महेन्द्रनगर–डडेल्धुराको परशुराम नगरपालिका–१० मा चट्याङबाट मृत्यु भएका व्यक्तिको परिवारलाई राहतस्वरुप २ लाख प्रदान गरिएको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले मृतक अमर बहादुर विष्टकी श्रीमती पार्वती देवीलाई दुई लाखको चेक हस्तान्तरण गरेका हुन् । जिल्ला विपद् व्यवस्थापन समितिले विपदमा परि मृत्यु भएका व्यक्तिका परिवारलाई २ लाख राहत वितरण गर्ने गरेको छ ।
अमर बहादुर विष्टको गत भदौ १६ गते चट्याङ लागेर मृत्यु भएको थियो । रुडुक डडेल्धुराले पनि परशुराम नगरपालिका प्रमुख भरत बडायर जोशीमार्फत मृतक बिष्टको परिवारलाई ‘वास किट’ वितरण गरेको छ । यसअघि परशुराम–८ की प्रतिभा धामीको परिवारलाई पनि २ लाख राहत वितरण गरिएको थियो ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।