Advertisement

भीमदत्त नगरपालिकाले सञ्चालनमा ल्यायो ‘शव चिस्यान’ सेवा

महेन्द्रनगर–भीमदत्त नगरपालिकाले ‘शव चिस्यान’ सेवा सञ्चालनमा ल्याएको छ । विशेष गरी अस्पताल वा घरमा मृत्यु भएका व्यक्तिको शव सुरक्षित राख्न उपयुक्त सुविधा नहुँदा मृतकका आफन्तहरूलाई तत्काल अन्तिम संस्कार गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्नका लागि शव चिस्यान सेवा सञ्चालनमा ल्याईएको हो । नगरपालिकाले यो सेवा निशुल्क प्रदान गर्ने नगरपालिकाका नगर प्रमुख पदम बोगटीले बताए ।

 

‘शव चिस्यान सुविधा नभएकै कारण धेरै परिवारहरू हतारमा अन्तिम संस्कार गर्न बाध्यता रहेको कुरालाई मध्यनजर गर्दै नगरपालिकाले यो सेवा सञ्चालनमा ल्याएको हो’, नगर प्रमुख बोगटीले भने, ‘हामी चाहन्छौं, मृत्युको क्षण पनि मर्यादित होस् । विशेष गरी रोजगारी वा अन्य कारणले विदेशमा रहेका आफन्तहरू आउन केही दिन लाग्ने अवस्था हुन्छ, यस्तो बेला शव सुरक्षित राख्न सकियोस भन्ने हो, यो सेवा नगरपालिकाले निशुल्क प्रदान गर्ने व्यवस्था मिलाएका छौ ।’

नगर प्रमुख बोगटीका अनुसार यो सेवाका लागि सामान्य जानकारीसहित पालिकामा सम्पर्क गरेपछि तुरुन्तै सेवा उपलब्ध गराइनेछ । यस सेवाबाट विशेष गरी विपन्न, श्रमिक, वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारहरू लाभान्वित हुनेछन् । शोकमा परेका परिवारको सहनसक्ने क्षमता बृद्धि हुनुका साथै शव व्यवस्थापनको प्रक्रियालाई व्यवस्थित र मर्यादित बनाउनसमेत यो सेवाले सहायता पुग्ने मेयर बोगटीको दावि छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज