Advertisement

लालझाडी गाउँपालिकाको १८औँ गाउँसभा : ४३ करोड ६५ लाख बराबरको बजेट पारित

Advertisement

हरीशचन्द्र बाग, महेन्द्रनगर–कञ्चनपुरको लालझाडी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२।८३ का लागि नीति, कार्यक्रम र बजेट पारित गर्दै १८औँ गाउँसभा अधिवेशन सम्पन्न गरेको छ ।

गाउँपालिका अध्यक्ष तथा सभाध्यक्ष निर्मल रानाको अध्यक्षतामा सोमबार आयोजित अधिवेशनको तेस्रो बैठकले चालू तथा पूँजीगत खर्चसहितको बजेट पारित गर्दै आगामी वर्षका प्राथमिकता र योजनाहरू तय गरेको हो । यसअघि यही असार ०६ गते आयोजित पहिलो बैठकमा सभाध्यक्ष निर्मल रानाले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रमलाई सोही बैठकले सर्वसम्मत पारित गरेको थियोे ।

 

कूल बजेट ४३ करोड ६५ लाख ।।

गाउँ सभामा उपाध्यक्ष सपना चौधरी रानाले प्रस्तुत गर्नुभएको विवरण अनुसार गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि कूल अनुमानित बजेट ४३ करोड ६५ लाख २२ हजार रुपैयाँ रहेको छ । त्यसमध्ये २३ करोड ९९ लाख २६ हजार रुपैयाँ चालू खर्च र १९ करोड ६५ लाख ९६ हजार रुपैयाँ पूँजीगत खर्चतर्फ विनियोजन गरिएको छ । “हामीले बजेट निर्माण गर्दा गाउँको आवश्यकता, सम्भावना र नागरिकको चाहनालाई ध्यानमा राखेका छौँ,” उपाध्यक्ष सपनाले भन्नुभयो, “विकासका आधारभूत संरचना, सामाजिक सेवा र उत्पादनमूलक क्षेत्रमा सन्तुलित लगानी हुनेछ ।” चालू खर्चमा प्रशासनिक सञ्चालन, तलबभत्ता, सेवा प्रवाह, कार्यक्रम व्यवस्थापनजस्ता नियमित काम समेटिएको छ भने पूँजीगत बजेटबाट पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक निर्माण, ऊर्जा र महिला सशक्तीकरणका कार्यक्रमहरू सञ्चालन गरिने छ ।

 

वडागत बजेट वितरण ।।

लालझाडी गाउँपालिकामा रहेका ६ वटै वडाका लागि निम्नानुसार बजेट विनियोजन गरिएको छ स्

वडा नं। १ ( ५० लाख २२ हजार

वडा नं। २ – ३४ लाख ७१ हजार

वडा नं। ३ – ३६ लाख २१ हजार

वडा नं। ४ – ५० लाख ३१ हजार

वडा नं। ५ – ३४ लाख ३४ हजार

वडा नं। ६ – ३२ लाख ७३ हजार

वडागत रूपमा कूल २ करोड ३८ लाख ५२ हजार रुपैयाँ विनियोजन गरिएको हो । “वडास्तरमै प्राथमिकता आधारित योजना छनोट गरेर समन्वयपूर्वक कार्यान्वयन गरिने वडाध्यक्षहरूको भनाइ छ । जनताले सिधा अनुभूति गर्ने कार्यक्रमहरू अगाडि बढाइने उहाँहरूको भनाइ छ ।

सुझाव र सरोकार ।।

गाउँसभा छलफलका क्रममा जनप्रतिनिधिहरूले कृषिमा यान्त्रीकरण, विपद् व्यवस्थापन, सडक मर्मत सम्भार, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, स्वास्थ्य पहुँच विस्तार तथा सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमलाई अझ प्रभावकारी बनाउन जोड दिनु भएको छ । “महिला, बालबालिका, अपाङ्गता भएका नागरिक र सीमान्तकृत समुदायलाई लक्षित गर्दै कार्यक्रमहरूलाई व्यावहारिक बनाउनु जरूरी रहेको सहभागीहरूको भनाइ छ ।

 

सभाध्यक्ष रानाको प्रतिवद्धता ।।

गाउँपालिका अध्यक्ष निर्मल रानाले अधिवेशनमार्फत पारित नीति तथा कार्यक्रम र बजेट विकासको दिशामा महत्वपूर्ण पाइला हुने विश्वास व्यक्त गर्नुभयो । “हामी विकासमा पारदर्शिता, जवाफदेहिता र जनसहभागितालाई मूल मान्यताका रूपमा अघि बढाउँछौँ,” अध्यक्ष रानाले भन्नुभयो, “चालु वर्षका अधुरा योजनाहरू पूरा गर्ने, जनआवश्यकताका कार्यक्रमलाई प्राथमिकतामा राख्ने र समावेशी विकासलाई सुनिश्चित गरिने छ ।”

मन्त्रीको भनाइ स् कृषि र स्थानीय समृद्धि ।।

गाउँसभा अधिवेशनको संयुक्त रूपमा उद्घाटन गर्नु भएका सुदूरपश्चिम प्रदेश सरकारका कृषि मन्त्री वीरबहादुर थापाले प्रदेश सरकार गाउँपालिकाको समृद्धिका लक्ष्यमा साझेदार बन्न तयार रहेको बताउनुभयो । “स्थानीय सरकार नै विकासको पहिलो आधार हो,” मन्त्री थापाले भन्नुभयो, “कृषिमा आत्मनिर्भरता, ग्रामीण रोजगारी र बजेटको पारदर्शी कार्यान्वयनमार्फत जनताको भरोसा जित्नुपर्ने बेला आएको छ । प्रदेश सरकार आवश्यक समन्वय र सहकार्यका लागि प्रतिबद्ध छ ।” उहाँले कृषिमा यान्त्रीकरण, सीप विकास, सहकारी सशक्तीकरण र बजार पहुँच विस्तारमा केन्द्रित योजनाहरू ल्याउन पनि गाउँपालिकालाई सुझाव दिनुभयो ।

सहभागिता र सम्मान ।।

अधिवेशनमा स्थानीय जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, पत्रकार तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले जानकारी दिनुभयो । “सबै पक्षको साथ र सहकार्यले १८औं गाउँसभा सफलतापूर्वक सम्पन्न भएको छ,” सार्कीले भन्नुभयो, “सुझाव र मार्गनिर्देशनले आगामी कार्यान्वयन थप सहज र प्रभावकारी हुने अपेक्षा लिएका छौँ ।” अधिवेशनकै अवसरमा पालिका भित्रको स्वास्थ्य सेवा प्रवाहमा उल्लेखनीय भूमिका निर्वाह गर्ने स्वास्थ्यकर्मीहरूलाई सम्मानसमेत गरिएको गाउँपालिकाले जनाएको छ । जसमा उत्कृष्ट ३ वटा स्वास्थ्य केन्द्रलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो । पहिलो देखतभुली स्वास्थ्य केन्द्रलाई नगद रु। ७ हजार पुरस्कार , दोस्रो सिकलपट्टी जाई स्वास्थ्य केन्द्रलाई नगद रु। ६ हजार पुरस्कार र तेस्रो चानदेव स्वास्थ्य केन्द्रलाई नगद रु। ५ हजार पुरस्कार सहित सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बैजनाथ माध्यामिक विद्यालयमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने

बैजनाथ माध्यामिक विद्यालयमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने

महेन्द्रनगर – कञ्चनपुरमा लागू पदार्थविरुद्ध सचेतना कार्यक्रमको आयोजना गरिने भएको छ । बुधबार आयोजक घटाल युवा विकास समाज र सह आयोजक ...
मृगौला र क्यान्सरपीडित शुक्लाफाँटा नगरकी विष्ना जोशी उपचार खर्च नहुँदा मृत्युको मुखमा

मृगौला र क्यान्सरपीडित शुक्लाफाँटा नगरकी विष्ना जोशी उपचार खर्च नहुँदा मृत्युको मुखमा

कल्पना साउद, कञ्चनपुर - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरकी एक मृगौला र क्यान्सरपीडित महिला मृत्युको मुखमा पुगेकी छिन ।...
नेकपा(एमाले) कञ्चनपुरद्धारा ११औ महाधिवेशन प्रतिनिधिलाई प्रमाण पत्र वितरण

नेकपा(एमाले) कञ्चनपुरद्धारा ११औ महाधिवेशन प्रतिनिधिलाई प्रमाण पत्र वितरण

महेन्द्रनगर – एमाले पार्टी कार्यालयमा ११ औं महाधिवेशनका लागि कञ्चनपुरबाट निर्वाचित प्रतिनिधिलाई प्रमाण पत्र प्रदान गरिएको छ । एमाल...
बेलडाँडीमा एक हप्तासम्म दिनभर विद्युत अवरुद्ध हुने

बेलडाँडीमा एक हप्तासम्म दिनभर विद्युत अवरुद्ध हुने

महेन्द्रनगर–नेपाल विद्युत प्राधिकरण, बेलौरी वितरण केन्द्रले बेलौरी सबस्टेसन अन्तर्गत बेलडाँडी फिडरबाट विद्युत लिइरहेका क्षेत्रका उ...
कञ्चनपुर जिल्लामा एचआईभि सक्रमितको संख्या ६ सय ८२ पुग्यो, गत बर्षमा मात्रै ३२ जना नयाँ संक्रमित फेला

कञ्चनपुर जिल्लामा एचआईभि सक्रमितको संख्या ६ सय ८२ पुग्यो, गत बर्षमा मात्रै ३२ जना नयाँ संक्रमित फेला

महेन्द्रनगर–कञ्चनपुर जिल्लामा एचआईभि संक्रमितको संख्या ६ सय ८२ पुगेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले विश्व एड्स दिवस २०२५को अवस...
बेलडाँडी गाउपालिका उपाध्यक्ष नाथको सराहनीय कार्य, मानसिक रोगबाट पिडित भई सडकमा बास बस्दै आएकी बालिको उद्धार

बेलडाँडी गाउपालिका उपाध्यक्ष नाथको सराहनीय कार्य, मानसिक रोगबाट पिडित भई सडकमा बास बस्दै आएकी बालिको उद्धार

महेन्द्रनगर–बेलडाडी गाउपालिका उपाध्यक्ष शान्ती नाथले मानसिक रोगबाट पिडित बालिकाको उद्धार गरेकी छन् । पछिल्लो समयमा मानसिक स्थीती क...
औषधि व्यवसायी मंसिर १६ गतेसम्म चरणबद्ध आन्दोलनमा, आन्दोलनको क्रममा दैनिक व्यवसाय ठप्प पार्दै

औषधि व्यवसायी मंसिर १६ गतेसम्म चरणबद्ध आन्दोलनमा, आन्दोलनको क्रममा दैनिक व्यवसाय ठप्प पार्दै

महेन्द्रनगर–आईतबारदेखि आन्दोलनमा उत्रिएका औषधि व्यवसायीहरुले सोमबार दुई घण्टा व्यवसाय नै बन्द गरेका छन् । सरकारले औषधि ऐन संशोधनगर...
मानव जीवनमा गीता ज्ञानको महत्व विषयक विचार गोष्ठी सम्पन्न

मानव जीवनमा गीता ज्ञानको महत्व विषयक विचार गोष्ठी सम्पन्न

महेन्द्रनगर–मानव जीवनमा गीता ज्ञानको महत्व विषयक विचार गोष्ठी सम्पन्न भएको छ । प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय महेन्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज