Advertisement

भृकुटी माविमा निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाद्धारा मेयर अन द स्पट कार्यक्रम अन्र्तगत स्वास्थ्यशिविर सम्पन्न

महेन्द्रनगर–भृकुटी माविमा निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना तथा मेयर अन द स्पट कार्यक्रम अन्र्तगत भीमदत्तनगर कार्यपालिका कार्यालयको सहयोगमा नगरवासीका लागि विशेषज्ञ डा.हरुको सहभागितामा एक दिने स्वास्थ्य शिविर सम्पन्नभएको छ ।

निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष पवनचन्द्र लेखकको सभापतित्व तथा नगर प्रवक्ता पदमराज अवस्थीको प्रमुख आतिथ्य एवं नेपाल नेत्र ज्योती संघ सुदुरपश्चिम प्रदेश समितिका सदस्य करुणकर भट्टको विशिष्ट आतिथ्यतामा स्वास्थ्य शिविरको समुद्घाटन समारोह सम्पन्न भएको थियो ।

 

संस्थाका प्रवन्धक बविता चन्द बम द्धारा संचालित कार्यक्रममा स्वगत मन्तव्य दिदै संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रेम सिंह भाटले सहकारीले आफ्ना सदस्य तथा नगरवासीका लागि सु स्वास्थ्य र दिर्घायुका लागि जडविुटी वितरण, योग कक्षा संचालन , उच्च रक्तचाप, मधुमेश तथा मुटुरोग बिषयमा समय समयमा जन चेतना तथा जागरण अभियान संचालनमा ल्याउदै आईरहेको कुरा वताउनु भयो ।

 

उक्त कार्यक्रममा नेपाल नेत्र ज्योती संघ सुदुरपश्चिम प्रदेश समितिका सदस्य करुणकर भट्टले निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यको स्वास्थ्य प्रतिचासो लिई निरन्तर अभियान चलाएको कार्य प्रति स्राहनागर्नु भएको थियो । यसै गरि नगर प्रवक्ता पदम राज अवस्थीले शुभकामना मन्तव्य दिदै निङ्गलाशैनी सहकारीले आर्थिक गतिविधि चालायमान गर्नुका साथ साथै कृषि र जडीवुटीमा उल्लेख्य कार्य गरेको र निङ्गलाशैनी सहकारी संग आगमी दिनमा शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रका सहकार्य गर्न ईच्छुक रहेको कुरा वताउनु भएको थियो ।

 

मेयर अन द स्पट कार्यक्रम अन्र्तगत आयोजना भएको स्वास्थ्य शिविरमा डा अजय भट्ट मुटु रोग विशेषज्ञ, डा.कृष्ण ऐरि सुगर थाईराइड रोग विशेषज्ञ, डा. भुमिका नायक मलिा तथा स्त्री रोग विशेषज्ञ, डा. रोशन भट्ट दन्त तथा गिजा रोग विशेषज्ञ, दिवस ठकुराठी फिजियोथेरापिष्ट, डा. अमित कुमार यादव फिजियोथेरापिष्ट, प्रज्वल जोशी फिजियोथेरापिष्ट लगायतले सेवादिनु भएको थियो ।

 

निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा सम्पन्न  भएको बृहतनिःशुल्क स्वास्थ्य शिविरमा भीमदत्त नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रकाश रावल, सहकारीका संचालक गणेश प्रसाद भट्ट, भावना के.सी., डा. लक्ष्मण सिंह ठगुना, भृकुटी माध्यमि विद्यालयका अध्यक्ष राजेन्द्र आग्री, लगायतविभिन्न रोग सम्बन्धि चेक जाचगर्ने पाच सय भन्दा बढिको सहभागिता रहेको थियो ।

 

 

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज