Advertisement

विपद् जोखिम न्यूनीकरण तथा व्यावस्थापन र जोखिम सञ्चारमा मिडियाको भूमिका सबलीकरण सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी सुरु

महेन्द्रनगर – विपद् जोखिम न्यूनीकरण तथा व्यावस्थापन र जोखिम सञ्चारमा मिडियाको भूमिका सबलीकरण सम्बन्धी पत्रकारहरुका लागि दुई दिने कार्यशाला गोष्ठी सुरु भएको छ । बिहीबार देखि मर्सिकोर र राष्टिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रविधिकरण, सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजना तथा मर्सिकोरको प्राविधिक सहयोगमा धनगढीमा विपद् जोखिम न्यूनिकरण तथा जोखिम सञ्चारमा मिडियाको भूमिका सबलीकरण गोष्ठी कार्यक्रम सुरु भएको हो ।

 

कार्यशाला उद्धघाटन शत्रका प्रमुख अतिथि रहेका सुदुरपस्चिम प्रदेश आर्थिक मामिला मन्त्री हीरा सार्कीले जोखिम क्षेत्रका बारेमा जोखिम पूर्वानुमान बारेका सूचना समाचार पत्रकारले सम्प्रेषण तथा प्राकासन् गरिदिए विपद् बात हुने क्षति न्यूनीकरण हुने बताउनु भयो । उहाले पत्रकारका प्रकाशन गरेका सूचना तथा समाचारमा स्थानियको विश्वास बढी हुने भएकाले विपद्सम्बन्धी पत्रकारले सत्य र सही सूचना प्रकाशन गर्नु पर्ने बताउनु भयो । ूपत्रकारले प्रबाह गर्ने समाचार सूचनाहरू मा स्थानीयले बढी विश्वास गर्छन् त्यसैले विपद् बाट हुने धनजनको न्यूनीकरणका लागि पत्रकारहरुले सही सूचना प्रकाशन गर्नुपर्छ ू मन्त्री सार्कीले भन्नुभयो ूजोखिम न्यूनीकरण का लागि पत्रकारको तथा मिडियाको महत्वपूर्ण भूमिका हुन्छ , पत्रकारले नै मानिसहरूमा विश्वास भर्न सक्छन् ।”

कार्यक्रमको सभापतित्व राष्टिय विपद् न्यूनीकरण तथा व्यवस्थापन परिषदका सूचना अधिकारी एबम् उपसचिव डिजन भट्टराईको सभापतित्वमा भएको थियो । कार्यक्रमको सञ्चालन दीपक सापकोटाले गर्नु भएको थियो । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष भरत शाहले विपद् रिपोर्टिङका क्रममा आउने चुनौती र यसको प्रभावकारी समाधानका उपायबारे ध्यान दिनुपर्ने बताउनुभयो । विपद्का समाचार सङ्कलन गर्दा यथार्थपरक, प्रमाणमा आधारित तथा संवेदनशील पत्रकारिताको आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो । तालिमको पहिलो दिन राष्ट्रिय विपद न्यूनिकरण तथा व्यवस्थापन परिषदका सूचना अधिकारी डिजन भट्टराई, राष्ट्रिय विपद न्यूनिकरण तथा व्यवस्थापन परिषदका विज्ञ सदस्य गंगाधर तुलाधर, मौसम पूर्वानुमान महाशाखाका डिएसएम विभुती पोखरेल, विभागको क्षेत्रीय कार्यालय कोहलपुरका सिनियर डिभिजनल हाइड्रोलोजिष्ट राम प्रसाद अवस्थी र आन्तरिक मामिला तथा कानुन मन्त्रालय धनगढीका शाखा अधिकृत दीपेन्द्र सिंह बिष्टले प्रस्तुतीकरण गर्नुभएको थियो ।
तालिममा ३८ जना पत्रकारको सहभागिता रहेको छ । तालिम शुक्रबारसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

होली फेम्ली राष्टिय ‘स्कूल लेभल च्याम्पियनशिप’ को उपाधि बात्सल्या विद्या निकेतनलाई

होली फेम्ली राष्टिय ‘स्कूल लेभल च्याम्पियनशिप’ को उपाधि बात्सल्या विद्या निकेतनलाई

महेन्द्रनगर - होली फेम्ली राष्टिय 'स्कूल लेभल च्याम्पियनशिप' को उपाधि बात्सल्या विद्या निकेतनले जितेको छ । सोमबार भएको फाइनल खेलमा...
बैजनाथ आधारभूत विद्यालय वनकट्टीमा धार्मिक अनुष्ठान सम्पन्न

बैजनाथ आधारभूत विद्यालय वनकट्टीमा धार्मिक अनुष्ठान सम्पन्न

महेन्द्रनगर– बैजनाथ आधारभूत विद्यालय बनकट्टीमा दुई दिने धार्मिक अनुष्ठान सम्पन्न भएको छ । आईतबार कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालि...
पेसवानको सामाजिक परीक्षण कार्यक्रम

पेसवानको सामाजिक परीक्षण कार्यक्रम

महेन्द्रनगर–गैर सरकारी संस्था वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान)ले आफ्नो वार्षिक सामाजिक परीक्षण कार्यक्रम गरेको छ...
होली फेम्लि राष्ट्रिय क्रिकेट ‘स्कूल लेभल च्याम्पियनसिप’ को फाइनलमा होली फेम्ली र वात्सल्या भिड्ने

होली फेम्लि राष्ट्रिय क्रिकेट ‘स्कूल लेभल च्याम्पियनसिप’ को फाइनलमा होली फेम्ली र वात्सल्या भिड्ने

महेन्द्रनगर- होली फेम्लि राष्ट्रिय क्रिकेट ‘स्कूल लेभल च्याम्पियनसिप’ अन्तरगत सोमबार होलीफेम्लि र बात्सल्या विद्या निकेतनविच फाईनल...
होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप : महेन्द्रनगर मावि साधारण, आयोजक होलीफेम्ली, बात्सल्या र महाकाली सेकेण्डरी स्कूल सेमिफाईनमा भिड्ने

होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप : महेन्द्रनगर मावि साधारण, आयोजक होलीफेम्ली, बात्सल्या र महाकाली सेकेण्डरी स्कूल सेमिफाईनमा भिड्ने

महेन्द्रनगर – होली फेम्ली राष्ट्रिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप’ अन्तरगत समुह चरणका खेल सकिदा शनिबार अन्तिम चारमा पुग्ने सबै...
निसर्ग अस्पतालमा सामाजिक सुरक्षा कोषको सुविधा

निसर्ग अस्पतालमा सामाजिक सुरक्षा कोषको सुविधा

धनगढी - सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिक तथा योगदानकर्ताहरूले धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।लि। बाट पनि कोष ...
होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप : बर्साले दुई खेल रद्द,  महेन्द्रनगर नमुना र वात्सल्य विजयी

होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप : बर्साले दुई खेल रद्द, महेन्द्रनगर नमुना र वात्सल्य विजयी

महेन्द्रनगर - होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप अन्तरगत आज वर्षका कारण दुई खेल रद्द भएका छन्। भने महेन्द्र नमु...
होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिपको दोस्रो दिन : लिटिल बुद्ध, कञ्चनजंघा र महाकाली सेकेन्डरी विजयी

होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिपको दोस्रो दिन : लिटिल बुद्ध, कञ्चनजंघा र महाकाली सेकेन्डरी विजयी

महेन्द्रनगर - होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिपको दोस्रो दिन भएको पहिलो खेलमा लिटिल बुद्ध एकेडेमी विजय भएको छ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज