महेन्द्रनगर–कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको वडा नंम्बर ७मा ७ सय मिटर सडक कालोपत्रे गर्ने कार्यको सुरुवात गरीएको छ । संघिय सरकारको शहरी बिकास मन्त्रालय अन्तर्गत शहरी बिकास तथा भवन निर्माण कार्यालयले पर्खाल सहित झण्डै ७ सय मिटर सडक कालोपत्रे गर्न लागेको हो । उक्त कार्यको औपचारीक कार्यक्रम गरी नगर प्रमुख किशोर कुमार लिम्बुले समुद्धघाटन गर्नु भएको थियो ।
सिआरपी चोक देखि चक्की बजार जाने कच्ची बाटोलाई कालोपत्रे बनाउन थालिएको वडा अध्यक्ष ज्ञानेन्द्र बहादुर बहेक क्षत्रीले बताउनुभयो । सात सय मिटर कालोपत्रे हुन लागेको भएता पनि स्थानीय खुसि देखिएका छन् । निमार्ण कार्यको ठेक्का पाएको न्यु हुनैनाथ निमार्ण कम्पनीले आउदो अषाढ मसान्तमा निमार्ण कार्य सक्ने लक्ष्य लिएको छ । वर्षातमा हिलाम्मे र हिउदमा धुलाम्मे हुने सडकमा बिद्यार्थीहरुलाई विद्यालय पुर्याउन र बजार सम्म पुग्न कठिन हुदै आएको स्थानीयले गनासो गरेपछि नगरपालिकाले संघिय सरकारसंग पहलकदमी गरेको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।
संघिय सरकारको सहयोग र दोधारा चाँदनी नगरपालिकाको पहलमा निर्माण भईरहेको सडक निर्माणपछि सात सय बढि घरपरिवार लाभान्वित हुनेछन् । सघीय सरकारले सडक स्तरोन्नती सहित कालोपत्रेका लागि बजेट विनियोजन संगै घर अगाडीको धुलाम्मे सडक कालोपत्रे हुनथालेपछि स्थानीयवासीमा उत्साह थपिएको छ ।
सुभारम्भ कार्यक्रममा नगरप्रमुख किशोर कुमार लिम्बु, वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री, वडा सदस्य संदिप उपाध्याय, कमला उपाध्याय लगायत निमार्ण कम्पनीका प्रतिनिधि र स्थानियको उपस्थिति रहेको थियो ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।