सुदूरपश्चिम प्रदेश प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा
महेन्द्रनगर - सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० प्रकाश रानाभाटले राजीनामा दिएका छन्। रानाभाटले प्रहरी प्रधान कार्यालयमा राजीनामा पेस गरेका हुन्।
२०५८ साउन १८ मा इन्स्पेक्टरबाट सेवा प्रवेश गरेका रानाभाट यसै वर्ष एसएसपीमा बढुवा भएका थिए। उनी २०८२ साउनमा वरिष्ठ प्रहरी उपरीक्षकमा बढुवा भएका थिए।
रानाभाटले आफूले पारिवारिक कामको कारणले राजीनामा दिएको बताए। राजीनामा स्वीकृतिका लागि प्रहरी महानिरीक्षकले निर्णय गरेर गृह मन्त्रालयमा पठाउनुपर्ने कानुनी व्यवस्था छ। एसएसपीको राजीनामा मन्त्रालयले स्वीकृत गर्नुपर्छ।...













