महेन्द्रनगर–कञ्चनपुर जिल्लाका दुई स्थानीय तहले नेपाल–भारत साँझेदारी कार्यक्रम अन्तर्गत एम्बुलेन्स प्राप्त गरेका छन् । शनिबार काठमाण्डौंमा भारतिय राजदुतावासमा आयोजित एक कार्यक्रममा जिल्लाका कृष्णपुर र दोधारा चाँदनी नगरपालिकाले उपहारस्वरुप एम्बुलेन्स पाएका हुन् ।

काठमाडौंमा आयोजित उक्त समारोहमा भारतीय राजदूतावास काठमाडौंका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले सवारी साधनहरुको चाबी दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु र कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझालाई हस्तान्तरण गरेका छन् । भारत सरकारको सहयोगमा प्राप्त सुबिधा सम्पन्न एम्बुलेन्सले दोधारा चाँदनी र कृष्णपुर नगरपालिकाका ेस्थानीयलाई स्वास्थ्य सेवाको पहुचमा पु¥याउन ठुलो राहत पुग्ने जनअपेक्षा गरीएको छ ।

भारत सरकारले नेपालका विभिन्न जिल्लामा रहेका स्वास्थ्य संस्थालाई ४० वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरेको काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको हो। राजदूतावासका अनुसार २२ वटा एम्बुलेन्स काठमाडौंमा हस्तान्तरण गरिएको छ। यस्तै वीरगंजमा ७, पोखरामा ७ र धरानमा ४ वटा एम्बुलेन्स हस्तान्तरण गरिएको छ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।