Advertisement

दोधारा चाँदनी नगरपालिका वडा नं. ६ मा सिँचाईका लागि प्रतिघण्टा दुई सय तिर्नुपर्ने बाध्यता हट्दै

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का स्थानीय सिँचाईको प्रबन्ध नहुदा विगत लामो समयदेखि सिँचाई गरेवाफत बोरिङ्गको प्रतिघण्टा दुई सयका दरले शुल्क तिर्दै आएका थिए । वडा नं. ६ का वडा अध्यक्ष ओम बस्नेतले वडाबासीको समस्या बुझेपछि उहाँले वडाबासिलाई पचास प्रतिशत अनुदान रकममा बोरिङ्ग दिने योजना अघि सार्नुभयो । जुन योजना अनुसार वडा सरकारले पचास प्रतिशत व्यक्ति लगानी र पचास प्रतिशत वडाको अनुदानमाा वडाका ४९ जना किसानलाई सिँचाई बोरिङ्ग वितरण गरेको छ ।
मंगलबार मात्रै वडा कार्यालयले ५० प्रतिशत अनुदानमा खेतिपातिका लागि आकासे पानीको भर पर्ने किसानलाई सिँचार्ई बोरिङ वितरण गरेको छ । उत्पादन बृद्धि गर्ने र किषानका समस्या हल गर्ने उदेश्यका साथ किसानहरुलाई पचास प्रतिशत रकम अनुदान दिएर बोरिङ वितरण गरिएको वडाध्यक्ष ओम बस्नेतले बताउनुभयो । ‘वडामा कृषि उत्पादनलाई बढाउने लक्ष्यसहित वडाको पचास प्रतिशत अनुदानमा सिचाई वोरिङ्ग वितरण गरेका हौ,’ वडा अध्यक्ष बस्नेतले भन्नुभयो ‘सिँचाइ सुविधा नहुदाँ किसानले खेतीपातिका लागि आकासे पानीको भर पर्नुपर्ने अवस्था रहेको थियो, अव त्यो हटेर गएको छ ।’

 

स्थानीय किसान ईश्वर कुमार थापाले बोरिङ पाएपछि सिचाइ सुविधा हुने भन्दै खुखि व्यक्त गर्नुभयो । ‘विगत बर्षदेखिको आकाशे पानीको भर पर्नुपर्ने, महंगो मुल्य तिरेर सिचाई गर्नुपर्ने लगायतका समस्या हटेर जानेभयो,’ उहाँले भन्नुभयो ‘अगामी दिनमा आफ्नै बोरिङबाट सिँचाइ गर्दा कृषि उत्पादनमा लागत घट्नेछ ।’
त्यस्तै अर्का किसान कृष्णानन्द भट्टले सिँचाइ नहर नभएकोले भुमिगत सिँचाइ अत्यावश्यक रहेकोमा त्यसलाई वडा सरकारले सम्बोधन गरेकोमा धन्यवाद समेत दिए । ‘सिचाँई को ठूलो समस्या रहेको थियो, यसलाई वडा सरकारले सम्वोधन गरीदिएकोछ,’ उहाँले भन्नुभयो ‘हामीहरुलाई सिचाई सुविधाका लागि बोरिङ्ग अनुदानमा उपलब्ध गराएकोमा वडा अध्यक्ष लगायत वडा सरकारलाई धेरैधेरै धन्यवाद छ ।’
सिचाई अभावका कारण कृषि उत्पादनमा लागत बढि आय कम हुने गरेको थियो । साथै सिचाई सुविधाले कृषकहरुलाई बेमौसमी तरकारी खेतीतर्फ आकर्षण गर्ने विश्वास वडा अध्यक्ष बस्नेतले लिएका छन् । वडा कार्यालयले किसानको घरमै पुगेर बोरिङ जडानको व्यवस्था गरेको वडा अध्यक्ष बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज