नयाँ खबर
महेन्द्रनगर–सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय क्याम्पसले अन्तराष्ट्रिय सम्मेलन गर्ने भएको छ । क्यम्पसले भारतको झारखण्डस्थीत रहेको एक्जोरा रिसर्च एसोसेसन संस्थाको सहकार्य एवं विश्वविद्यालय अनुदान आयोग, नेपाल अनुसन्धान नवप्रवर्तन तथा विकास केन्द्र सुप विश्वविद्यालयलगायत १४ वटा अन्य संस्थाहरुको सहयोगमा असारको १३ र १४ गते(शुक्रबार र शनिबार) दुई दिने अन्तराष्ट्रिय सम्मेलन गर्न लागेको हो ।

क्याम्पसले मंगलबार पत्रकारसम्मेलनमार्फत ‘गुणस्तरीय शिक्षा र दिगो विकाशका उदीयमान अनुसन्धान प्रबृत्ति र नवप्रवर्तनहरुको बहुविधागत अनुसन्धान’ शिर्षकमा अन्तराष्ट्रिय सम्मेलन गर्न लागेको जानकारी दिएको छ । उक्त अन्तराष्ट्रिय सम्मेलनमा नेपाल, भारत, अमेरीका, डेनमार्क र बेलायतका विभिन्न क्षेत्रका अन्वेशणकर्ताहरुले अनलाईन र अफलाईन आफ्नो प्रस्तुतिकरण गर्ने अन्तराष्ट्रिय सम्मेलनका कन्वेनर डा. मदन सिंह देउपाले बताउनुभयो । उनका अनुसार सम्मेलनमा २ कीनोट स्पीच, थिमेटिक स्पीच ७, प्लिनरी सेसन २, मौखिक प्रस्तुतिकरण १११ र पोष्टर प्रस्तुतिकरण ७ वटा गरी विभिन्न देशका एक सय १७ जनाले अनलाईन र अफलाईन आफ्ना रिसर्चहरु प्रस्तुतिकरण गर्ने डा. देउपाले बताउनुभयो ।
उहाँले अन्तराष्ट्रिय सम्मेलनको उदेश्य बर्तमानमा अनुसन्धाका क्षेत्रमा अनुसन्धानकर्ताहरुले पत्ता लगाएका रिजल्टहरुको आदानप्रदान गर्ने र सो क्षेत्रमा सहकार्यात्मक अनुसन्धान गर्ने तथा अनुसन्धानको क्षेत्रमा रहेका व्यक्तिहरुको प्रमोट गर्ने रहेको बताउनुभयो ।
विभिन्न क्षेत्रबाट आएका पस्तुतिहरुलाई रिभ्यिू गर्ने र फाईलाईज गर्ने कार्यहरु सकिएको अन्तराष्ट्रिय सम्मेलनका कोकन्वेनर गम्भीर बहादुर चन्दले ताउनुभयो । केन्द्रिय क्याम्पसले पहिलोपटक गर्न लागेको सम्मेलनको प्रतिफल तत्कालन नदेखिएता पनि भविष्यमा राम्रो प्रतिफल दिने र शिक्षाको गुणस्तरमा बृद्धिविकास हुने विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा मानविकि तथा सामाजिकशास्त्र विभागमा कार्यरत कार्यरत प्रा. दिपकचन्द्र भट्टले बताउनुभयो ।
विद्यार्थीहरुलाई अनुसन्धानसंग जोड्नका लागि सम्मेलनको आयोजना गरीएको सम्मेलनको विभिन्न सहआयोजक र अन्य सहयोगिसंस्थाहरुबाट सहयोग लिएर सम्मेलन गर्न लागिएको अर्थव्यवस्थापन संयोजक एवं उप प्राध्यापक कर्णदेव भट्टले बताउनुभयो ।
विभिन्न समिति बनाएर सम्मेलनको तयारी भईरहेको र सबै समितिहरुले आआफ्नो काम गरीसकेको क्याम्पसका प्रिन्सिपल एवं अन्तराष्ट्रिय सम्मेलनका संयोजक कुम्भ चन्दले बताउनुभयो । सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको संयोजक चन्दले बताउनुभयो । सम्मेलनमा प्राध्यापकहरु, विज्ञहरु शिक्षाविदहरु, अनुसन्धानकर्ताहरु र विद्यार्थीहरु गरी २ सय ५० जनाको सहभागिता रहने उहाले बताउनुभयो ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।