दोधारा । ‘सम्पुर्ण उत्पीडित दलित एक हौ’ भन्ने मुल नारा सहित नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातिय मुक्ती समाज कञ्चनपुरको दोधारा चाँदनीमा तेस्रो नगर सम्मेलन सम्पन्न भएको छ् । नेपाल उत्पीडित जातिय मुक्ती समाज दोधारा चाँदनीको नगर अध्यक्ष नर बहादुर सुनारको अध्यक्षतामा सञ्चालन भएको तेस्रो नगर सम्मेलनले किशोर आग्रीको नेतृत्वमा १६ सदस्यीय नेपाल उत्पीडित जातिय मुक्ती समाज दोधारा चाँदनी नवनिर्वाचित नगर कमिटि गठन गरिएको नेपाल उत्पीडित जातिय मुक्ती समाज दोधारा चाँदनीले जनाएको छ् । नेपाल उत्पीडित जातिय मुक्ती समाज दोधारा चाँदनीको उपाध्यक्षमा शोभा सुनार, नन्दलाल सुनार, सचिवमा सुरेश कोली, उपसचिवमा आकृती कसेरा, रामसिंह सुनार, कोषाध्यक्षमा नैनसरी लोहार गरि पछि पुर्णता दिने गरि १६ सदस्यीय कमिटि गठन भएको नवनिर्वाचित नेपाल उत्पीडित जातिय मुक्ती समाज दोधारा चाँदनीका नगर अध्यक्ष किशोर आग्रीले बताउनुभएको छ् । छुवाछुत र विभेद प्रकृतिले दिएको कुरा नभई मानव निर्मित कुरा रहेको बताउदै नगर अध्यक्ष किशोर आग्रीले लोकतन्त्र, गणतन्त्र र प्रजातन्त्रका सबै आन्दोलनमा दलित समुदायले आफ्नो भूमिका निभाएको तर व्यवस्था फेरिए पनि जात र पेसाका आधारमा अझै पनि गरिने विभेद अझै नफेरिएको बताउनुभएको छ् ।
समाजले मानव भेदभाद बिरुद्ध आवाज उठाउदै उत्पीडित जातिहरुको उत्थानका लागि विभिन्न सशक्तरुपमा कार्य गर्ने नेपाल उत्पीडित जातिय मुक्ती समाज दोधारा चाँदनीका नवनिर्वाचित नगर अध्यक्ष किशोर आग्रीले बताउनुभयो । नगर सम्मेलन बोल्दै समाजमा यस्ता रुढीवादी अन्धविश्वास प्रम्परा र संस्कारहरुलाई जरैबाट उखलेर फाल्नु पर्ने दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । नेपाल सरकारको २०७२ मा दलित अधिकार, राजनितिक, सांस्कृतिक अधिकार, मौलिक अधिकारकारुपमा सुरक्षित गरिएको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । सामाजिक अन्धविश्वास, रुढिवादी प्रम्परालाई हटाउने भनेको शिक्षाको ज्योति भएकोले सबैले अनिवार्य छोराछोरीहरुलाई पढाउनु पर्नेमा नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।
समाजले छुवाछुत मुक्त राष्ट्रको वकालत गदै आएको भन्दै मानवको बाँच्न पाउने भेदभावरहित समाजको निर्माण गर्नुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो । कार्यक्रममा बक्ताहरुले पार्टीका हरेक गतिबिधीमा दलितलाई उपयुक्त अबसर, स्थान र जिम्मेवारी प्रदान गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । नेपाल उत्पीडित जातिय मुक्ती समाज दोधारा चाँदनीका नवनिर्वाचित पदाधिकारीहरुलाई अविर दोसल्ला ओढाएर बधाई दिएका थिए ।
नेपाल उत्पीडित जातिय मुक्ती समाजका स्थायी कमिटिका सदस्य कृष्ण सुनारको प्रमुख आतिथ्यमा संचालन भएको नगर सम्मलेनमा नेकपा एमाले जिल्ला कमिटि सदस्य राजिव खड्का, दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बु, नेकपा एमाले दोधारा चाँदनी नगर ईन्चार्ज गगन खत्री लगाएत नेकपा एमालेका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।