महेन्द्रनगर–मन्त्र अस्पतालले नबजात शिशु तथा बालरोग बिषेशज्ञ चिकित्सक सेवा शुरु गरेको छ । नबजात शिशु तथा बालरोग बिषेशज्ञ डा. रबि ढकाललाई भित्तयाएर मन्त्र अस्पतालले नवजात शिशु तथा बालरोग विषेशज्ञ चिकित्सक सेवा सुरु गरेको हो । डा. ढकालले कलेजो रोग सम्बन्धि बालबालिकाको उपचार शुरु गरेको जनाएको छ । स्वदेश तथा विदेशका विभिन्न अस्पतालमा सेवा गरेको अनुभव डा. ढकालसंग रहेको मन्त्र अस्पतालले जनाएको छ ।
अस्पतालमा विशेषज्ञ र मेडिकल गरी १५ सहित ६५ जना दक्ष जनशक्तिले सेवा प्रदान गरीरहेका छन् ।
महिनामा मेजर र मुख्य शल्यक्रिया गरिने गरेको अस्पतालका मेडिकल डाइरेक्टर डा. गोबिन्द रोकायाले बताउनुभयो । ओपिडिमा दैनिक ७५ देखि ८० जना सम्म आउने गरेको र एमर्जेन्सिमा २० जना जति सेवाग्राही आउने गरेका छन् । अस्पतालले हाडजोर्नी लगायतका सेवाहरु प्रदान गर्दै आईरहेको छ । विभिन्न रोगको फुल टाईम र पार्ट टाइम डाक्टरहरु बाट सेवा दिने गरेको अस्पतालका मेडिकल डाईरेक्टर रोकायाले बताउनुभयो । अझै पनि जन अपेक्षाअनुसार सेवा प्रदान गर्न नसकेको भन्दै सेवाग्राहीको अपेक्षाअनुरुप निरन्तर सेवा प्रवाहमा थप सुविधामा जोड दिने उहाँले बताउनुभयो । अस्पतालले बैंक तथा वित्तिय संंघसंस्थाहरुका सदस्य तथा कर्मचारीहरुलाई ५ देखि २५ प्रतिशत सम्म छुट दिने व्यवस्था गरेको छ ।
सामाजिक उत्तरदायित्व अनुसार विभिन्न सामाजिक कार्य लगायत खेलकुद प्रतियोगिताहरुमा प्राथमिक उपचारका लागि निशुल्क सेवा दिने गरेको छ । तीन बर्षदेखि स्वाथ्य सेवा प्रदान गर्दै आएको मन्त्रले हरेक बर्ष मुख्य सल्यकृयादेखि, समाजिक कार्य अन्र्तरगत गाँउ गाँउमा निःशुल्क स्वास्थ्य शिबिर, विभिन्न संघ संस्थासंग सम्झौता गरेर गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
महेन्द्रनगरमा यस अघि खोलिएका अस्पताल वर्ष दिन नपुग्दै बन्द भएका थिए । त्यसपछि निजी क्षेत्रका अस्पताल सञ्चालन हुन नसक्ने बलियो धारणा बनेको थियो । अस्पतालका निर्देशक रोकायालाई महेन्द्रनगरमा अस्पताल टिक्न नसक्ने धारणालाई चिर्न आफूहरुले अस्पताल खोलेको बताए । ‘महेन्द्रनगरमा ८ महिना भन्दा बढी हस्पिटल नचल्ने रहेछ भन्ने धारणा थियो’ उनले भने ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।