Advertisement

नेवि संघ सहितका युवा विद्यार्थीले दिए धर्ना

Advertisement

महेन्द्रनगर – जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी लगायत कञ्चनपुरकै अतिक्रमित सरकारी जमिन खाली गराउनुपर्ने माग अघि सारेर जिल्लाका सकृय युवा विद्यार्थीले प्रशासनमा धर्ना दिएका छन । आइतबार संयुक्त युवा विद्यार्थीले अतिक्रमित सरकारी जमिन खाली गराउनुपर्ने माग अघि सारेर जिल्लाका सकृय युवा विद्यार्थीले प्रशासनमा धर्ना दिएका हुन ।
सत्ताधारी नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ सहित विपक्षी दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा बहुमत, रास्वपा सहितका दलका युवा विद्यार्थीले धर्ना दिएका छन । नेकपा एकीकृत समाजवादी अनेरास्ववियु कञ्चनपुरका इन्चार्ज रमेश पन्तले सरकारी जमिनमा अवैध तरिकाले निर्माण भएका सरचना हटाउनका लागि पालिका सहितका प्रशासन कार्यालयले अटेरी गरेपछि साँकेतिक रुपमा धर्ना दिएको बताए ।
‘गत बर्ष ६ चैत्र ०८० मा प्रशासन कार्यालय नेतृत्वमा जिल्लाभरीका पालिका सरकारले आ–आफ्नो पालिकामा अवैध रहेको अतिक्रमित सरकारी जमिन खाली गर्ने निर्णय गरेका थिए, ‘उनले भने, ‘उक्त निर्णयबाट आफै पछि हटेका छन, फरक दलका व्यक्तिका घर मात्रै भत्काए आफ्ना बचाएका छन ।’
नेकपा बहुमत कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरीले प्रशासन, पालिका सरकारले आफैले गरेका निर्णयबाट पछि परेको बताउँदै उनले साँकेतिक एक दिने धर्ना दिएको बताए । ‘सरकारले गरेका निर्णय आफैबाट उलङघन भईरहेको हामीले भान पाएका छौँ, ‘उनले भने, ‘सत्ताधारी दलको दवावमा प्रशासनले समेत अतिक्रमण हटाउन पछि परेको छ, बेलडाँडी सहितले अतिक्रमण हटाउन खोजेपछि गृह प्रशासनको सहयोग छैन, ‘नहटाउने पालिकालाई पनि निर्णय कार्यान्वयनका लागि पहल गरेको छैन ।’
युवा विद्यार्थीले अतिक्रमण हटाउने विषयमा समेत विभेद भईरहेको भन्दै जिल्लाभरीको अतिक्रमण सरकारी जमिन हटाउन पहल नभए थप आन्दोलनको चेतावनी दिएका छन । युवा विद्यार्थीले यस अघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा गृहमन्त्री रमेश लेखक बिरुद्धमा ब्यानर समेत टाँसेर नगर विकास समिति सहित जिल्लाभरीको अतिक्रमण हटाउन दवाव दिएका थिए ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापकोटाले यस अघि सरकारी जमिन खाली गर्ने निर्णय पालिकाहरुले कार्यान्वयन गर्नुपर्ने बताए । ‘हामीले पालिकाहरुलाई अतिक्रमण हटाउन अधिकार दिएकै छौँ, ‘प्रजिअ अधिकारीले भने, ‘यस विषयमा पालिकाहरुले पनि अग्रसरता देखाउनुपर्छ, प्रशासन मार्फत सुरक्षा दिने विषयमा पुर्ण साथ सर्मथन छ ।’

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बैजनाथ माध्यामिक विद्यालयमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने

बैजनाथ माध्यामिक विद्यालयमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने

महेन्द्रनगर – कञ्चनपुरमा लागू पदार्थविरुद्ध सचेतना कार्यक्रमको आयोजना गरिने भएको छ । बुधबार आयोजक घटाल युवा विकास समाज र सह आयोजक ...
मृगौला र क्यान्सरपीडित शुक्लाफाँटा नगरकी विष्ना जोशी उपचार खर्च नहुँदा मृत्युको मुखमा

