Advertisement

कृष्णपुरका सरकारी विद्यालयका शिक्षक, कर्मचारीदेखि जनप्रतिनिधीले आफ्ना सन्तानलाई अनिवार्य सरकारी विद्यालयमा पढाउनुपर्ने

महेन्द्रनगर – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सरकारी राज्य कोषबाट सुविधा लिने शिक्षकदेखि कर्मचारीलाई आफ्ना छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पठन पाठन गराउन निर्देशन दिएको छ । पालिकाले १६औ नगरसभाबाट आउँदो शैक्षिक सत्र ०८२ देखि सरकारी राज्य कोषबाट सुविधा लिने शिक्षक, कर्मचारीका जनप्रतिनिधी, विद्यालय व्यवस्थापन समितिका सन्तानलाई अनिवार्य सामुदायिक विद्यालयमा पठन पाठन गराउनुपर्ने निर्णय पास गरी उक्त निर्णय कार्यन्वयन गराउन शिक्षा, युवा तथा खेलकुद शाखा मार्फत सम्बन्धीत पक्ष सबैमा जानकारी गराएको हो ।

कृष्णपुर नगरका मेयर हेमराज ओझाले सामुदायिक विद्यालय विद्यार्थी बिहिन रित्तिन लागेपछि २८ पुष ०८१कोे नगर सभाबाटै पहिलो पटक सरकारी विद्यालयमा विद्यार्थी भर्नाका लागि निर्णय गरेको बताए । मेयर ओझाका अनुसार नगरपालिका अन्र्तरगत रहेका जनप्रतिनिधी, सामुदायिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक सघ, कर्मचारीका सन्तान(छोरा,छोरी, नाति, नातिनी) लगायत एकाघरमा बस्ने सबै बालबालिकालाई आउँदो शैक्षिक सत्रदेखि जुनसुकै स्थानमा भएपनि अनिवार्य रुपमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । ‘सामुदायिक विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधी एव कर्मचारीलाई उत्तरदायि बनाउँदै सामुदायिक विद्यालयको गुणस्तर बृद्धि विकासका लागि हामीले यस्तो निर्णय गरेका छौँ, ‘मेयर ओझाले भने, ‘हामी सबै पक्षबाट निर्णय कार्यान्वयन गर्नेमा दृढ छौँ ।’ नगरपालिकाको यस्तो प्रकारको निर्णयको सर्वत्र वाहवाह छाएको छ । कृष्णपुर नगरपालिकाले यो निर्णय सतप्रतिशत कार्यन्वयन गर्नसकेको खण्डमा पालिकाको शिक्षा क्षेत्रको विकासमा निकै फड्को मार्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

महेन्द्रनगर – दोधारा चाँदनी नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धार सामग्रि हस्तान्तरण गरेको छ । बिहिबार दोधारा चादनी ...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज