नयाँ खबर
महेन्द्रनगर – महाकाली सेती यातायात व्यवसायी समितिको अध्यक्षमा पुनः डम्बराज पन्त निर्वाचित भएका छन् । समितिको १७ र्औ कार्य समिति निर्वाचनमा प्रतिद्धन्द्धी नविन भट्टलाई ११ मतले पराजित गरी अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचन समितिले सार्वजनिक अन्तिम मत परिणाम अनुसार पन्तले १ सय ७० ल्याएका हुन् । अध्यक्ष पन्त २०७४ मा भट्टलाई नै पराजित गरी अध्यक्ष निर्वाचित भएका थिए ।
समितिको उपकार कोष उपाध्यक्षमा धिरेन्द्र बहादुर चन्द निर्वाचित भएका छन् । चन्दले १८४ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी रमेश थापाले १ सय ४२ मत ल्याएका छन् । उपकार कोष उपाध्यक्षमा चन्द पनि दोहोरिएका हुन् ।

समितिको महासचिवमा गणेश बहादुर विष्ट निर्वाचित भएका छन् । समितिका निवर्तमान सचिव देबराज जोशीलाई २४ मत अन्तरले पराजित गरी विष्ट महासचिव भएका छन् । विष्टले १ सय ७४ र जोशीले १ सय ५० मत ल्याएका छन् ।
महासचिव विष्ट समितिका पूर्व महासचिव हुन् । जोशी समितिका निवर्तमान सचिव हुन् । कोषाध्यक्षमा बलराम पन्त फराकिलो मत अन्तरले निर्वाचित भएका छन् । पन्तले २ सय ३० मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी मधुसुदन जोशीले ८१ मत ल्याएका छन् ।
समिति सदस्यमा अम्बादत्त अवस्थी ९२२५०, दिपक केसी९२२२०, देबेन्द्र बहादुर भण्डारी९२३३०, मोहनदेब जोशी९२२०० र सुरेन्द्र सिह भण्डारी २१३० मत ल्याएर निर्वाचित भएका छन् ।
समितिको वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र प्रसाद अवस्थी, प्रशासन उपाध्यक्षमा देब बहादुर बम, प्रशासन सचिवमा हिक्मत बहादुर कुँबर र उपकार सचिवमा पुस्करराज जोशी निर्विरोध निर्वाचित भएका छन् ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।