Advertisement

कोजाग्रत पूर्णिमा माता महाकाली मन्दिरमा रात्रीकालिन मेला लाग्ने

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा रहेको महाकाली माता मन्दिरमा कोजाग्रत पूर्णिमाको दिन रात्रीकालिन जात्रा लाग्ने तयारीमा छ् । दोधारा चाँदनी नगरपालिका– ४ मा रहेको महाकाली माता मन्दिरमा सदा जस्तै यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिन रात्रीकालिन जात्रा लाग्ने भएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष तथा महाकाली माता मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिनुभएको छ् । नगरपालिका क्षेत्रकै एक प्रसिद्ध धार्मिक स्थल महाकाली माता मन्दिरमा देवी माँको पूजा अर्चना गरी बाजागाजाका साथ ३ दिन सम्म जात्रा लाग्ने भएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभएको छ् । महाकाली नदी बस्तीमा पसेर ठुलो धनमालको क्षती बनाउदै आएपछि २०२२ सालमा महाकाली माता मन्दिरको स्थापना गरि पुजा अर्चना सुर गरे संगै महाकाली नदी बस्तीमा पसेर क्षती रोकिएको धार्मिक जनबिश्वास रहेको वडाध्यक्ष सुनारले बताउनुभएको छ् ।

प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन हुदै आएको महाकाली माताको पुजा अर्चनाले विपद् रोकिएको जनबिश्वास रहेको उहाँको भनाई रहेको छ् । मेलामा देवीको माँको पूजा गर्ने, साँझको समयमा मेलामा बाजा गाजाका साथ टोल–टोलबाट हजारौँ भक्तालुहरु सहभागी हुने महाकाली माता मन्दिर व्यवस्थापन समितिका सदस्य अंगविर दमाईले बताउनुभयो । बिगत लामो समय देखि कोजाग्रत पूर्णिमाको दिन माता महाकाली मन्दिरमा पुजा अर्चना गरिदै आएको र श्रद्धालुले राख्दै आएको बिश्वास पुरा हुदै आएको महाकाली माता मन्दिर व्यवस्थापन समितिका सदस्य अंगविर दमाईले बताउनुभएको छ् ।

मन्दिरमा आ–आफ्नै शैली र परम्परा झल्किने बिभिन्न सास्कृती कार्यक्रम, धार्मिक झाँकी, देउडा खेल्ने कार्यक्रम हुने उहाँले बताउनुभयो । पूर्णिमाको दिन दोधारा चाँदनीमा प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन संचालन हुने देवीको माँको पूजा पाठ तथा जात्रामा भिमदत्त नगरपालिका तथा सिमावर्ती भारतिय क्षेत्रका श्रद्धालुहरु आउने गरेको महाकाली माता मन्दिर व्यवस्थापन समितिका सदस्य अंगविर दमाईको भनाई रहेको छ् ।

महाकाली माता मन्दिर व्यवस्थापन समितिले यस वर्ष भोलीबाट ३ दिन सम्म पुजा तथा जात्रा लाग्ने तयारी रहेको बताएको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

महेन्द्रनगर – दोधारा चाँदनी नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धार सामग्रि हस्तान्तरण गरेको छ । बिहिबार दोधारा चादनी ...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज