Advertisement

दोधारा चाँदनी नगरपालिका वडा नं. ७ मा ७ सय मिटर सडक कालोपत्रेको काम सुरु, स्थानियमा खुशीयाली

महेन्द्रनगर–कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको वडा नंम्बर ७मा ७ सय मिटर सडक कालोपत्रे गर्ने कार्यको सुरुवात गरीएको छ । संघिय सरकारको शहरी बिकास मन्त्रालय अन्तर्गत शहरी बिकास तथा भवन निर्माण कार्यालयले पर्खाल सहित झण्डै ७ सय मिटर सडक कालोपत्रे गर्न लागेको हो । उक्त कार्यको औपचारीक कार्यक्रम गरी नगर प्रमुख किशोर कुमार लिम्बुले समुद्धघाटन गर्नु भएको थियो ।

सिआरपी चोक देखि चक्की बजार जाने कच्ची बाटोलाई कालोपत्रे बनाउन थालिएको वडा अध्यक्ष ज्ञानेन्द्र बहादुर बहेक क्षत्रीले बताउनुभयो । सात सय मिटर कालोपत्रे हुन लागेको भएता पनि स्थानीय खुसि देखिएका छन् । निमार्ण कार्यको ठेक्का पाएको न्यु हुनैनाथ निमार्ण कम्पनीले आउदो अषाढ मसान्तमा निमार्ण कार्य सक्ने लक्ष्य लिएको छ । वर्षातमा हिलाम्मे र हिउदमा धुलाम्मे हुने सडकमा बिद्यार्थीहरुलाई विद्यालय पुर्‍याउन र बजार सम्म पुग्न कठिन हुदै आएको स्थानीयले गनासो गरेपछि नगरपालिकाले संघिय सरकारसंग पहलकदमी गरेको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।

संघिय सरकारको सहयोग र दोधारा चाँदनी नगरपालिकाको पहलमा निर्माण भईरहेको सडक निर्माणपछि सात सय बढि घरपरिवार लाभान्वित हुनेछन् । सघीय सरकारले सडक स्तरोन्नती सहित कालोपत्रेका लागि बजेट विनियोजन संगै घर अगाडीको धुलाम्मे सडक कालोपत्रे हुनथालेपछि स्थानीयवासीमा उत्साह थपिएको छ ।
सुभारम्भ कार्यक्रममा नगरप्रमुख किशोर कुमार लिम्बु, वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री, वडा सदस्य संदिप उपाध्याय, कमला उपाध्याय लगायत निमार्ण कम्पनीका प्रतिनिधि र स्थानियको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगर - एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

महेन्द्रनगर – मर्निङ्ग ग्लोरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । आईतबार भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित व...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज