बाढीबाट प्रभावित गर्भवती, सुत्केरी तथा अपांगता भएकाहरुलाई एनएनएसडब्लुएको सहयोग
दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बाढीबाट प्रभावित भएका गर्भवती, सुत्केरी महिला र आपांगता भएका ब्यक्तीहरुलाई सहयोग गरिएको छ् । दोधारा चाँदनी नगरपालिकामा दश वटै वडामा रहेका १ सय ३० जना गर्भवती, सुत्केरी महिला तथा अपांगता भएका ब्यक्तीहरुलाई नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र सेभ द चिल्ड्रनको सहयोगमा उनिहरुलाई चाहिने स्वास्थ्य तथा आवश्यक सामग्री सहयोग सुरु गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघका सामाजिक परिचालिका निर्मला सुनारले जानकारी दिनुभएको छ् ।
सामाजिक परिचालिका निर्मला सुनारका अनुसार प्रत्येक वडामा १३/१३ जना गर्भवती, सुत्केरी महिला तथा अपांगता भएका ब्यक्तीहरुलाई उनिहरुलाई चाहिने स्वास्थ्य तथा आवश्यक सामग्री बितरण सुरु गरिएको बताउनुभएको छ् । उहाँका अनुसार गर्भवती, सुत्केरी महिला तथा अपांगता भएका ब्यक्तीहरुको नाम संस्थाका सहजकर्ताहरुले छनौट गरेको बताउनुभएको ...













