलास अधिकारी, राम सागर पंडित र किशन दत्त भट्टको निवेदन स्वीकृत भएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।
त्यसै गरी त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ५०, पूर्वाञ्चल विश्वविद्यालय ३८, पोखरा विश्वविद्यालय ३८, मध्यपश्चिम विश्वविद्यालय २०, लुम्बिनी बौद्ध विश्वविद्यालय ११...












