Advertisement

बेदकोट उपभोक्ता समिति अध्यक्ष कठायतको दादागिरी, समुह गठनमा मनोमानी गरेका कठायतले ईकाई समुह गठनमा पनि झिके बखेडा, भिडियो सहित हेर्नुस

महेन्द्रनगर– बेदकोट उपभोक्ता समिति अध्यक्ष अर्जुन कठायतले बेदकोद नगरपालिका वडा नं. १० मा उपभोक्ता ईकाई समुह गठनमा मनोमानी गरेका छन् । बेदकोट नगरपालिका वडा नं. १०मा दुई वटा ईकाई समुह रहेका छन् । नयाँगाउमा रहेको उपभोक्ता ईकाई समुहबाट दुई, चथरीबाट तिन जना प्रतिनिधि गरी वडा नं. १० बाट ५ जना प्रतिनिधि छनौट हुनेछन् । अध्यक्ष कठायतले नयाँगाउँको उपभोक्ता ईकाई समुहबाट आफुलाई दादागिरीशैलीमा प्रतिनिधिका लागि छनौट गरेका हुन् । नयाँ गाउको ईकाई गठनका लागि बैधानिक(सक्रिय) ७ ओटा समुह जानकी, चाहना, सरस्वती, भगवती, जनज्योती, रानी र खप्तड उपभोक्ता समुहबाट २/२ जना प्रतिनिधि छनौट भएका थिए । उनीहरुबाटै ईकाई गठन गर्नु पर्ने भएता पनि अध्यक्ष कठायतले चाहना, जनज्योती, खप्तड र अबैधानिक सिद्धनाथ समुहका प्रतिनिधिलाई मात्रै मिटिङमा सहभागिता गराएर दादागीरीशैली अपनाएर आफुलाई बेदकोट उपभोक्ता समिति चयनका लागि प्रतिनिधि छनोट गराएका हुन् । मिटिङमा सहभागिता भएकामध्ये जनज्योती समुहको आधिकारीक प्रतिनिधि कल्पना साउद र सारदा रोकाया हुन् । साउद र रोकायालाई मिटिङ नै प्रवेश गर्न दिएनन् । उनीहरुको सट्टा जनज्योती समुहबाट अमुक व्यक्तिलाई प्रतिनिधि बनाई मिटिङमा सहभागिता गराएका थिए । भने चाहना समुहबाट आएका दुई जना प्रतिनिधिमध्ये गंगा कठायतले मिटिङ नै बहिस्कार गरेका थिए ।

सिद्धनाथ समुह क्रियाशिल नभएता पनि आफु निकटका प्रतिनिधि आउने भएपछि फर्जी कागज बनाई बैधानिकता दिईएको चाहना समुहका अध्यक्ष गंगा कठायतले बताउनुभयो । उनका अनुसार सात वटा बैधानिक र क्रियाशिल उपभोक्ता समुह भएता पनि तिन ओटा उपभोक्ता समुहका प्रतिनिधिलाई मात्रै मिटिङमा सहभागि गराईएको थियो । अध्यक्ष कठायतले जानकी, सरस्वती, रानी र भगवती उपभोक्ता समुहबाट आएका प्रतिनिधिलाई मिटिङमा प्रवेश गर्न नदिएपछि विरोध जनाएको भगवती उपभोक्ता समुहकी अध्यक्ष गंगा कठायतले बताउनुभयो ।
अध्यक्ष अर्जुन कठायतले आफु निकटका प्रतिनिधि नआउने थाहा पाएपछि सक्रिय समुहलाई पनि नविकरण गर्न दिएको छैन । बेदकोट उपभोक्ता समितिका अध्यक्ष अर्जुन कठायतले दर्ता भएर सक्रिय रहेका भेराल, नवदुर्गा र कैलास उपभोक्ता समुहलाई नविकरण गर्न दिएको छ्रैन् । ति समुहमा बचत गर्नेदेखि विभिन्न क्रियाकलाप सक्रियरुपमा रहेको छ ।

अध्यक्ष अर्जुनले वडा नंम्बर १० मा चाहना र सरस्वती उपभोक्ता समूह गठनमा पनि मनपरी गरेका थिए । उनले कहाँसम्म मनपरी गरेका थिए भने ३४ जना उपभोक्ता रहेको समुमा अमुक उपभोक्ता ल्याएर २७ जनाको उपस्थीति बनाई प्रतिनिधि छनौट गरेका थिए । त्यसैगरी सरस्वति समुहमा पनि उपभोक्तालाई जानकारी नै नगरी प्रैतिनिधि छनौट गरेका थिए । आफ्नो समुहबाट अमुक व्यक्ति प्रतिनिधि छनौट भईसकेको सूचना पाएपछि स्थानीयले विरोध गरेका थिए । विरोध गरेपछि माफि मागेका अध्यक्ष अर्जुनले विवाद भएका समुहको प्रतिनिधि पुनः चयन गर्ने बताएका थिए । त्यसपछि उनले गाउँमै गएर प्रतिनिधि छनौट गरेका थिए । दुई कार्यकाल बेदकोट उपभोक्ता समिति अध्यक्ष बनेका अर्जुनले फेरी पनि अध्यक्ष हुनको लागि मनोमानी ढंगले उपभोक्ता समुह गठनदेखि उपभोक्ता ईकाई समुह गठनमा बखेडा झिकिरहेको स्थानीयको भनाई रहेको छ ।
स्थानीयहरूले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज संरक्षण तथा वन्यजन्तु संरक्षणका लागि गठन गरिने समितिमा केही निश्चित व्यक्तिलाई मात्र समावेश गरी अन्य समुदायलाई बेवास्ता गरिने गरेको आरोप स्थानीयले उठाएका छन् ।

भिडियो सहित हेर्नुस

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज