अन्तरदेशीय सीमा नदीको पानीको सदुपयोग (ट्रोसा) परियोजना अन्तरगत महिलाहरु व्यवसायमा जोडिदै
महेन्द्रनगर–अन्तरदेशीय सीमा नदीको पानीको सदुपयोग (ट्रोसा) परियोजना समापन भएको छ । महाकाली नदी किनारका महिलाहरुको सशक्तिकरण र पानीमो पहुँच संगै स्वच्छताका क्षेत्रमा परियोजनाले लामो समय काम गरेको थियो ।
यसै साता महेन्द्रनगरमा आयोजित परियोजनाको समापन कार्यक्रममा सहभागीले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने आवश्यक रहेको बताए । परियोजनाले भीमदत्त नगरपालिका ९, ११, १२ र १३ तथा दोधारा चाँदनी नगरपालिका ९ र १० मा महिला सशक्तिकरण समुहहरु गठन गरेर उनीहरुलाई पानीको उपयोगसंगै स्वच्छ कसरी राख्न सकिन्छ भन्ने विषयमा छलफल गर्दै आएको थियो । साथै पानीमा पहुँचका लागि सरोकारवालासंग छलफल तथा पैरवी पनि गरिरहेको थियो ।
‘यो परियोजनाबाट हामीले धेरै कुरा सिक्न पायैं, महाकालीको पानीको गुणस्तर कस्तो छ, पानी परीक्षण कसरी गर्ने सबै जानकारी भयो,’ भीमदत्त नगरपालिका ९ की कलावती चन्दले भनिन्, ‘हामी सामाजि...












