महेन्द्रनगर–कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का स्थानीय सिँचाईको प्रबन्ध नहुदा विगत लामो समयदेखि सिँचाई गरेवाफत बोरिङ्गको प्रतिघण्टा दुई सयका दरले शुल्क तिर्दै आएका थिए । वडा नं. ६ का वडा अध्यक्ष ओम बस्नेतले वडाबासीको समस्या बुझेपछि उहाँले वडाबासिलाई पचास प्रतिशत अनुदान रकममा बोरिङ्ग दिने योजना अघि सार्नुभयो । जुन योजना अनुसार वडा सरकारले पचास प्रतिशत व्यक्ति लगानी र पचास प्रतिशत वडाको अनुदानमाा वडाका ४९ जना किसानलाई सिँचाई बोरिङ्ग वितरण गरेको छ ।
मंगलबार मात्रै वडा कार्यालयले ५० प्रतिशत अनुदानमा खेतिपातिका लागि आकासे पानीको भर पर्ने किसानलाई सिँचार्ई बोरिङ वितरण गरेको छ । उत्पादन बृद्धि गर्ने र किषानका समस्या हल गर्ने उदेश्यका साथ किसानहरुलाई पचास प्रतिशत रकम अनुदान दिएर बोरिङ वितरण गरिएको वडाध्यक्ष ओम बस्नेतले बताउनुभयो । ‘वडामा कृषि उत्पादनलाई बढाउने लक्ष्यसहित वडाको पचास प्रतिशत अनुदानमा सिचाई वोरिङ्ग वितरण गरेका हौ,’ वडा अध्यक्ष बस्नेतले भन्नुभयो ‘सिँचाइ सुविधा नहुदाँ किसानले खेतीपातिका लागि आकासे पानीको भर पर्नुपर्ने अवस्था रहेको थियो, अव त्यो हटेर गएको छ ।’
स्थानीय किसान ईश्वर कुमार थापाले बोरिङ पाएपछि सिचाइ सुविधा हुने भन्दै खुखि व्यक्त गर्नुभयो । ‘विगत बर्षदेखिको आकाशे पानीको भर पर्नुपर्ने, महंगो मुल्य तिरेर सिचाई गर्नुपर्ने लगायतका समस्या हटेर जानेभयो,’ उहाँले भन्नुभयो ‘अगामी दिनमा आफ्नै बोरिङबाट सिँचाइ गर्दा कृषि उत्पादनमा लागत घट्नेछ ।’
त्यस्तै अर्का किसान कृष्णानन्द भट्टले सिँचाइ नहर नभएकोले भुमिगत सिँचाइ अत्यावश्यक रहेकोमा त्यसलाई वडा सरकारले सम्बोधन गरेकोमा धन्यवाद समेत दिए । ‘सिचाँई को ठूलो समस्या रहेको थियो, यसलाई वडा सरकारले सम्वोधन गरीदिएकोछ,’ उहाँले भन्नुभयो ‘हामीहरुलाई सिचाई सुविधाका लागि बोरिङ्ग अनुदानमा उपलब्ध गराएकोमा वडा अध्यक्ष लगायत वडा सरकारलाई धेरैधेरै धन्यवाद छ ।’
सिचाई अभावका कारण कृषि उत्पादनमा लागत बढि आय कम हुने गरेको थियो । साथै सिचाई सुविधाले कृषकहरुलाई बेमौसमी तरकारी खेतीतर्फ आकर्षण गर्ने विश्वास वडा अध्यक्ष बस्नेतले लिएका छन् । वडा कार्यालयले किसानको घरमै पुगेर बोरिङ जडानको व्यवस्था गरेको वडा अध्यक्ष बस्नेतले बताउनुभयो ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।