Advertisement

१७औ एन प्याब्सन जिल्लास्तरीय खेल महोत्सव शुक्रबारदेखि हुने

महेन्द्रनगर : कञ्चनपुरको कवडहलमा आउदो पुष २६ गते(शुक्रबार)देखि १७औ नेशनल प्याब्सन जिल्ला स्तरिय खेल महोत्सव हुने भएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन(एन प्याब्सन) नेपाल कञ्चनपुरको आयोजनामा नेशनल प्याब्सन जिल्ला स्तरिय खेल महोत्सव हुने भएको हो ।

 

भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा उद्धघाटन कार्यक्रम हुने र बाकि खेलहरु कभर्डहलमा हुने आयोजकले जानकारी दिएको छ । एन प्याब्सन कञ्चनपुरका बरिष्ठ उपाध्यक्ष समेत रहेका खेल संयोजक बलदेव भट्टले गत विगतका बर्षहरु झै यस बर्षपनि खेल महोत्सव हुन लागेको बताए । उनले चार तहमा प्रतियोगिता हुने जानकारी दिए । उनका अनुसार आधारभूत तह ए(कक्षा १–५सम्म) र आधारभूत तह बि(कक्षा ६–८सम्म)का विद्यार्थीहरुका लागि लङजम्प, एक, दुई र चार सय मिटर दौड प्रतियोगिता हुनेछ ।
त्यसैगरी माध्यमिक तह ए(कक्षा ९–१०सम्म) र माध्यमिक तह बि(कक्षा ११–१२सम्म)का विद्यार्थीहरु विचमा थप पाच हजार मिटर रेस र हाईजम्प तथा सटपुट खेल खेलाईनेछ ।
चार तहका छात्र, छात्रा विच लङजम्प, हाईजम्प, सर्टफुट, भलिबल, १ सय, २ सय ४ सय मिटर दौडमा छुट्टाछुट्टै प्रतिस्पर्धा गराईने योगिता हुने खेल संयोजक भट्टले बताए ।
५२÷५२ गोल्ड र सिल्भर तथा ६६ ब्राञ्च मेडलका लागि जिल्लाभरीका झण्डै तिन हजार खेलाडीविच प्रत्यक्ष प्रतिस्पर्धा गराईनेछ । हालसम्म जिल्लाभरीका ५५ विद्यालय रजिष्ट्रड भएका छन । प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय विजेता विद्यालयका खेलाडीलाई पुरस्कार प्रदान गरिनेछ ।

 

तहगत अनुसार खेलकुद प्रतियोगितामा सहभागिताका लागि आधारभूत तह ए, आधारभूत तह बि, मावि तह ए र मावि तह बि को लागि क्रमश ः ५, ८, १० र १२ हजार रुपया शुल्क रहेको छ । एनप्याब्सन कञ्चनपुरका कोषाध्यक्ष सुर्य बहादुर चन्दले महोत्सवमा झण्डै १० लाख खर्च हुने बताए ।

कोषाध्यक्ष चन्दका अनुसार एनप्याब्सन सदस्य विद्यालयबाट सहभागि शुल्क संकलन गरिनेछ । एन प्याब्सन कञ्चनपुरका सचिव कुबेर खड्काले विगतका बर्षहरु भन्दा यस बर्ष थप पुरस्कृत बनाईने बताए ।

सचिव खडकाले एन प्याब्सनमा आबद्ध रहेका १ सय ३२ विद्यालय मध्ये अधिकाँस विद्यालय सहभागि हुने विश्वास व्यक्त गरेका छन ।

एन प्याब्सन कञ्चनपुरका अध्यक्ष सत्येश बहादुर चन्दले गृहमन्त्री रमेश लेखकको प्रमुख आथित्यका कार्यक्रम उद्घाटन गरिने र लगत्तै प्रतियोगिता शुरु हुने बताए । ‘प्रतियोगिताले विद्यार्थीको पढाईका अतिरिक्त थप खेलकुद माध्यमबाट बृद्धि विकास हुनेछ, ‘उनले भने, ‘प्रतियोगिताबाट खेल खेलाडीको उत्पादन हुनेछ ।’
एन प्याब्सन महोत्सवले कञ्चनपुर खेलकुदमय बन्ने उनले बताए । २९पुषसम्म संचालन हुने महोत्सवमा जिल्लाभरीका हजारौँ विद्यार्थी सहित शिक्षक, अभिभावकको सहभागिता हुनेछ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज