Advertisement

नेपाल उत्पीडित जातिय मुक्ती समाज दोधारा चाँदनीको अध्यक्षमा आग्री

दोधारा । ‘सम्पुर्ण उत्पीडित दलित एक हौ’ भन्ने मुल नारा सहित नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातिय मुक्ती समाज कञ्चनपुरको दोधारा चाँदनीमा तेस्रो नगर सम्मेलन सम्पन्न भएको छ् । नेपाल उत्पीडित जातिय मुक्ती समाज दोधारा चाँदनीको नगर अध्यक्ष नर बहादुर सुनारको अध्यक्षतामा सञ्चालन भएको तेस्रो नगर सम्मेलनले किशोर आग्रीको नेतृत्वमा १६ सदस्यीय नेपाल उत्पीडित जातिय मुक्ती समाज दोधारा चाँदनी नवनिर्वाचित नगर कमिटि गठन गरिएको नेपाल उत्पीडित जातिय मुक्ती समाज दोधारा चाँदनीले जनाएको छ् । नेपाल उत्पीडित जातिय मुक्ती समाज दोधारा चाँदनीको उपाध्यक्षमा शोभा सुनार, नन्दलाल सुनार, सचिवमा सुरेश कोली, उपसचिवमा आकृती कसेरा, रामसिंह सुनार, कोषाध्यक्षमा नैनसरी लोहार गरि पछि पुर्णता दिने गरि १६ सदस्यीय कमिटि गठन भएको नवनिर्वाचित नेपाल उत्पीडित जातिय मुक्ती समाज दोधारा चाँदनीका नगर अध्यक्ष किशोर आग्रीले बताउनुभएको छ् । छुवाछुत र विभेद प्रकृतिले दिएको कुरा नभई मानव निर्मित कुरा रहेको बताउदै नगर अध्यक्ष किशोर आग्रीले लोकतन्त्र, गणतन्त्र र प्रजातन्त्रका सबै आन्दोलनमा दलित समुदायले आफ्नो भूमिका निभाएको तर व्यवस्था फेरिए पनि जात र पेसाका आधारमा अझै पनि गरिने विभेद अझै नफेरिएको बताउनुभएको छ् ।

समाजले मानव भेदभाद बिरुद्ध आवाज उठाउदै उत्पीडित जातिहरुको उत्थानका लागि विभिन्न सशक्तरुपमा कार्य गर्ने नेपाल उत्पीडित जातिय मुक्ती समाज दोधारा चाँदनीका नवनिर्वाचित नगर अध्यक्ष किशोर आग्रीले बताउनुभयो । नगर सम्मेलन बोल्दै समाजमा यस्ता रुढीवादी अन्धविश्वास प्रम्परा र संस्कारहरुलाई जरैबाट उखलेर फाल्नु पर्ने दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । नेपाल सरकारको २०७२ मा दलित अधिकार, राजनितिक, सांस्कृतिक अधिकार, मौलिक अधिकारकारुपमा सुरक्षित गरिएको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । सामाजिक अन्धविश्वास, रुढिवादी प्रम्परालाई हटाउने भनेको शिक्षाको ज्योति भएकोले सबैले अनिवार्य छोराछोरीहरुलाई पढाउनु पर्नेमा नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।

समाजले छुवाछुत मुक्त राष्ट्रको वकालत गदै आएको भन्दै मानवको बाँच्न पाउने भेदभावरहित समाजको निर्माण गर्नुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो । कार्यक्रममा बक्ताहरुले पार्टीका हरेक गतिबिधीमा दलितलाई उपयुक्त अबसर, स्थान र जिम्मेवारी प्रदान गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । नेपाल उत्पीडित जातिय मुक्ती समाज दोधारा चाँदनीका नवनिर्वाचित पदाधिकारीहरुलाई अविर दोसल्ला ओढाएर बधाई दिएका थिए ।

नेपाल उत्पीडित जातिय मुक्ती समाजका स्थायी कमिटिका सदस्य कृष्ण सुनारको प्रमुख आतिथ्यमा संचालन भएको नगर सम्मलेनमा नेकपा एमाले जिल्ला कमिटि सदस्य राजिव खड्का, दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बु, नेकपा एमाले दोधारा चाँदनी नगर ईन्चार्ज गगन खत्री लगाएत नेकपा एमालेका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने

काठमाडौं- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन विहान नौ बजेबाट सुरु हुँदैछ । पार्टीका प्रचार तथा प्रकाशन विभ...
महाकाली यातायात बहुदेश्यीय कम्पनीको अध्यक्षमा भट्ट निर्वाचित, सदस्यमा कोको निर्वाचित भए ?

महाकाली यातायात बहुदेश्यीय कम्पनीको अध्यक्षमा भट्ट निर्वाचित, सदस्यमा कोको निर्वाचित भए ?

महेन्द्रनगर - महाकाली यातायात बहुदेश्यीय कम्पनी प्रालिको अध्यक्षमा नविन भट्ट निर्वाचित भएका छन् । सोमबार सम्पन्न निर्वाचनमा १ सय ...
संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

धनगढी – सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवा...
उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

महेन्द्रनगर – कञ्चनपुरको बेलौरीस्थित उग्रतारा बाल विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थी स्वर्णीमा कँडेल संयुक्त राष्ट्र संघको ८...
वडा अध्यक्ष खत्री राप्रपा कञ्चनपुरको जिल्ला अध्यक्षमा चयन

वडा अध्यक्ष खत्री राप्रपा कञ्चनपुरको जिल्ला अध्यक्षमा चयन

महेन्द्रनगर–राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) कञ्चनपुरले नयाँ नेतृत्व पाएको छ । बुधबार महेन्द्रनगरमा सम्पन्न सातौ जिल्ला अधिबे...
कृष्णपुरका युवाहरुको सराहनीय कार्य : तीज विशेष कार्यक्रममा उठेको रकम बाढीपीडितलाई सहयोग

कृष्णपुरका युवाहरुको सराहनीय कार्य : तीज विशेष कार्यक्रममा उठेको रकम बाढीपीडितलाई सहयोग

महेन्द्रनगर - कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित राधाकृष्ण मन्दिर परिसरमा स्थानीय युवाहरूको सक्रियतामा आयोजना गरिएको ती...
दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

धनगढी- दार्चुला जिल्लाको पश्चिमोत्तरको व्यास गाउँपालिका–४ मडगाउँमा गत भदौ २८ गतेको अविरल वर्षापछि आएको बाढी–पहिरोले ७ परिवार बिस्थ...
गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज