दोधारा । असार २२ गतेदेखि २४ सम्म ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा बिस्तापित भएका पटरा खल्लका ७ घरपरिवार अझै घर फर्किन सकेका छैनन् । असार २२ गते देखि २४ सम्म आएको अबिरल वर्षा संगै जगबुडा नदीको बाढीले दोधारा चाँदनी नगरपालिका– ३ पटराखल्लाका २६ घरधुरी बिस्तापित भएका थिए । बाढीले उनिहरुको घर भत्काउनुको साथै खाद्यान्न, भाडाकुडी, लत्ताकपडा लगाएत सामग्री बगाएर तथा भिजाएपछि बिस्तापित भएको हुन् । बाढीले पटराखल्लामा बितण्डा मच्चाएपछि उनिहरु नजिकै रहेको जमुना आधारभुत बिद्यालयमा आश्रय लिएका थिए ।
पानीको सतह कम भएसंगै बाढी सुकेपछि १९ घरपरिवार घरफर्किएता पनि ७ घरपरिवार अझै आफन्त र छिमेकीको घरमा आश्रय लिदै आएका छन् । बिद्यालयमा पठन पाठनमा असहज भएको कारण उनिहरु बिद्यालयको एक कोठामा आफ्नो बाढीबाट जोगाएका सामग्री राखेर आफन्त र छिमेकीको शरणमा बस्दै आएको स्थानियहरुले बताएका छन् ।
आएको बाढीले दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ६, ७, ८, ९ र १० वडा बढी प्रभावित बनाएको थियो ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।