नयाँ खबर
महेन्द्रनगर – बैतडीको पाटनमा सम्पन्न दोस्रो संस्करणको उदयदेव प्रिमियर लिगको उपाधी आयोजक पाटन भ्याली क्रिकेट क्लबले जितेको छ । बिहिबार भएको फाइनलमा बनारसी क्रिकेट क्लबलाई ६ बिकेटले हराउदै पाटन भ्याली क्रिकेट क्लबले उपाधी जितेको हो ।
कृष्ण मावि को खेलमैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बनारसी क्रिकेट क्लबले १४ दशमलव ४ ओभरमा अलआउट हुदै ७२ रन बनाएको थियो ।
बनारसीका सुदर्शन भट्टले सर्वाधिक २१ रनको बनाए । भ्यालीका धिरेन चन्दले ४ विकेट लिए । ७३ रनको विजयी लक्ष्य पछ्याएको भ्यालीले ८ दशमलव १ ओभरमै लक्ष्य भेट्टायो । उपाधी विजेता पाटन भ्यालीले १ लाख १ हजार १ सय ११ नगदसहित ट्रफी मेडल प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको बनारसी क्रीकेट क्लबले ४५ हजारमा ५५ रुपैँया नगद सहीत ट्रफी मेडल प्रमाणपत्रमा चित्त बुझायो ।
जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका राहुल भण्डारी म्यान अफ द सिरिज घोषित भए । ८ हजार ८४८ रुपैँया नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त हात पारे । बेष्ट ब्याट्सम्यान एख्ऋऋ का सन्दीप बिष्ट घोषित भए । बेस्ट बलर पनि भ्याली कै धिरेन्द्र चन्द भए । उनीहरुले ५ हजार ५५५ रुपैँया नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त हात पारे । उदयमान खेलाडी पाटन ११ का समीर भण्डारी भए। उनले २ हजार ५२५ रुपैँया नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त हात पारे ।
पाटन भ्याली क्रिकेट क्लबको आयोजनामा चैत २२ गतेदेखि सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।