Advertisement

बाढीबाट प्रभावित गर्भवती, सुत्केरी तथा अपांगता भएकाहरुलाई एनएनएसडब्लुएको सहयोग

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बाढीबाट प्रभावित भएका गर्भवती, सुत्केरी महिला र आपांगता भएका ब्यक्तीहरुलाई सहयोग गरिएको छ् । दोधारा चाँदनी नगरपालिकामा दश वटै वडामा रहेका १ सय ३० जना गर्भवती, सुत्केरी महिला तथा अपांगता भएका ब्यक्तीहरुलाई नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र सेभ द चिल्ड्रनको सहयोगमा उनिहरुलाई चाहिने स्वास्थ्य तथा आवश्यक सामग्री सहयोग सुरु गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघका सामाजिक परिचालिका निर्मला सुनारले जानकारी दिनुभएको छ् ।

सामाजिक परिचालिका निर्मला सुनारका अनुसार प्रत्येक वडामा १३/१३ जना गर्भवती, सुत्केरी महिला तथा अपांगता भएका ब्यक्तीहरुलाई उनिहरुलाई चाहिने स्वास्थ्य तथा आवश्यक सामग्री बितरण सुरु गरिएको बताउनुभएको छ् । उहाँका अनुसार गर्भवती, सुत्केरी महिला तथा अपांगता भएका ब्यक्तीहरुको नाम संस्थाका सहजकर्ताहरुले छनौट गरेको बताउनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिका– ४ वडा कार्यालयबाट उक्त सामग्री बितरण कार्य सुरु गरिएको सामाजिक परिचालिका सुनारले बताउनुभएको छ् । सहयोग सामग्री बितरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले बिगत लामो समय देखि नगर क्षेत्रमा विपद् आउदा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र निड्स नेपाल संस्थाहरुले सहयोग गर्दै आएको बताउनुभयो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगर - एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

महेन्द्रनगर – मर्निङ्ग ग्लोरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । आईतबार भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित व...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज