नयाँ खबर
काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले नौ बजेबाट सुरु हुदैछ । बैठकमा केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने क्रम जारी छ ।
पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार हिजोसम्म १ सय १८ जना केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीले प्रष्तुत गरेको प्रतिवेदन माथी धारणा राखिसकेका छन् भने आज बाँकी सदस्यहरुले धारणा राख्ने छन् । केन्द्रीय सदस्यहरुलाई बोल्नका तीन् मिनेटको समय उपलब्ध गराइएको छ । बैठकमा विभिन्न नौ वटा एजेण्डामा माथी बहस भइरहेको छ ।
आचार्यका अनुसार आज अबरेसम्ममा सबै केन्द्रीय सदस्यले धारणा राखिसकेपछि भोली पार्टी सचिवालयको बैठक बस्ने तयारी छ । सचिवालय बैठकले केही मह्त्वपूर्ण निर्णय गर्ने र उक्त निर्णयहरु अनुमोदनका लागि पुन केन्द्रीय समितीमा प्रष्तुत गरिने आचार्यले बताए । पार्टीभित्र मतभेदका बीच सुरु भएको बैठकमा अध्यक्ष ओलीले प्रष्तुत गरेको प्रतिवेदनमा अधिकांस सदस्यहरुले समर्थन जनाएका छन् ।
एमालेको जारी बैठकले केन्द्रीय सदस्य मनोनय,पोलिटव्यूरो र स्थायी कमिटी गठन गर्ने एजेण्डा पनि छन् ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।