नयाँ खबर
महेन्द्रनगर – भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउँसो करिब १२ बजे दोधारा चाँदनी नगरपालिका–१०, खड्खडेस्थित महाकाली नदीको किनारमा टिकटक भिडियो बनाउने क्रममा स्थानीय १५ वर्षीय सृष्टि सुनार नदीमा बगेर बेपत्ता भएकी हुन्।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दोधारा चाँदनी र प्रहरी चौकी बाबाथानबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ । प्रहरीले स्थानीयको सहयोगमा बेपत्ता किशोरीको खोजी कार्य जारी राखेको जनाएको छ।
प्रहरीका अनुसार घटनाबारे थप विवरण तथा किशोरीको अवस्था खोजीपछि मात्र यकिन हुने बताइएको छ ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।