दोधारा चाँदनीमा फेरी बाघ देखियो, स्थानियहरु त्रासमा
दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा फेरी बाघ देखिएको छ । बिहीवार मात्रै दोधारा चाँदनी नगरपालिका–२ मा महिला माथि आक्रमण गरेर ज्यानै लिएको थियो । सोही स्थानमा अर्काे बाघ देखिएपछि स्थानीय त्रसित बनेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियहरुले उक्त स्थानमा स्थानियहरुले रातीको समयमा गस्ती गरेका थिए । स्थानियहरुलाई रातीको समयमा घरबाट बाहिर ननिस्कन आग्रह गरिएको थियो ।
‘अहिले फेरी त्यही ठाँउमा अर्को बाघ देखा पर्यो भन्ने सुन्नमा आएको हुदा सबै जना सचेत भएर सुरक्षित साथ बस्नको लागि अनुरोध गर्दै भोली बिहानै ड्रोनबाट खोजिने तथा पत्ता लगाउने काम गरिने जानकारी गराउदछु’
दोधारा चाँदनी नगरपािलकाका मेयर किशोर कुमार लिम्बुले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।...











