Advertisement

छाउगोठ हटाउने अभियानमा सक्रिय हुन् अनेम संघ कञ्चनपुरद्धारा अपील

Advertisement

महेन्द्रनगर – महिलामाथि हुने सबै किसिमको विभेद र हिंसाको अन्त्यका लागि निरन्तर संघर्षरत अखिल नेपाल महिला(अनेम) संघ जिल्ला कमिटी, कञ्चनपुरले छाउगोठ उन्मूलन अभियानमा सक्रिय हुन् संगठनमा आवद्ध नेता कार्यकर्तालाई आग्रह गरेको छ । मंगलबार प्रेस विज्ञप्ती जारी गदैँ अनेम संघ कञ्चनपुरले महिलामैत्री वातावरण निर्माणमा योगदान पुयाउन राज्यका सबै निकाय, सरोकारवाला संस्था र नागरिक समाजलाई आग्रहसहित अखिल नेपाल महिला संघसँग आबद्ध जिल्ला भरिका सबै महिला दिदिबहिनीहरुलाई आ–आफ्नो स्थानीय पालिकामा छाउगोठ भत्काउने अभियानमा सक्रिय हुन निर्देशन दिएको हो ।
शनिबार कृष्णपुर नगरपालिका वडा नम्बर १ निगालीका २८ वर्षीय कमला आउजी दमाइको छाउगोठमा सुतिरहेका बेला सर्पदंशबाट ज्यान गएको थियो । महिलाको मौलिक अधिकार सुनिश्चित गर्न र समानतामूलक समाज निर्माण गर्न छाउगोठ जस्ता कुरीति अन्त्य गर्नु अत्यावश्यक भएको उल्लेख गरीएको अनेम संघ कञ्चनपुरकी अध्यक्ष चिनि गिरीद्धारा हस्ताक्षरित विज्ञप्तिमा अगाडि भनिएको छ ‘छाउपडी प्रथा नारीलाई दोस्रो दर्जाको नागरिक बनाउने, महिलाको आत्मसम्मान कुण्ठित गर्ने र जीवन नै जोखिममा पार्ने परम्परा भएको कुप्रथा हो ।’

अखिल नेपाल महिला संघसँग आबद्ध रहनुभएका जिल्ला भरिका सबै महिला दिदिबहिनीहरुलाई आ–आफनो स्थानीय पालिका छाउगोठ भत्काउने अभियानमा सक्रिय हुन निर्देशन गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ । साथै अनेम संघले कृष्णपुरको घटनाबाट सचेत हुँदै अब उप्रान्त यस्ता घटना नहुने गरि कामको थालनी गर्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार सहित सरोकारवाला सबै निकायहरुको ध्यानाकर्षण गराएको छ ।
नेपाल सरकारले २०७५ सालमा नै छाउपडी प्रथाको अन्त्य गर्न कानूनी रुपमा निषेध गरेको छ । सुदूरपश्चिमको विभिन्न स्थानमा अमानवीय र विभेदकारी प्रथा कायमै छ । असार २८ गते शनिबार राति जिल्लाको कृष्णपुर नगरपालिका वडा नं १ निगाली बस्ने महिलाको छाउगोठमा सुतेको अवस्थामा बिषालु सर्पको टोकाइबाट उपचारकाक्रममा अकाल मैं ज्यान गएको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

टिकटकस्टार बर्मा विद्यालय सञ्चालनको तयारीमा, आर्थिक अवस्थाका कारण विद्यालय बाहिर रहेका विद्यार्थीहरुलाई निशुल्क पढाईने

टिकटकस्टार बर्मा विद्यालय सञ्चालनको तयारीमा, आर्थिक अवस्थाका कारण विद्यालय बाहिर रहेका विद्यार्थीहरुलाई निशुल्क पढाईने

महेन्द्रनगर – टिकटक स्टारबाट समाजमा स्थापित भई समाजसेवामा लागेका युवा व्यवसायी अंशवर्माले कञ्चनपुर जिल्लामा विद्यालय संञ्चालन गर्न...
एमाले ११औ महाधिसेशन : कञ्चनपुरका ईश्वरी प्रसाद खरेलको पदाधिकारीमा दावी

एमाले ११औ महाधिसेशन : कञ्चनपुरका ईश्वरी प्रसाद खरेलको पदाधिकारीमा दावी

महेन्द्रनगर । नेकपा(एमाले)को ११औँ महाधिबेशन आजबाट काठमाण्डौमा सुरु हुदैछ । जनतामा एमालेको नेतृत्वमा को आउला भनेर आमचासो बढिरहेको छ...
कञ्चनपुरमा ४५ लाख मूल्यबढिको भन्सार छलीको सामान बरामद

कञ्चनपुरमा ४५ लाख मूल्यबढिको भन्सार छलीको सामान बरामद

महेन्द्रनगर–कञ्चनपुर जिल्लामा प्रहरीले भारतबाट भन्सार छलि नेपाली भित्र्याईएको ४५ लाख मूल्य बढिको सामान बरामद गरेको छ । बिहिबार जिल...
कञ्चनपुर ३ मा कांग्रेसबाट उमेदवारका लािग पूर्व गृहमन्त्री लेखक सहित तीन जना सिफारिश, राष्ट्रिय सभाका लागि १३ उम्मेदवार

कञ्चनपुर ३ मा कांग्रेसबाट उमेदवारका लािग पूर्व गृहमन्त्री लेखक सहित तीन जना सिफारिश, राष्ट्रिय सभाका लागि १३ उम्मेदवार

महेन्द्रनगर – कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काँग्रेस केन्द्रीय सदस्य ए...
नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन सभा राखिएको सल्लाघारीस्थित चौरमा निर्माणको काम धमाधम

नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन सभा राखिएको सल्लाघारीस्थित चौरमा निर्माणको काम धमाधम

भक्तपुर, मंसिर २५ । नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन सभा हुने भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १ सय ८ रोपनी चौरमा नि...
पूर्व मुख्यमन्त्री रावलको पुस्तक भारतको एसएसजे विश्वविद्यालयका विद्यार्थीहरुले अध्ययन गर्ने

पूर्व मुख्यमन्त्री रावलको पुस्तक भारतको एसएसजे विश्वविद्यालयका विद्यार्थीहरुले अध्ययन गर्ने

महेन्द्रनगर – सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री एव नेकपा एमालेका नेता राजेन्द्र सिंह रावलको ऐतिहासिक पुस्तक भारतको एसएसजे विश्वविद्य...
नेपाली काँग्रेस कञ्चनपुरले प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आकांक्षी उम्मेदवार छनौट गर्दै, क–कसको देखाए आकांक्षा ?

नेपाली काँग्रेस कञ्चनपुरले प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आकांक्षी उम्मेदवार छनौट गर्दै, क–कसको देखाए आकांक्षा ?

महेन्द्रनगर – नेपाली कांग्रेस कञ्चनपुरले प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आकांक्षी उम्मेदवार छनौट गरीरहेक...
बरिष्ठ पत्रकार चित्राङ्ग थापा सम्मानित

बरिष्ठ पत्रकार चित्राङ्ग थापा सम्मानित

महेन्द्रनगर–कञ्चनपुरका बरिष्ठ पत्रकार चित्राङ्ग थापालाई कैलाली उद्योग वाणिज्य संघले सम्मान गरेको छ । कैलाली उद्योग वाणिज्य संघले स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज