Advertisement

भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

महेन्द्रनगर– होली फेम्लि ईग्लिस मिडियम स्कूलको आयोजनामा संञ्चालित भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता अन्तरगत सेमिफाईनल पुग्ने चार टोलीको टुङ्गो लागेको छ । बिहीबार सम्पन्न खेलबाट मर्निङ्ग ग्लोरी सेकेण्डरी र ईन्टरनेशनल पब्लिक स्कूल सेमिफाईन पुग्ने तेस्रो र चौथो टोली बनेका हुन् ।

आयोजक होली फेम्लि र शान्ति निकेतन मावि बुधबार नै सेमिफाईन प्रवेश गरीसकेका छन् । शुक्रबार हुने पहिलो सेमिफाईन खेलमा आयोजक भर्सेस मर्निङ्ग ग्लोरी र दोस्रो सेमिफाईन खेलमा शान्ति निकेतन मावि भर्सेस ईन्टरनेशनलविच प्रतिस्पर्धा हुने होली फेम्लिका असिस्टेन्ट म्यानेजर महादेव भट्टले जानकारी दिए । उनका अनुसार दुई खेलको विजेता टिम फाईनल प्रवेश गर्नेछ ।

 

विहिबार भएको पहिलो खेलमा मर्निङ्ग ग्लोरीले लिटिर स्टार पब्लिक एकेडेमिलाई ५ विकेटले पाखा लगाउदै सेमिफाईनलको यात्रा तय गरेको छ । लिटिल स्टार एकेडेमीले पहिले व्याटिङ्ग गर्दै १५.३ ओभरमा अलआउट हुदै ७३ रनको लक्ष्य दिएको हो । लिटिल स्टारका लागि सुरज धामी र शेखर भट्टले समान १६/१६ रनको योगदान दिए । त्यसैगरी मर्निङ्ग ग्लोरीका निशान्त भट्टले चार ओभर बलिङ्ग गर्दै १५ रन खर्चेर ३ विकेट लिन सफल भए ।

 

७४ रनको लक्ष्य पछ्याएको मर्निङ्ग ग्लोरीले ५.३ ओभरमा ५ विकेटको क्षतिमा भेट्टाएको हो । ७ बलको सामना गरेका निर्मल पालले मर्निङ्ग ग्लोरीका लागि ३ चौका र एक छक्काको मदतमा २० रनको योगदान दिए । लिटिल स्टारका कपिल नाथ र सुरज धामीले समान २/२ विकेट लिए । मर्निङ्ग ग्लोरीका निर्मल पाल प्लेयर अफ दी म्याच घोषित भए ।

त्यसैगरी  विहिबारको  दिउसो सम्पन्न भएको दोस्रो  क्वाटर फाइनल खेलमा ईन्टरनेशनलले लिटिल बुद्ध एकेडेमिलाई ४९ रनअन्तरले पराजित गरेको छ । टस जितेर व्याटिङ्ग गरेको ईन्टरनेशनल पब्लिक एकेडेमिले १९ ओभरमा सबै विकेट गुमाउदै ११७ रनको स्कोर खडा ग¥यो । २७ रनको सामना गरेका आकाश चन्दले ४५ रन, २३ बलको सामना गरेका अंकित चन्दले ईन्टरनेशनलका लागि २२ रनको योगदान दिए । लिटिल बुद्धका श्याम भट्ट ३, योगेश खत्री, कुनाल बिष्ट र आर्यन विष्टले समान २÷२ विकेट लिए ।

 

जवाफमा व्यरिङ्ग मा उत्रिएको लिटिल बुद्ध एकेडेमी १४.४ ओभरमा अलआउट हुदै ६८ रनमा प्याक भएको हो । लिटिल बुद्ध एकेडेमीका लागी कुनाल बिष्ट, र योगेश खत्रीले क्रमशः २४ र १४ रन बनाए । बलिङ्गतर्फ ईन्टरनेशनलका प्रिन्सि भण्डारीले ३.४ ओभर बलिङ्ग गर्दै मात्र ३ रन खर्चेर ६ विकेट लिन सफल ईन्टरनेशनलका प्रिन्सि भण्डारी प्लेयर अफ दि म्याच घोषित भए ।

 

प्रतियोगिताको विजेता टीमले नगद ५१ हजार १ सय ११ रुपयाँ सहित ट्रफि प्राप्त गर्नेछ । उपविजेता टीमले नगद ३१ हजार १ सय ११ रुपयाँ सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
त्यसैगरी म्यान अफ द म्याच घोषणा हुने खेलाडीलाई एक हजार ५ सय , बेष्ट बलर, बेष्ट व्याट्सम्यानलाई जनही २ हजार ५ सय, र म्यान अफ द सिरिज लाई ३ हजार तथा उदयीमान खेलाडी लाई १ हजार ५ सय रुपयाँ सहित ट्रफि, मेडल प्रदान गरीनेछ । जेठ १६ गते शनिबारदेखि संञ्चालन भएको प्रतियोगिता जेठ २३ गते शनिबार समापन गरीने आयोजकले जनाएको छ । प्रतियोगितामा भीमदत्त नगरपालिकाका भित्रका १८ माध्यमिक विद्यालय सहभागि भएका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

महेन्द्रनगर – लालझाडी गाउँपालिकाले २१ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा तिन जनालाई सम...
एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

महेन्द्रनगर – एसईई परिक्षामा चार जिपिए ल्याई उत्तीर्ण भएकी समृद्धी ऐरीलाई सम्मान गरीएको छ । बिहिबार भीमदत्त नगरपालिका १८ कटानस्थित...
भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

महेन्द्रनगर– होली फेम्लि ईग्लिस मिडियम स्कूलको आयोजनामा संञ्चालित भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता अन्तरगत सेमि...
भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

महेन्द्रनगर – भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत चौथो दिनको खेलमा शान्ती निकेतन मावि र होली फेम्ली ईग्लिस...
निरु ओलीको सचिवालय गएपछि कृपाले पाए कंचनपुर इन्चार्ज

निरु ओलीको सचिवालय गएपछि कृपाले पाए कंचनपुर इन्चार्ज

महेन्द्रनगर – एमाले केन्द्रीय सदस्य निरुदेबी पाल केहि दिन अगाडि मात्रै एमाले अध्यक्ष केपी शर्माओलीको सचिवालय प्रमुखमा चयन भएका छन्...
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

काठमाडौं, - नेकपा(एमाले) ले प्रधानमन्त्रीले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। एमाले प्रचार तथा प...
उच्च अदालत बार एसोसिएसन अध्यक्षमा पाठक र सचिवमा चौधरी निर्वाचित

उच्च अदालत बार एसोसिएसन अध्यक्षमा पाठक र सचिवमा चौधरी निर्वाचित

महेन्द्रनगर - उच्च अदालत बार एसोसिएसन महेन्द्रनगरको ६ औं कार्य समितिका लागि अध्यक्षमा भोजराज पाठक र सचिवमा रोशन लाल चौधरी निर्वाचि...
अन्तर माध्यमिक विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा सनराइज र लिटिल स्टार विजयी

अन्तर माध्यमिक विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा सनराइज र लिटिल स्टार विजयी

महेन्द्रनगर - भीमदत्त नगरपालिका–१० जिमुवास्थित होलीफेम्ली इङ्लिस मिडियम स्कुलको आयोजना तथा भीमदत्त नगरपालिकाको सह आयोजनामा शनिबारद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज