Advertisement

एक व्यवसायीको बाईस क्विन्टलबढि आँप नगरप्रहरीद्धारा नष्ट

महेन्द्रनगर – कैलाली जिल्लामा नगरप्रहरीले एक व्यवसायीको वाईस क्विन्टल आँप नष्ट गरेको छ । आईतबार धनगढी उप महानगरपालिका स्थीत सहिद गेट कृषि उपज थोक बजारमा रहेको सञ्जित शाहको श्री मा जानकी स्टोरका राखिएका २२ क्विन्टल ६० किलोग्राम आँप नगर प्रहरीले नष्ट गरेको हो ।
शाहको उक्त स्टोरमा राखिएका आँपलाई परिक्षण गर्दा अत्याधिक विषादीको मात्रा अत्याधिक रहेको पाईएपछि नगरप्रहरीद्धारा उक्त आँपलाई नष्ट गर्न लगाईएको धनगढी उपमहानगरपालिकाको उपभोक्ता संरक्षण शाखा प्रमुख महेश मल्लले बताए ।

 

‘आइतवार धनगढीका थोक बजार तथा मण्डीबाट तरकारी तथा फलफूलका १५ नमुना संकलन गरी विषादीको अवशेष परीक्षण गरिएको थियो’, उनले भने, ‘भिन्डी, काँक्रो टमाटर, करेला, केरा, अंगुर, स्याउ, अनार र आँपमा विषादी परीक्षण गरिएकोमा आँपमा विषादीको मात्रा बढी देखिएको र खान अयोग्य आँप बरामद गरी नष्ट गरिएको हो ।’

धनगढी उपमहानगरपालिकाको संयोजनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी र विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला अत्तरिया, जिल्ला प्रशासन कार्यालय कैलाली, नेपाल प्रहरी, पत्रकार महासंघ तथा सरोकारवालाहरूको संयुक्त अनुगमनमा धनगढीको सहिदगेट कृषि उपज थोकबजार, दक्षिणकाली मार्ग सब्जीमन्डी र चौराहास्थित हाटबजारबाट तरकारी तथा फलफूलका नमुना संकलन गरी परीक्षण गरिएको थियो ।

 

द्रुत परीक्षणको क्रममा भारतबाट आयात गरिएका फलफूल मध्ये आँपमा विषादीको अवशेष अत्याधिक मात्रामा भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख हरेराम प्रधानले बताए ।

उनले अन्य तरकारी र फलफूलमा विषादीको अवशेष सामान्य रहेको भए पनि आँपमा विषादीको मात्रा उच्च भएकाले खान अयोग्य ठहर गरि धनगढी उपमहानगरपालिकाले उक्त आँप नष्ट गरेको बताए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

धनगढी – सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवा...
उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

महेन्द्रनगर – कञ्चनपुरको बेलौरीस्थित उग्रतारा बाल विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थी स्वर्णीमा कँडेल संयुक्त राष्ट्र संघको ८...
बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

महेन्द्रनगर – होली फेमली इङ्गलिश मिडियम स्कुलले भोटेकोशीमा आएको बाढीपिडितका लागि आर्थिक सहयोग गरेको छ । भदौ १० गते भोटेकोशी नदीमा ...
सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमै पहिलो पटक अनुसन्धान सम्मेलन हुन लागेको छ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ४ स्थित सार्क एज...
दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

धनगढी- दार्चुला जिल्लाको पश्चिमोत्तरको व्यास गाउँपालिका–४ मडगाउँमा गत भदौ २८ गतेको अविरल वर्षापछि आएको बाढी–पहिरोले ७ परिवार बिस्थ...
गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज