Advertisement

भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

महेन्द्रनगर – दोधारा चादनी नगरपालिका वडा नं. ९ झाक्रिटोलकी सम्झना धामीको घरबाट असार ३२ गते बिहिबार दिउसो २ बजे प्रहरीले बहुमुल्य गरगहना बरामद ग¥यो । प्रहरीले उक्त घट्नासंग सम्बन्धित ५ जनालाई पनि नियन्ञणमा लियो । तर पक्राउ परेका उक्त घट्नासंग सम्बन्धीत पाचै जनालाई साउन २ गते दिउसो सामान्य सोधपुछपछि छोडेको छ । उनीहरुलाई छोड्दासम्म बरामद गरीएको बहुमुल्य गरगहनाको बारेमा प्रहरीले जानकारी लुकाएर राख्छ ।

गरगहना भेटिएको भनिएको आपको रुख 

प्रहरीले बरामद गरेको सामान र सुनको परिमाणबारे प्रहरीले आधिकारीक जानकारी अझै पनि खुलाएको छैन् । तर सामाजिक संञ्जाल फेसबुकमा तिन केजि सुन बरामद गरी प्रहरीले विवरण नै खुलाएन भनी भाईरल हुन्छ । त्यसपछि मात्र असार २ गते ईलाका प्रहरी कार्यालयले करौडौ मूल्यका गरगहना बरामद गर्दा मुचुल्का तयार गर्छ । मुचुल्का घट्नास्थलमा बनाईन्छ तर प्रहरीले समान बरामद गरेको तेस्रो दिन असार २ गते मुचुल्कामा सहिछापका लागि वडा नं. ९ का वडा अध्यक्ष गोपिलाल कडेललाई फोन गरी आग्रह गर्दछ । तर अध्यक्षले आफुलाई घट्नाबारे जानकारी नभएको भन्दै मुचुल्कामा सहिछाप गर्न ईन्कार गरेको कुरा बाहिरिन्छ । तव दोधाराचादनीका स्थानीयमा संका उपसंका सिर्जना हुन्छ ।

घट्नाको वास्तविकता के हो ?

विषयबस्तुमा प्रवेश गरौ ।
बाजुराकी रेखा धामी भारतको पञ्जावस्थीत रुदीयानाको राजपुर क्षेत्रका एक कपडा व्यपारीको घरमा विगत तिन बर्षदेखि काम गर्दै आएकी छन् । बाजुराका आरसी रोकायासंग रेखा धामीको विगतदेखि नै फोन सम्पर्क भईरहने कुरा प्रहरी अनुसन्धानबाट खुलेको देखिन्छ । प्रहरी स्रोतका अनुसार रेखाले एक महिनाअगाडि आरसीलाई पञ्जाब बोलाउछिन् । त्यसपछि आरसी रोकाया सम्झना धामीका श्रीमान लोकेश धामीलाई लिएर पञ्जाव पुग्छन । रेखाको साहु विदेश गएको हुन्छ । त्यहि मौकामा शाहिल थरका साहुको घरमा चोरी हुन्छ । उक्त घट्नामा लोकेश र आरसी प्रत्यक्ष सहभागि हुन्छन् भने लोकेशको दाई हिमाल धामीले प्रयोग गर्दै आएको मोटर साईकल पनि प्रयोग गरेको अनुसन्धानबाट भारतिय प्रहरी पत्ता लगाउछ । शाहिलको घरमा चोरी नभएर उसकै घरमा काम गर्ने बाजुराकी रेखा धामी, लोकेश, र आरसी मिलेर साहुको घरबाट बहुमूल्य गरगहना चोरी गराएको कुरा खुल्छ । रेखा लाई प्रहरीले थुन्छ ।
शाहिलले घरमा चोरी भएको भन्दै प्रहरीमा उजुरी दिन्छन् । भारतीय प्रहरीले चोरीको घट्नामा एक मोटरसाईकलको प्रयोग भएको पत्ता लगाउछन् । भारतीय प्रहरीले चोरीमा प्रयोग भएको मोटर साईकल मार्फत सम्झना धामीका जेठाजु हिमाल धामीलाई पनि पक्राउ गर्छ ।
प्रहरीले केरकार गरेपछि रेखाले लोकेश र आरसी रोकाया सामान चोरेर नेपाल भागेको बयान दिन्छन् । त्यसपछि रेखालाई आफन्तमार्फत उनीहरुको खोजी गराउन लगाउछन भारतिय प्रहरी र साहु । रेखाले आफ्ना भिनाजु नाता पर्ने रमेश रावतलाई सम्पर्क गरी चोरी गरी भागेका लोकेश र आरसीको खोजी गराउछिन् । संगै साहुले पनि तिम्रो साली र हिमाल भन्नेलाई प्रहरीले समातेको छ चोरी गर्ने मान्छे समातिय छोड्ने नत्र जेलमै सडाईदिने धम्की दिने गरेको स्रोतले बतायो ।

गरगहना सम्झनाको घरमा कसरी पुग्यो ?

असार ३२ गते विहान सम्झनाका श्रीमान घरमा आएका थिए । घरमा आएका उनका श्रीमान लोकेश धामी घरपरिवार संग केही पनि नबोलेको सम्झनाले बताईन् । ‘विहान ४ बजे उनी आएका थिए, हमरा मुख बोलेपनि नाई पछि गईहाले,’सम्झनाले भनिन् ।
त्यसैदिन विहान ९ बजेको समयमा रेखाका भिनाजु रमेश रावतसहित पाच जना एका एक घरमा आएर गरगहना दिनु, कहाँ छन् भन्दै घरभित्र खोजिनिति गरेको सम्झनाले बताईन् । उनले आफुलाई केहि पनि थाहा नभएको भनेपछि रेखाका भिनाजु लगायतका ५ जना घरनजिकैको छिमेकीको आपको रुखमा गएर कागजमा गरगहना निकालेको बताईन् । ‘मैले मलाई केहि पनि थाहा छैन, मेरो घरमा कहाँबाट आयो त्यत्रो गरगहना भने त्यसपछि उ त्यो आपको रुखनेर गए र एक जना केटा रुखमा चढेर गरगहना निकाले,’ उनले भनिनन् ‘गहना लिएर एक पटक त एक जना भाग्यो पछि फेरी आफै फक्र्यो ।’
उनीहरुले भिडियो कल गरी साहुलाई देखाउदै सामान प्रमाणिकरण गरेको सम्झनाले बताईन् । तर उनीहरुले आफुहरुलाई हेर्न नदिएको सम्झनाले बताईन् । ‘मेरै घरभित्र बाट साहुलाई ईण्डिया फोन गरी एक एक सामान देखाएका हुन् मलाई हेर्न पनि दिएन, के कस्तो सामान थियो थाहा भएन्,’ सम्झनाले भनिन् ‘कानको लगाउने छैन मात्रै भनेका हुन् । पछि साहुले लिएर आउनु भनेपछि हुन्छ भन्दै लग्दै थिए मैले मेरो जेठाजुलाई नछुटाई लग्न दिन्न भनेपछि मेरै दराजमा ति सामान राखेका थिए । चावि उनीहरुको हातमा थियो । पछि हामीहरु घरमै बसेका थियौ २ बजेतिर प्रहरी आएर उनीहरुलाई समातेर लगे । गरगहना पनि निकालेर लगे ।’

सम्झनाको घरमा प्रहरी कसरी पुग्यो ?

विहान ९ बजेद रेखाका भिनाजु रमेश रावत सहित ५ जना आएपछि सम्झनाको घरमा हल्ला भईरहको थियो । उनीहरुको हल्ला खल्ला सुनेपछि छिमेकिले फोन गरी प्रहरी बोलाएको हो । अनावश्यक रुपमा घरमा मानिसहरु पनि आउनु र हल्ला पनि हुनु त्यसपछि करौडौ सुन भेटिएको सुनेपछि प्रहरीलाई खवर गरीदिएको एक जना रेखाका छिमेकीले बताए । ११÷१२ बजेतिर फोन गरेको तर प्रहरी ढिलो गरी पुगेको उनले बताए ।

साहु आएपछि छुटे पाच जना

गरगहनाको साहु शाहिलले नेपाल आएर पक्राउ परेका रेखाका भिनाजुलगायतका पाचै जनालाई छुटाएको छ । सामानको मालिक नै आएर खोजितलासीको लागि पठाएको भनेपछि उनीहरुलाई छोडेको ईलाका प्रहरी कार्यालय दोधाराचादनीका प्रमुख प्रहरी निरिक्षक कृष्ण सोनीले बताए । सम्झना धामीलाई पनि केही समस्या गरेको छ कि भनेर सोध्दा केही छैन भनेपछि उनीहरुलाई छोडिएको उनले बताए । बाकि अनुसन्धान भईरहेको छ ।

प्रहरीले किन खुलाएन बरामद भएको सामानको विवरण

प्रहरीले बरामद गरेको चार दिन वित्दा पनि बरामद गरेको सामानको विवरण सार्वजनिक गरेको छैन्  । यस घटनामा प्रहरीको नियतमाथि प्रश्न उठाउने ठाउँ छ । २ केजी कुखुरा समात्दा सार्वजनिक गर्ने प्रहरीले यतिका दिनसम्म किन लुकायो घटना ?

अनुसन्धान र प्राविधिक दृष्टिकोणबाट बरामद भएको सामानको विवरण र मूल्य सार्वजनिक गर्न नसकिएको इलाका प्रहरी कार्यालय दोधारा चादनिका प्रमुख प्रहरी निरीक्षक कृष्ण सोनीले बताए । ‘हामीले माथिल्लो निकाएमा घटनाको रिपोर्टिङ गरेका छौं, घटनाको अनुसन्धान भइरहेको छ,’ उनले भने ‘ बाला, घडी जस्ता गरगहना भएकाले त्यसको कति परिमाण बहुमुल्य धातु छ यकिन गर्न समस्या भएकोले मूल्य निर्धारण गर्न नसकिएकाले हो, जस्तो बरामद गरेका छौं सबै त्यस्तै छ । भारतबाट मालिक आएर पनि हेरिसकेको छ । कानुनी प्रक्रिया अनुसार बुझाउँछौं ।’

अनुसन्धान टुङ्गिएपछि सम्पूर्ण विवरण सार्वजनिक गर्ने उनले बताए । के के सामान हो ? त्यसबारे पनि जानकारी दिएनन् ।

चोरी भएको सामानको एक तिहाइ सामान मात्रै भेटियो

चोरीमा संलग्न तीन जनाको भागमध्ये लोकेशको भाग फेला परेको हुन् सक्ने प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरीकोमा पुगेका साहु साहिलले आफ्नो सामान भेटिएको तर सबै सामान नभेटिएको बताएका छन् । तीन करोड भारु का बहुमुल्य गरगहना हराएको प्रहरीले शाहीललाई उदृद् गर्दै जानकारी दिएको छ ।

साहिलले प्रहरीले भेटाएकोमा सामान एक करोड भारुको जति भएको भनेको भनेर प्रहरी स्रोतले जानकारी दिएको छ ।

चोरीमा संलग्न लोकेश अझै फरार

चोरीमा संलग्न रहेको भनिएको लोकेश धामी र आरसी रोकाया फरार छन् । घटना गम्भीर भए पनि चोरी घटनामा संलग्न भनिएको लोकेश धामी र रोकायाको प्रहरीले खोजी गरिरहेको छैन ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

महेन्द्रनगर - होली फेम्ली क्रीकेट एकेडेमीद्वारा संचालित "इन्डोर क्रीकेट ट्रेनिङ सेन्टर " सञ्चालनमा ल्याइएको छ । मंगलबार होली फेँम्...
१४ महिला आइतबारदेखि सम्पर्कविहीन

१४ महिला आइतबारदेखि सम्पर्कविहीन

महेन्द्रनगर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका १४ जना सम्पर्क बिहिन भएका छन् । भीमदत्त नगरपालिका १९ का उनीहरू निकु...
भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

महेन्द्रनगर – दोधारा चादनी नगरपालिका वडा नं. ९ झाक्रिटोलकी सम्झना धामीको घरबाट असार ३२ गते बिहिबार दिउसो २ बजे प्रहरीले बहुमुल्य ग...
टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

महेन्द्रनगर - बैतडीको डिलासैनी गाउँपालिका–२ स्थित कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् सेवा अवरुद्ध हुँदा स्वास्थ्य सेवा प्रभावित बन...
सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

काठमाडौं – प्रेस चौतारी नेपालले सरकारी सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत करार सेवाका श्रमजीवी पत्रकार तथा कर्मचारीलाई योजनाबद्ध ...
भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

महेन्द्रनगर – भीमदत्त नगरपालिका वडा नं. ९ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको सबैभन्दा बिकट वडाकोरुपमा रह...
संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट आफ्नो प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोला...
भरुवा बन्दुकसहित दम्पती पक्राउ

भरुवा बन्दुकसहित दम्पती पक्राउ

महेन्द्रनगर - कञ्चनपुर जिल्लाका एक दम्पती प्रहरी हिरासतमा छन् । जिल्लाको कृष्णपुर नगरपालिका वडा नं ९ पिपरियाका जोखराम राना र जानकी...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज