महेन्द्रनगर–भृकुटी माविमा निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना तथा मेयर अन द स्पट कार्यक्रम अन्र्तगत भीमदत्तनगर कार्यपालिका कार्यालयको सहयोगमा नगरवासीका लागि विशेषज्ञ डा.हरुको सहभागितामा एक दिने स्वास्थ्य शिविर सम्पन्नभएको छ ।
निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष पवनचन्द्र लेखकको सभापतित्व तथा नगर प्रवक्ता पदमराज अवस्थीको प्रमुख आतिथ्य एवं नेपाल नेत्र ज्योती संघ सुदुरपश्चिम प्रदेश समितिका सदस्य करुणकर भट्टको विशिष्ट आतिथ्यतामा स्वास्थ्य शिविरको समुद्घाटन समारोह सम्पन्न भएको थियो ।
संस्थाका प्रवन्धक बविता चन्द बम द्धारा संचालित कार्यक्रममा स्वगत मन्तव्य दिदै संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रेम सिंह भाटले सहकारीले आफ्ना सदस्य तथा नगरवासीका लागि सु स्वास्थ्य र दिर्घायुका लागि जडविुटी वितरण, योग कक्षा संचालन , उच्च रक्तचाप, मधुमेश तथा मुटुरोग बिषयमा समय समयमा जन चेतना तथा जागरण अभियान संचालनमा ल्याउदै आईरहेको कुरा वताउनु भयो ।
उक्त कार्यक्रममा नेपाल नेत्र ज्योती संघ सुदुरपश्चिम प्रदेश समितिका सदस्य करुणकर भट्टले निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यको स्वास्थ्य प्रतिचासो लिई निरन्तर अभियान चलाएको कार्य प्रति स्राहनागर्नु भएको थियो । यसै गरि नगर प्रवक्ता पदम राज अवस्थीले शुभकामना मन्तव्य दिदै निङ्गलाशैनी सहकारीले आर्थिक गतिविधि चालायमान गर्नुका साथ साथै कृषि र जडीवुटीमा उल्लेख्य कार्य गरेको र निङ्गलाशैनी सहकारी संग आगमी दिनमा शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रका सहकार्य गर्न ईच्छुक रहेको कुरा वताउनु भएको थियो ।
मेयर अन द स्पट कार्यक्रम अन्र्तगत आयोजना भएको स्वास्थ्य शिविरमा डा अजय भट्ट मुटु रोग विशेषज्ञ, डा.कृष्ण ऐरि सुगर थाईराइड रोग विशेषज्ञ, डा. भुमिका नायक मलिा तथा स्त्री रोग विशेषज्ञ, डा. रोशन भट्ट दन्त तथा गिजा रोग विशेषज्ञ, दिवस ठकुराठी फिजियोथेरापिष्ट, डा. अमित कुमार यादव फिजियोथेरापिष्ट, प्रज्वल जोशी फिजियोथेरापिष्ट लगायतले सेवादिनु भएको थियो ।
निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा सम्पन्न भएको बृहतनिःशुल्क स्वास्थ्य शिविरमा भीमदत्त नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रकाश रावल, सहकारीका संचालक गणेश प्रसाद भट्ट, भावना के.सी., डा. लक्ष्मण सिंह ठगुना, भृकुटी माध्यमि विद्यालयका अध्यक्ष राजेन्द्र आग्री, लगायतविभिन्न रोग सम्बन्धि चेक जाचगर्ने पाच सय भन्दा बढिको सहभागिता रहेको थियो ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।