Advertisement

दोधारा चाँदनीको अठार नम्वर पिल्लर बस्ती जोगाउन अस्थायी तटबन्ध निर्माण

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरका दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत संग जोडिएको नेपाली सिमा बस्तीलाई बाढीबाट जोगाउन दोधारा चाँदनी नगरपालिकाले अस्थायी तटबन्ध निमार्ण कार्यलाई तिब्रता दिएको छ् । दोधारा चाँदनी नगरपालिका– १० को अठार नम्वर पिल्लर बस्तीलाई बाढीबाट जोगाउन दोधारा चाँदनी नगरपालिका र स्थानियहरुको सहयोग र सहकार्यमा अस्थायी तटबन्ध निमार्ण कार्य सुरु गरिएको स्थानिबासीहरुले बताएका छन् । अठार नम्वर पिल्लर बस्ती दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत संग जोडिएको नेपाली सिमा बस्ती हो । जगबुडा नदीको पारिको बस्ती अठार नम्वर पिल्लर बस्तीमा अस्थायी तटबन्ध निमार्ण कार्य सुरु गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् ।

नगर क्षेत्रमा केही दिन अघि ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै जगबुडा नदीको बाढीले बिभिन्न बस्तीहरुमा ठुलो क्षती बनाएको नगर प्रमुख लिम्बुले बताउनुभएको छ् । फेरी आउन सक्ने बाढीबाट बस्तीलाई जोगाउन अठार नम्वर पिल्लर बस्तीमा अस्थायी तटबन्ध निमार्ण कार्य सुरु गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले भनाई रहेको छ् । यस पटक महाकाली नदी भन्दा बढी क्षती जगबुडा नदीले बनाएको उहाँको भनाई रहेको छ् । बाढीले नगर क्षेत्रको पटरा खल्ला, सुन्दरनगर र अठार नम्वर पिल्लर बस्तीमा बाढीले ठुलो क्षती बनाएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।

हालको लागी अठार नम्वर पिल्लर बस्ती र सुन्दरगर बस्तीमा अस्थायी तटबन्ध निमार्ण कार्य सुरु गरिएको उहाँले बताउनुभएको छ् । अठार नम्वर पिल्लर बस्तीको पश्चिम–दक्षिण भएर बग्ने जगबुडा नदीले बर्सेनी ठूलो धनजनको क्षति गर्दै आएको छ् । दोधारा चाँदनी नगरपालिकाको दक्षिण–पश्चिम तर्फ भएर बग्ने जगबुडा नदीले तटिय क्षेत्रका बस्तीमा धनजनको क्षति गर्नुका साथै खेती योग्य जग्गा कटान गर्दै आएको छ् । जगबुडा नदीले वर्षा संग हिउदमा समेत जग्गा कटानी गर्न थालेपछि अठार नम्वर पिल्लर बस्तीका स्थानीयहरुमा पीडा थप्दै आएको स्थानियबासी दिल बहादुर रानाले बताउनुभएको छ् ।

महाकाली नदीमा आएको तीव्र गतीको पानीको बहवाले जगबुडा नदीको पानीको बहावलाई रोकिदिएपछि जगबुडा नदीको पानी ओभरफ्लो भएर अठार नम्वर पिल्लर बस्तीमा पस्ने गर्छ् । वर्षातामा बस्तीमा जगबुडा नदीको भंगालो बस्तीमा पसेपछि नदीले कटान र डुवान गर्दै आएको दिल बहादुर रानाले बताउनुभएको छ् । स्थानिय सरकारले बस्तीको पिडामा सघाउदै आएपनि प्रदेश सरकार र संघिय सरकारले बस्ती बचाउन खासै चाँसो नदेखाएको उहाँको भनाई रहेको छ् ।

घर नजिक जगबुडा नदी पुगेर पछि बस्तीमा त्रास छाएको उहाँले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाकै सबै भन्दा सानो बस्तीको नाउले चिनिने अठार नम्वर पिल्लर बस्तीमा ७ घरधुरीहरु रहेका छन् ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज