Advertisement

दोधारा चाँदनीमा बिद्यार्थीहरुलाई विपद् व्यवस्थापन सम्बन्धी तालिम दिदै सशस्त्र प्रहरी

Advertisement

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा सशस्त्र प्रहरीले समुदायमा आधारित समुदायमा आधारित खोज उद्धार तथा प्रतिकार्यको लागी तिन दिने तालिम संचालन गरेको छ् । सशस्त्र प्रहरी वल नेपाल नं. ३५ गण हेक्वाटर शैलेश्वरी कञ्चनपुरको आयोजना र दोधारा चाँदनी नगरपालिका कार्यालयको सहयोगमा दोधारा चाँदनी नगरपालिकाका बिभिन्न बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई छनौट गरि तिन दिने समुदायमा आधारित खोज उद्धार तथा प्रतिकार्य तालिम संचालन गरेको सशस्त्र प्रहरी वल नेपाल नं. ३५ गण हेक्वाटर शैलेश्वरी कञ्चनपुरका एसपी खगेन्द्र बहादुर चन्दले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेका बिद्यालयका बिद्यार्थीहरुलाई विपद् व्यवस्थापन सम्बन्धी आधारभुत ज्ञान दिने उद्धेश्यले तालिम संचालन गरिएको एसपी खगेन्द्र बहादुर चन्दले बताउनुभएको छ् । दुबै तिर ठुला नदीको बिचमा रहेको दोधारा चाँदनी नगरपालिका बाढीको अत्यन्तै जोखिममा रहेको स्थान रहेको बताउदै सशस्त्र प्रहरी वल नेपाल नं. ३५ गण हेक्वाटर शैलेश्वरी कञ्चनपुरका एसपी खगेन्द्र बहादुर चन्दले विपद् सम्बन्धी बिद्यार्थीहरुलाई आधारभुत ज्ञान मात्र दिनसके फलदायी हुने बिश्वास ब्यक्त गर्नुभएको छ् । बिद्यार्थीहरुलाई तालिम प्रदान गर्दा धेरै व्यक्तिहरु लाभान्वित हुने उहाँको भनाई रहेको छ् ।

बाढी तथा पानीजन्य विपद्हरुबाट कसरी बाँच्न तथा बचाउन सकिन्छ भन्ने विषयमा आधारभुत सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिने बताईएको छ् । सशस्त्र प्रहरीले देशै भरी ५ सय जना युवाहरुलाई आधारभुत खोज उद्धार तालिम दिने उद्धेश्य अनुसार दोधारा चाँदनी नगरपालिकामा ५० जना युवाहरुलाई ३ दिनको लागी समुदायमा आधारित खोज उद्धार तथा प्रतिकार्यको लागी तालिम संचालन गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।

विपद्को समयमा तालिम प्राप्त ब्यक्तीहरुको आवश्यकता हुने हुदा तालिममा सहभागी भएपश्चात समुदायमा गएर आफ्नो ज्ञान र सीपको उचित प्रयोग गर्न बिद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ् । तालिममा विपद्को बेला कसरी धनजनको सुरक्षा गर्ने भन्ने बिषयमा तालिममा सिकाईने हुदा युवाहरुलाई समाज प्रति जिम्मेवारी रहन नगर प्रमुख लिम्बुले आग्रह गर्नुभएको छ् ।

दोधारा चाँदनी नगरपालिका क्षेत्रमा जुनसुकै बेला पनि बाढी र डुवान पर्न सक्ने भएको बिद्यार्थीहरुले बाढी आएको बेला आफु बच्नुको साथै मानविय सहयोगमा उत्रिन दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले तालिममा सहभागी बिद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ् ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रत्यक्षतर्फका उम्मेद्वार टुंग्याउन शनिबार एमाले सचिवालय बैठक बस्ने

प्रत्यक्षतर्फका उम्मेद्वार टुंग्याउन शनिबार एमाले सचिवालय बैठक बस्ने

काठमाडौं- फागुन २१ गते हुने निर्वाचनका उम्मेद्वारको टुंगो लगाउन नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । प्रचार ...
फ्लोरिडा इन्टरनेशन स्कूलका कक्षा ९ मा अध्ययनरत विद्यार्थीले बनाए रोबोटिक कारदेखि मोवाईल गेमसम्म, हेर्नेको घुईचो

फ्लोरिडा इन्टरनेशन स्कूलका कक्षा ९ मा अध्ययनरत विद्यार्थीले बनाए रोबोटिक कारदेखि मोवाईल गेमसम्म, हेर्नेको घुईचो

महेन्द्रनगर – महेन्द्रनगरको बहुचर्चित स्कूल फ्लोरिडा इन्टरनेशन माविले पाँचौ विज्ञान, कला तथा खाद्य प्रदर्शनी सम्पन्न गरेको छ । बुध...
हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा सम्पन्न

हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा सम्पन्न

हेमा भट्ट, कञ्चनपुर — कृष्णपुर नगरपालिका वडा नम्बर ४–५ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा मिति २०८२...
एनएमबी बैंक झलारी लिलाम प्रकरणमा अर्को फण्डा, कम रकमको कर्जा प्रस्तावनामा बढी रकम ऋण स्विकृत

एनएमबी बैंक झलारी लिलाम प्रकरणमा अर्को फण्डा, कम रकमको कर्जा प्रस्तावनामा बढी रकम ऋण स्विकृत

महेन्द्रनगर - एनएमबी बैंकले शुक्लाफाँटा नगरपालिका १० का अजय बिकको घर लिलाम प्रकरणमा एनएमबी बैंकले ऋणीलाई दिएको ऋण स्वीकृत र मालपोत...
परशुराम नगरपालिकामा मलामी बोकेर फर्किदै गरेको ट्याक्टर र मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यू

परशुराम नगरपालिकामा मलामी बोकेर फर्किदै गरेको ट्याक्टर र मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यू

महेन्द्रनगर - डडेल्धुराको परशुराम नगरपालिकामा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यू भएको छ । जिल्लाको परशुराम नगरपालिका–९ स्थित कु...
राष्ट्र सेवक बचत तथा ऋण सहकारीको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

राष्ट्र सेवक बचत तथा ऋण सहकारीको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनपुरको २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।   ...
प्याब्सन कञ्चनपुरको दोस्रो परिषद् भेलाको उद्घाटन सत्र सम्पन्न

प्याब्सन कञ्चनपुरको दोस्रो परिषद् भेलाको उद्घाटन सत्र सम्पन्न

महेन्द्रनगर - प्याब्सन कञ्चनपुरको दोस्रो परिषद् भेलाको उद्घाटन सत्र सम्पन्न भएको छ । शनिबार चेतन होटलमा सम्पन्न भएको उदघाटन शत्रको...
मर्निङग्लोरीद्धारा  उच्च शिक्षाका लागि छात्रवृत्तिमा अध्ययन गर्न नाम निकाल्न सफल विद्यार्थीहरूलाई सम्मान

मर्निङग्लोरीद्धारा उच्च शिक्षाका लागि छात्रवृत्तिमा अध्ययन गर्न नाम निकाल्न सफल विद्यार्थीहरूलाई सम्मान

महेन्द्रनगर - मर्निङग्लोरीले उच्च शिक्षाका लागि छात्रवृत्तिमा अध्ययन गर्न नाम निकाल्न सफल विद्यार्थीहरूलाई सम्मान गरेको छ । विद्या...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज