महेन्द्रनगर–नेकपा(एमाले) ले पार्टीका संस्थापक र पार्टीबाट निर्वाचित पूर्व जनप्रतिनिधिलाई सम्मान गरेको छ । शनिबार कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. १६को एमाले वडा कमिटिले पार्टीका संस्थापक सदस्य तथा पुर्व जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुने पुर्व जनप्रतिनिधिमा भीमदत्त नगरपालिकाका निवर्तमान नगर प्रमुख सुरेन्द्र विष्ट, गणेशदत्त भट्ट, स्व पदम बहादुर सिंह, गोपाल सिंह कार्की, पार्वती सुनार र सन्ध्याा थापा रहेका छन् । त्यसैगरी सस्थापकमा भवानी दत्त पन्त, स्व. कृष्ण बहादुर मल्ल, शिव बहादुर ओली, प्रेम बल्लब पन्त, रुद्रदत्त मिश्र, चुरा बहादुर थापा, केशव दत्त जोशी र रमेश रोकायालाई सम्मान गरीएको नितेश रावलले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि एमाले कञ्चनपुर जिल्ला ईन्चार्ज निरुदेवि पालले सम्मानित भएका एमालेका सस्थापक तथा पूर्व जनप्रतिनिधिलाई दोसल्ला ओडाएर सम्मान पत्र प्रदान गरेका थिए । संस्थापक र पुर्व जनप्रतिनिधिको पार्टी निर्माणमा ठूलो योगदान रहेको नेकपा एमाले केन्द्रीय सदस्य एवं कञ्चनपुर जिल्ला ईन्चार्ज निरुदेवि पालले बताउनुभयो ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।