मृगौला र क्यान्सरपीडित शुक्लाफाँटा नगरकी विष्ना जोशी उपचार खर्च नहुँदा मृत्युको मुखमा

कल्पना साउद, कञ्चनपुर - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरकी एक मृगौला र क्यान्सरपीडित महिला मृत्युको मुखमा पुगेकी छिन ।...
नेकपा(एमाले) कञ्चनपुरद्धारा ११औ महाधिवेशन प्रतिनिधिलाई प्रमाण पत्र वितरण

नेकपा(एमाले) कञ्चनपुरद्धारा ११औ महाधिवेशन प्रतिनिधिलाई प्रमाण पत्र वितरण

महेन्द्रनगर – एमाले पार्टी कार्यालयमा ११ औं महाधिवेशनका लागि कञ्चनपुरबाट निर्वाचित प्रतिनिधिलाई प्रमाण पत्र प्रदान गरिएको छ । एमाल...
बेलडाँडीमा एक हप्तासम्म दिनभर विद्युत अवरुद्ध हुने

बेलडाँडीमा एक हप्तासम्म दिनभर विद्युत अवरुद्ध हुने

महेन्द्रनगर–नेपाल विद्युत प्राधिकरण, बेलौरी वितरण केन्द्रले बेलौरी सबस्टेसन अन्तर्गत बेलडाँडी फिडरबाट विद्युत लिइरहेका क्षेत्रका उ...
कञ्चनपुर जिल्लामा एचआईभि सक्रमितको संख्या ६ सय ८२ पुग्यो, गत बर्षमा मात्रै ३२ जना नयाँ संक्रमित फेला

कञ्चनपुर जिल्लामा एचआईभि सक्रमितको संख्या ६ सय ८२ पुग्यो, गत बर्षमा मात्रै ३२ जना नयाँ संक्रमित फेला

महेन्द्रनगर–कञ्चनपुर जिल्लामा एचआईभि संक्रमितको संख्या ६ सय ८२ पुगेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले विश्व एड्स दिवस २०२५को अवस...
बेलडाँडी गाउपालिका उपाध्यक्ष नाथको सराहनीय कार्य, मानसिक रोगबाट पिडित भई सडकमा बास बस्दै आएकी बालिको उद्धार

बेलडाँडी गाउपालिका उपाध्यक्ष नाथको सराहनीय कार्य, मानसिक रोगबाट पिडित भई सडकमा बास बस्दै आएकी बालिको उद्धार

महेन्द्रनगर–बेलडाडी गाउपालिका उपाध्यक्ष शान्ती नाथले मानसिक रोगबाट पिडित बालिकाको उद्धार गरेकी छन् । पछिल्लो समयमा मानसिक स्थीती क...
औषधि व्यवसायी मंसिर १६ गतेसम्म चरणबद्ध आन्दोलनमा, आन्दोलनको क्रममा दैनिक व्यवसाय ठप्प पार्दै

औषधि व्यवसायी मंसिर १६ गतेसम्म चरणबद्ध आन्दोलनमा, आन्दोलनको क्रममा दैनिक व्यवसाय ठप्प पार्दै

महेन्द्रनगर–आईतबारदेखि आन्दोलनमा उत्रिएका औषधि व्यवसायीहरुले सोमबार दुई घण्टा व्यवसाय नै बन्द गरेका छन् । सरकारले औषधि ऐन संशोधनगर...
मानव जीवनमा गीता ज्ञानको महत्व विषयक विचार गोष्ठी सम्पन्न

मानव जीवनमा गीता ज्ञानको महत्व विषयक विचार गोष्ठी सम्पन्न

महेन्द्रनगर–मानव जीवनमा गीता ज्ञानको महत्व विषयक विचार गोष्ठी सम्पन्न भएको छ । प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय महेन्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज