Advertisement

शुक्रबारदेखि शुक्लाफा“टा पर्यटन महोत्सव लाग्ने, महोत्सवअवधिभर नेचरगाईडको ५० प्रतिशत खर्च भीमदत्त नगरपालिकाले तिर्ने

महेन्द्रनगर – ८ औ शुक्लाफाँटा पर्यटन महोत्सव शुक्रबारदेखि लाग्ने भएको छ । कञ्चनपुरको आन्तरीक पर्या–पर्यटन प्रर्बद्धन गर्ने उदेश्यकासाथ फागुन ९ गते शुक्रबारदेखि भीमदत्त नगरपालिकाको आयोजनामा शुक्लाफाँटा पर्यटन महोत्सव हुन लागेको हो ।


भीमदत्त नगर पर्यटन विकास समितिले महोत्सवको तयारी तिव्र रुपमा भईरहेको कुरा पत्रकार सम्मेलनमार्फत सोमबार जानकारी गराएको छ । भीमदत्त नगर पर्यटन विकास समितिका उपाध्यक्ष राजेन्द्र केसीले विगतका बर्षहरु जस्तै यस बर्षपनि नगरपालिकाले शुक्लाफाँटा पर्यटन महोत्सव मनाउन लागेको बताउनुभयो । उपाध्यक्ष केसीका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज स्थापनाको अवसर पारेर कञ्चनपुरको पर्यापर्यटन प्रर्बद्धनका लागि सरोकारवालासंग समन्वय गरेर महोत्सवको आयोजना गरिएको छ ।
भीमदत्त नगर पर्यटन विकास समितिका उपाध्यक्ष राजेन्द्र केसीले एक सातासमम संञ्चालन हुने महोत्सवमा अरुबर्षभन्दा यसबर्ष फरक खासै नभएतापनि शुक्लाफाटा घुम्ने पर्यटकको लागि नेचर गाईडको लाग्ने पचास प्रतिशत खर्च नगरपालिकाले व्यहोर्ने बताउनुभयो । ‘यस पालि पनि विगत बर्षझै शुक्लाफाटा महोत्सव मनाउन लागेको छौ,’ उपाध्यक्ष केसीले भन्नुभयो ‘यस बर्ष महोत्सव अवधिभरमा शुक्लाफाटा राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकका लागि नेचर गाईडमा लाग्ने पचास प्रतिशत रकम नगरपालिकाले बेहोर्नेछ , जसका कारण आन्तरीक पर्यटनमा बढोत्तरी हुने आशा लिएकाछौ ।’
महोत्सव विगत बर्षझै सात दिनसम्म मनाईने छ भने उसैगरी महोत्सवका हरेक दिन अलग अलग कार्यक्रम रहेका छन । पहिलो दिन सुदूरपश्चिमको लोक सस्कृति झल्किने गरेर झाँगी प्रर्दशन, दोस्रो दिन निकुञ्जभित्र भारतीय पत्रकार सहितका सरोकारवालाहरुलाई भ्रमण, तेस्रो दिन एयरपोर्टदेखि निकुञ्जसम्म सरसफाई, चौथो दिन डिजिटल मार्फत निकुञ्जको प्रचारप्रसार, पाचौँ दिन निकुञ्ज सम्बन्धी निबन्ध प्रतियोगिता, छैटौँ दिन पर्यटन बारे सरोकारवालासंग छलफल र सातौँ दिन निकुञ्जका कर्मचारी र भीमदत्त नगरका जनप्रतिनिधीविच मैत्रीपुर्ण फुटबल प्रतियोगिता राखेर समापन गरिने कार्यतालिका रहेको छ ।
उपाध्यक्ष केसीले सुदूरपश्चिम प्रदेशस्तरीय मेलामा आउने कलाकारहरुलाई उद्योग बाणिज्य संघको समन्वयमा शुक्लाफाटामा घुमाउने बताउनुभयो । ‘१२फागुनदेखि महेन्द्रनगर खुला मञ्चमा हुने महोत्सवमा आउने राष्ट्रिय कालाबारहरुलाई निकुञ्ज अवलोकन गराईनेछ, ‘उपाध्यक्ष केसीले भने, ‘यसरी राष्ट्रिय कलाकार निकुञ्ज अवलोकन गराएपछि उहाँहरुबाट समेत थप प्रचारप्रसार हुनेछ ।’
भीमदत्त नगरका नगर प्रवक्ता पदमराज अवस्थीले पर्यटकीय सम्भावना बोकेका निकुञ्जमा पर्यटनको संख्या बृद्धि गर्दै यहाँको आर्थिक बृद्धि विकासका लागि महोत्सव आयोजना गरिएको बताउनुभयो । प्रवक्ता अवस्थीले कञ्चनपुरकै हितका लागि महोत्सव आयोजना गरिएको बताउनुभयो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

१३७औ मजदुर दिवस कञ्चनपुरमा पनि मनाईयो, मजदुरका हकअधिकारमा सरकार चुक्यो

१३७औ मजदुर दिवस कञ्चनपुरमा पनि मनाईयो, मजदुरका हकअधिकारमा सरकार चुक्यो

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा पनि १३७ औ मजदुर दिवस मनाईएको छ । शुक्रबार महेन्द्रनगरमा बजारमा ¥याली प्रदर्शन तथा कोण सभा गरी मजदु...
कञ्चनपुरमा टिप्परकाे ठक्करबाट एक युवकको मृत्यु, एक घाइते

कञ्चनपुरमा टिप्परकाे ठक्करबाट एक युवकको मृत्यु, एक घाइते

महेन्द्रनगर — जिल्लाकाे दाेधारा चाँदनीमा टिप्परले ठक्कर दिदा एक युवककाे घटनास्थलमै मृत्यु भएकाे छ, भने एक घाईते भएका छन् । ...
महेन्द्रनगरमा पनि ‘वर्ल्ड लिङ्क बिट द स्पीड’ : तिब्र गतिको बलर खोज्न आइतबार  महेन्द्रनगरमा युवाहरुबीच प्रतिस्पर्धा गराइने

महेन्द्रनगरमा पनि ‘वर्ल्ड लिङ्क बिट द स्पीड’ : तिब्र गतिको बलर खोज्न आइतबार महेन्द्रनगरमा युवाहरुबीच प्रतिस्पर्धा गराइने

महेन्द्रनगर : नेपालमै सबैभन्दा तीव्र गतिका बलरको खोजी गर्ने उद्देश्यसहित ‘वर्ल्ड लिङ्क बिट द स्पीड’ प्रतियोगिताको तेस्रो संस्करण आ...
होली फेमली स्पोर्टस एकेडेमीद्धारा हजारौलाई निःशुल्क क्रिकेट र तेक्वान्दो प्रशिक्षण

होली फेमली स्पोर्टस एकेडेमीद्धारा हजारौलाई निःशुल्क क्रिकेट र तेक्वान्दो प्रशिक्षण

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१० स्थीत होली फेमली स्पोर्टस एकेडेमीले हजारौ विद्यार्थीहरुलाई निशुल्क तेक्वान्दो प...
होली फेमली स्पोर्टस एकेडेमीद्धारा संञ्चालीत दश दिने निशुल्क क्रिकेट ट्रेनिङ्ग तथा तेक्वान्दो प्रशिक्षण समापन, साढे तिन सय जना प्रशिक्षित

होली फेमली स्पोर्टस एकेडेमीद्धारा संञ्चालीत दश दिने निशुल्क क्रिकेट ट्रेनिङ्ग तथा तेक्वान्दो प्रशिक्षण समापन, साढे तिन सय जना प्रशिक्षित

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१० स्थीत होली फेमली स्पोर्टस एकेडेमीले सञ्चालन गरेको १० दिने क्रिकेट ट्रेनिङ्ग तथा...
पत्रकार धामी विरुद्ध उजुरी, पत्रकार महासंघको आपत्ति

पत्रकार धामी विरुद्ध उजुरी, पत्रकार महासंघको आपत्ति

महेन्द्रनगर– कञ्चनपुर जिल्लाका पत्रकार विमल धामी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरल...
शिक्षा नियमावली विपरित संस्थागत विद्यालयलाई  स्थानान्तरण अनुमति

शिक्षा नियमावली विपरित संस्थागत विद्यालयलाई स्थानान्तरण अनुमति

महेन्द्रनगर – गत चैत्र १९ गते विहिबार बसेको भीमदत्त नगरपालिको कार्यपालिका बैठकले नगरपालिकाको शिक्षा नियमावली २०७९ विपरित निर्णय गर...
महाकाली नदीमा रोजगारीसंगै व्यवसाय

महाकाली नदीमा रोजगारीसंगै व्यवसाय

महेन्द्रनगर–भीमदत्त नगरपालिका ९ मुसेट्टीका किसन भाट महाकाली नदीमा ६ वर्षअघि पहिलो पटक ¥याप्टिंगका लागि अभ्यास गरिदाका सांची हुन् ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज