Advertisement

दोधारा चाँदनीमा दलित बिद्यार्थीलाई छात्रबृति रकम बितरण, शैक्षिक क्षेत्रमा थप गुणस्तर आउने आशा

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा १३ जना दलित बिद्यार्थीहरुलाई छात्रवृत्ति रकम वितरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिकामा रहेको भानु बहुमुखी क्याम्पसका १३ जना दलित बिद्यार्थीहरुलाई छात्रवृत्ति रकम वितरण गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । दलित समन्वय समिति दोधारा चाँदनी दोधारा चाँदनीको आयोजना र दोधारा चाँदनी नगरपालिका कार्यालयको सहयोगमा भानु बहुमुखी क्याम्पसका १३ जना दलित बिद्यार्थीहरुलाई प्रत्येक बिद्यार्थी रु. १३ हजारको दरले नगद रकम बितरण गरिएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । दलित नगर समन्वय समिति गठन कार्यमा ढिलाई भएको र हाल आएर दलित नगर समन्वयले आफ्नो कार्य प्रारम्भ भएको हुदा भानु बहुमुखी क्याम्पसका छात्र तथा छात्राहरुको छनौट मापदण्डको निमार्ण गरि अनुशासित बिद्यार्थीहरुलाई छात्रवृत्ति रकम वितरण गरिएको उहाँको भनाई रहेको छ् ।

यसले शैक्षिक सुधारमा सहजता ल्याउन उहाँको बिश्वास छ् । दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष तथा नगर दलित समन्वय समिति दोधारा चाँदनीका सल्लाहकार भक्त बहादुर सुनारले भानु बहुमुखी क्याम्पसमा अध्यनरत ५२ जना दलित बिद्यार्थी मध्ये छनौट गरि १३ जना दलित बिद्यार्थीहरुलाई छात्रवृत्ति रकम वितरण गरिएको बताउनुभएको छ् । दलित समन्य समितिले गरेको कार्य सहनिय भएको उहाँले बताउनुभएको छ् । आगामी दिनहरुमा दलितहरुको आर्थिक पार्जन तथा उत्थानको लागी सदैव नगर समन्वय समिति दोधारा चाँदनी कटिबद्ध रहने आफुले बिश्वास राखेको वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभएको छ् ।

भानु बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रकाश चन्द, जनप्रतिनिधी, नगर दलित समन्वय समितिका पदाधिकारी, तथा बिद्यार्थीहरुको छात्रवृत्ति रकम वितरण कार्यक्रममा उपस्थित रहेको थियो । कार्यक्रममा छात्रवृत्ति पाएर खुशी हुदै बिद्यार्थी अञ्जली नेपालीले आफुले पाएको छात्रवृत्तिले आफुहरुलाई पठन पाठनमा निकै सहयोग हुने भएको बताउनुभएको छ् । आर्थिक अवस्था दैनिय रहेका आफुहरु जस्ता बिद्यार्थीहरुलाई पठन पाठनमा यस्ता कार्यक्रम मार्फत निम्न बर्ग भएका दलित बिद्यार्थीहरुलाई सहयोग कार्यक्रममा निरन्तरता ल्याउनु पर्ने आग्रह उहाँले बताउनुभएको छ् ।

नगर दलित समन्वय समितिले आगामी दिनहरुमा दलित बिद्यार्थीको पठन पाठनमा सघाउ पुग्ने यस्ता कार्यक्रमलाई निरनतरता दिदै आउनु पर्ने दोधारा चाँदनी नगरपालिका कार्यालय र दलित समन्वय समितिलाई आग्रह गर्नुभएको छ् ।

कार्यक्रममा छात्रवृत्ति रकम पाउने १३ जना बिद्यार्थीलाई सम्मान सहित उनिहरुको उज्वल भविष्यको कामना समेत गरिएको आयोजक संस्था नगर दलित समन्वय समिति दोधारा चाँदनीले जनाएको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज