दोधारा । भीमदत्त नगरपालिका स्तरीय उत्थानशील युवा सञ्जालको नयाँ कार्य समिति गठन भएको छ् । भीमदत्त नगरपालिकाको सभा हलमा आज सम्पन्न भएको उत्थानशील युवा सञ्जाल गठन तथा परिचालन कार्यक्रमले उत्तम सुनारको संयोजकत्वमा नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो । उत्थानशील युवा सञ्जाल गठन तथा सञ्चालन कार्यविधि अनुसार नयाँ कार्य समिति चयन गरिएको छ् । जसमा पुरुष सहसंयोजकमा नरेश बिसि र महिला सहसंयोजकमा मनिषा महता चयन हुनुभएको छ् । त्यस्तै प्रत्येक वडाबाट प्रतिनिधित्व हुने गरि एक–एक जना सदस्य चयन भएका छन् । जसमा सुशिला खत्री धामी, मञ्जु कुमारी जोशी भट्ट, सौरभ सिाह, दिनेश बिष्ट, सहदेब साँउद, सुमन ओड, रेखा धामी, राधिका कुँवर, ईश्वरी सार्की, रिना थापा, हेमन्ती महर, विरेन्द्र ओड, सिमा सार्की, पञ्कज भट्ट, विवेक साँउद, समिक्षा जैरु र अमर सिंह चौधरी चयन भएका छन् । त्यस्तै एक जना संस्थाबाट प्रतिनिधी सदस्य रहने कार्यविधी अनुसार सदस्यमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का अनिता लावड चयन हुनुभएको छ् ।
उत्थानशील युवा सञ्जालका संरक्षक तथा भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले एनएनएसडब्ल्यूए र नगरपालिकाको सहकार्यमा युवा सञ्जालले स्थानीय सरकारलाई सहयोग पुग्ने गरि आपत–विपद् साथै विकृति र विसंगतीको लागि रचनात्मक क्रियाकलापहरु गर्दै आएको बताउनुभयो । उहाँले नवनिर्वाचित कार्य समितिलाई बधाई दिदै युवा सञ्जालले नयाँ किसिमले अझ बढी रचनात्मक काम गर्ने विश्वास व्यक्त गर्नुभयो । भीमदत्त नगरपालिकाका उपमेयर नीलम लेखक जोशीले गत असारको आरी घोप्टे वर्षामा युवा सञ्जालको सक्रियताले मानवीय क्षतिबाट जोगिएको बताउनुभयो ।
उहाँले जलवायु परिवर्तन अनुकुलन, हरियाली प्रवर्धन र विपद् व्यवस्थापनका लागि सञ्जाल गठन गरिएको बताउनुभयो । उपमेयर जोशीले विपद् व्यवस्थापनको क्षेत्रमा युवाहरुको क्षमता वृद्धिका लागि नगरपालिकाले विभिन्न तालिमहरुको व्यवस्थापन गर्ने बताउनुभयो । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले युवाहरुलाई सामाजिक कार्यप्रति उत्तरदायी तथा जिम्मेबार बनाउन साथै विपद्को समयमा स्व–स्फुर्त रुपमा सहयोग पुर्याउने उद्देश्यले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको सहकार्यमा भीमदत्त नगरपालिका, दोधारा चाँदनी नगरपालिका र पर्शुराम नगरपालिकामा उत्थानशील युवा सञ्जाल गठन गरिएको बताउनुभयो ।
उहाँले अहिले नगरपालिकाको सहकार्यमा सञ्जालको नयाँ कार्य समिति चयन गरिएको जानकारी दिनुभयो । उहाँले नगरपालिकाको मातहतमा रहेर सञ्जालले स्वतन्त्र रुपमा जलवायु परिवर्तन अनुकुलन, विपद् व्यवस्थापन र अन्य क्षेत्रमा समेत प्रभावकारी रुपमा रचनात्मक क्रियाकलाप गर्ने तर्क गर्दै सहकार्यका लागि एनएनएसडब्ल्यूए सदैब तयार रहेको बताउनुभयो । उत्थानशील युवा सञ्जाल भीमदत्तका नवनिर्वाचित संयोजक उत्तम सुनारले सञ्जालले भीमदत्त नगरपालिकाको विपद् व्यवस्थापन र नगरपालिकाको समग्र हितलाई केन्द्रमा राखेर काम गर्ने बताउनुभयो । उहाँले नगरपालिकाको प्रभावकारी परिचालन साथै एनएनएसडब्ल्यूएको मार्गदर्शन र निरन्तर सहयोगको अपेक्षा गर्दै सञ्जालले सक्रियताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उत्थानशील युवा सञ्जालले जलवायु परिवर्तन अनुकुलन, हरियाली प्रवर्धन, विपद् व्यवस्थापन साथै अन्य सामाजिक क्षेत्रमा रचनात्मक क्रियाकलापहरु गर्दै आएको छ् ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।