Advertisement

स्थानियतहलाइ आगामी बजेटमा मिडियालाइ प्राथमिकता दिन पत्रकार महासंघ कंचनपुरको आग्रह

महेन्द्रनगर –  नेपाल पत्रकार महासंघ कंचनपुर शाखाले कंचनपुरका स्थानियतहहरुलाइ आगामी आथिक बर्षको बजेटमा मिडियालाइ प्राथमिकताका राखेर बजेट बिनियोजन गर्न आग्रह गरेको छ । समाज राष्ट्रको बिकास परिवर्तनको लागि महत्वपुर्ण भुमिका निर्वाह गरेका संचारमाध्यमहरु पछिल्लो समय आर्थिक अभावका कारण धराशायी बन्दै गएको भन्दै महासंघ कंचनपुर शाखाले उक्त आग्रह गरेको हो ।  नेपाल पत्रकार महासंघ शाखा कंचनपुरको बैशाख ५ गते शुक्रबारका दिन शाखा अध्यक्ष  सुरेश सिंह धामीको अध्यक्षतामा सम्पन्न  बैठकले  कंचनपुरका ९ वटै स्थानिय तह अर्थात पालिकाहरुलाइ  बिगतका बर्षहरुमा बिनियोजन गर्दै आएको सन्चारमाध्यम सङ्ग सम्बन्धित  प्रकाशन प्रसारण लगायतका अन्य सिर्षकका  बजेटमा आगामी आर्थिक बर्ष २०८२/०८३ को बजेटमा सन्चारमाध्यमलाई प्राथमिकतामा राखी बजेट बिनियोजन गर्न , सुचना, सन्देश ,कार्यक्रमको प्रकाशन तथा प्रशारणमा बिगतको भन्दा थप रकम बिनियोजन गर्न र  नेपाल पत्रकार महासंघ कंचनपुर शाखाको भवनको ब्यवस्थापनको लागि समेत बजेट बिनियोजन गरि सहयोग गरिदिन अनुरोध गरिन्छ  ।
यसैगरी महासंघले सार्वजनिक सरोकारका बिषयमा सुचना पाउने, माग गर्ने र प्राप्त गर्ने हरेक नागरिकको अधिकार हो । सूचना प्रवाहले हरेक बिषयलाइ पारदर्शी र जवाफदेही बनाउने गर्दछ । कंचनपुरमा रहेका सरकारी, गैरसरकारी , सार्वजनिक  तथा अन्य संस्था ,कार्यालयहरुलाई नियमानुसार सुचनाको हक कार्यान्वयन गर्न र सुचनामा सबैको सहज सरल पहुँच स्थापित गर्न आग्रह गरेको छ   ।

महासंघले कंचनपुरका स्थानिय तह ,सरकारी तथा गैरसरकारी कार्यालयहरु र अन्य सार्वजनिक संस्था ,संस्थान , कार्यालयहरुले सन्चारमाध्यममा प्रकाशन ,प्रसारण लगायत मिडियासंग सम्बन्धित सिर्षकमा खर्च गर्दै आएको रकमलाइ थप ब्यवस्थित, पारदर्शी, मितब्ययी, समानान्तर बितरण र मिडिया मैत्री बनाउन सबैलाइ आग्रह गरेको छ  ।
यसैगरी मिति २०८१ चैत्र १५ गते काठमाडौको तिनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा हत्या गरिएका पत्रकार सुरेश रजकको घटनाको हत्यतथ्य छानबिन गरि दोशिलाइ कडा भन्दा कडा कानुनी कारवही गर्न, पिडित परिवारलाइ उचित क्षतिपुर्ती दिन, घाइतेहरुको उपचार गर्न, सन्चारगृह माथी भएको तोडफोड आक्रमणको छानबिन गरि दोशिलाइ कारबाही गर्न तथा उचित क्षतिपुर्ती दिन र पत्रकार सुरक्षाको ग्यारेन्टी गर्न नेपाल पत्रकार महासंघ शाखा कंचनपुरले केन्द्रीय महासंघ समितिले गरेको सर्कुलर अनुसार चरणबद्ध  बिरोध कार्यक्रम अन्तर्गत र्याली ,कोणसभा,कार्यक्षेत्रमा कालो पट्टि बाधेर कार्य संचालन सम्पादन  तथा कंचनपुरका प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारका गृहमन्त्री , प्रधानमन्त्रीलाइ ध्यानाकर्षण लगायतका अन्य कार्यक्रम गरिएकोमा अहिले सम्म महासंघले उठाएका मागहरुको उचित संबोधन हुन नसकेको समयमा पत्रकार सुरेश रजकको हत्या घटनाको सत्यतथ्य छानबिन ,दोशिलाइ कारवाही ,पिडित परिवारलाइ उचित क्षतिपुर्ती ,घाइतेको उपचार,संचारगृहमाथी भएको  आक्रमण तोडफोडको छानबिन र उचित क्षतिपुर्ती दिन तथा सन्चारकर्मिहरुको पेशागत सुरक्षाको सुनिस्चितता गर्न नेपाल सरकार संग नेपाल पत्रकार शाखा कंचनपुरले जोडदार माग गरेको छ  ।  नेपाल पत्रकार महासंघ शाखा कंचनपुरको आगामी बैठक घुम्ती गर्ने निर्णय भएको अध्यक्ष धामिले बताएका छन ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज