नयाँ खबर
महेन्द्रनगर – जिउदो कुकुरलाई नदीमा फाल्ने महिला पक्राउ परेकी छन् । बझाङको जयपृथ्वी नगरपालिका १० चैनपुरस्थित पानकोट पुलबाट जिउदै कुकुरलाई सेती नदीमा फाल्ने वडा नं ३ पडेसकी ४२ बर्षिया बिमला देवि रोकायालाई बुधबार पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको हो ।
करिब दुई सातादेखि बिरामी रहेको कुकुरको शरीरको पछाडिको भाग पाकेको र गन्ध आउनुका साथै बाटोमा आवतजावत गर्ने मानिसलाई टोक्न थालेपछि रोकायाले कुकुरलाई पानकोट पुलबाट सेती नदीमा फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले महिलालाई हिराशतमा राखेर थप अनुसन्धान गरीरहेको छ ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।