Advertisement

दोधारा चाँदनीमा हेल्मेट प्रयोग नगर्ने दुई पाङग्रे सवारी साधन प्रयोगकर्तालाई ‘हेल्मेट’ उपहार

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा सडक दुर्घटना न्युनिकरण गर्न ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी र दोधारा चाँदनी नगरपालिका– ६ वडा कार्यालयको सयुक्त आयोजनामा सडक दुर्घटना न्युनिकरण गर्न ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओंम बस्नेतले जानकारी दिनुभएको छ् । बढ्दो सवारी साधान र ट्राफिक नियमको उल्लंघनको कारण हुने सडक दुर्घटनाले बिगतमा अकालमै कयौं अंगभंग र ज्यान गुमाएको अवस्थालाई मध्यनजर राख्दै ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी र दोधारा चाँदनी नगरपालिका– ६ वडा कार्यालयको सयुक्त आयोजनामा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओंम बस्नेतले बताउनुभएको छ् । हेल्मेट प्रयोग नगरि मोटरसाईकल चलाउने सवारी चालकलाई उपहार स्वरुप हेल्मेट उपहार दिईएको वडाध्यक्ष ओंम बस्नेतले बताउनुभएको छ् । भारतिय क्षेत्रको प्रभावको कारण नगर क्षेत्रमा बिना हेल्मेट मोटरसाईकल चलाउने, तिब्र गतीमा सवारी साधान गुडाउने लगाएतका कार्यले ठुलो दुर्घटना निम्त्याउने हुदा सडक दुर्घटना न्युनिकरणको लागी वडा कार्यालयको सहयोगमा ईलाका प्रहरी कार्यालय संग सम्वन्यमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको उहाँले बताउनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिकाको मुल सडकहरुमा ईलाका प्रहरी कार्यालयको प्रहरी टोली, जनप्रतिनिधी तथा स्थानियबासीहरुको उपस्थितीमा सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ् । नगर क्षेत्रमा दुई पाङग्रे सवारी साधन प्रयोगकर्ताहरुले प्राय : हेल्मेट प्रयोग नगरि सवारी साधना हाक्ने गरेको देखिएको हुदा दुर्घटना न्युनिकरण गर्न वडा नं. ६ वडा कार्यालय र ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको आयोजनामा ट्राफिक सचेतना संगै मोटरसाईकल सवारी चालकहरुले बिना हेल्मेट सवारी साधन प्रयोग गरेकाहरुलाई उपहार स्वरुप हेल्मेट बितरण गरिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक जगत गाहा मगरले बताउनुभयो ।

दशै तिहारलाई लक्षित गरि नेपाल प्रहरीले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा सवारी दुर्घटना न्यूनिकरणका लागि चेकजाँचमा थप कडाई गर्ने बताएको छ् । सडक दुर्घटना न्युनिकरण गर्न तथा दोधारा चाँदनी नगरपालिका भारत संग जोडिएको नगरपालिका भएको हुदा चाड पर्वको बेला अपराधिक गतिबिधी हुनसक्ने अवस्थालाई मध्यनजर राख्दै यस पटक ट्राफिक चेक जाँचलाई थप कडा गरिने ईलाका प्रहरी कार्यालयको भनाई रहेको छ् ।

वडाध्यक्ष ओंम बस्नेत र प्रहरीको यो कार्यलाई स्थानियहरुले स्वागत गरेका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगर - एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

महेन्द्रनगर – मर्निङ्ग ग्लोरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । आईतबार भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित व...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज