Advertisement

अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : चौथो दिनको खेलमा लिटिल बुद्ध र होली फेम्ली इंग्लिश मिडियम विजयी

महेन्द्रनगर – होली फ्यामिली इङ्लिस मिडियम स्कुलद्वारा आयोजित भीमदत्त नगरपालिका मावि स्तरीय टिटन्टी क्रिकेट प्रतियोगिताको चौथो दिनको खेलमा लिटिल बुद्ध एकेडेमी र आयोजक होली फेमिली इङ्लिस मिडियम स्कुल विजय भएका छन्। पहिलो खेलमा लिटिल बुद्ध एकेडेमी रेडियण्ट सेकेन्डरी सँग १२५ रनको फराकिलो रन अन्तरले विजयी भएको हो भने दोस्रो खेलमा आयोजक टिम फ्लोरिडा इन्टरनेसनल सँग ५१ रन अन्तरले विजयी भएको हो ।
पहिलो खेल अन्तरगत टस हारेर ब्याटिङको निम्तो पाएको लिटिल बुद्ध एकेडेमीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८३ रन जोडेको हो। एलबिएका तर्फबाट सर्वाधिक ५५ रन बनाएका थिए। त्यसैगरी रोहन टमाटाले २६ बल खेल्दै २६ रन जोडे।

१८४ रनको लक्ष्य पछ्याउँदै जवाबी ब्याटिङ गरेको रिडियन्ट मावि १२.३ ओभर मा सबै विकेट गुमाउँदै ५९ रन मात्र जोड्न सक्यो । रेडियन्ट को ब्याटिङ ले ध्वस्त पार्ने क्रममा lba का श्याम भट्ट र कुनाल विष्टले सामान  ३/३ विकेट लिए । Lba सुपर आठमा पुग्न सफल भएको छ ।

दोस्रो खेल अन्तरगत टस हारेर ब्याटिङको निम्तो पाएको होली फ्यामिली इङ्लिस मिडियम स्कुलले १९ दशमलव एक ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १०९ रन बनाउन सफल भयो। होली फ्यामिलीका लागि निरज पन्तले एक चौकाको मद्दतबाट २६ बलमा २६ रनको योगदान दिए। त्यसैगरी हिमेश भट्टले २९ बलको सामना गर्दै ३१ रन जोडे । बलिङतर्फ फलोरुडा इन्टरनेसनलका अर्नव सुनार र नितेश जोशीले समान ३/३ विकेट लिएका थिए।

११० रनको मध्यम लक्ष्य पछ्याएको फ्लोरिडा इन्टरनेसनल १० ओभरमै अल आउट हुँदै ५८ रनमा सीमित हुन पुग्यो।
बलिङतर्फ होली फ्यामिलीका तपन अवस्थिले ५ विकेट लिए ।  उनले ४ ओभर बलिङ गर्दै २१ रन मात्रै खर्चे। त्यस्तै लक्ष्मण नाथले तीन विकेट हात पारे।

होली फेमिली इङ्लिस मिडियम स्कुलका तपन अवस्थित म्याच घोषित भएका छन्।

प्रतियोगितामा भीमदत्तका १८ वटा टिमको सहभागीता रहेको छ । प्रतियोगिताको विजेताले टीमले नगद रु ५१ हजार १ सय ११ रुपैयाँ सहित ट्रफि प्राप्त गर्ने छ । उपविजेताले नगद रु ३१ हजार १ सय ११ प्राप्त गर्नेछन । त्यसैगरी म्यान अफ द म्याच लाई १ हजार ५ सय, बेस्ट बलर र बेस्ट ब्याट्सम्यान लाई जनही २ हजार ५ सय, म्यान अफ द सिरिज लाई ३ हजार तथा उदयीमान खेलाडीलाई १ हजार ५ सय रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिनेछ । प्रतियोगिता जेठ २३ गते समापन गरीनेछ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : चौथो दिनको खेलमा लिटिल बुद्ध र होली फेम्ली इंग्लिश मिडियम विजयी

अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : चौथो दिनको खेलमा लिटिल बुद्ध र होली फेम्ली इंग्लिश मिडियम विजयी

महेन्द्रनगर - होली फ्यामिली इङ्लिस मिडियम स्कुलद्वारा आयोजित भीमदत्त नगरपालिका मावि स्तरीय टिटन्टी क्रिकेट प्रतियोगिताको चौथो दिनक...
हटाउने सूचना फिर्ता गर्न माग गर्दै लालपुर्जा वितरण प्रक्रिया निरन्तरता दिन दबाब

हटाउने सूचना फिर्ता गर्न माग गर्दै लालपुर्जा वितरण प्रक्रिया निरन्तरता दिन दबाब

महेन्द्रनगर - कञ्चनपुरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको प्रतिनिधित्व गर्ने भूमि समस्या समाधान संघर्ष समितिले बस्त...
अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : तेस्रो दिनको खेलमा ईन्टरनेशनल, वेस्टर्न र मर्निङ्ग ग्लोरी विजयी

अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : तेस्रो दिनको खेलमा ईन्टरनेशनल, वेस्टर्न र मर्निङ्ग ग्लोरी विजयी

महेन्द्रनगर – होली फेम्ली ईलिस मिडियम स्कूलको आयोजनामा भईरको अन्तर मावि स्तरीय टि–२० प्रतियोगिताको तेस्रो दिन तिन खेल सम्पन्न भएका...
कञ्चनपुरमा पत्रकारलाई प्रेस ज्याकेट र क्याप वितरण

कञ्चनपुरमा पत्रकारलाई प्रेस ज्याकेट र क्याप वितरण

महेन्द्रनगर – नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले जिल्लाका क्रियाशील पत्रकारहरूलाई प्रेस ज्याकेट र क्याप वितरण गरेको छ । भीमदत्त ...
भारतको कुशीनगरमा बन्धक बनाइएका ३४३ पुरुष र ११० महिला गरी ४५३ को उद्धार, उद्धार गरीएका मध्ये अधिकांस सुदूरपश्चिमका

भारतको कुशीनगरमा बन्धक बनाइएका ३४३ पुरुष र ११० महिला गरी ४५३ को उद्धार, उद्धार गरीएका मध्ये अधिकांस सुदूरपश्चिमका

महेन्द्रनगर — भारतको उत्तर प्रदेशको कुशीनगरमा बन्धक रहेका ४ सय ५३ नेपालीको उद्धार गरिएको छ । भारतीय प्रहरीको सहयोगमा रूपन्देही प्र...
एमालेले सुदूरपश्चिमका ९ जिल्लामा इन्चार्ज तोक्यो, कञ्चनपुरको ईञ्चार्जमा राना

एमालेले सुदूरपश्चिमका ९ जिल्लामा इन्चार्ज तोक्यो, कञ्चनपुरको ईञ्चार्जमा राना

महेन्द्रनगर–नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा पार्टीका जिल्ला इन्चार्जहरू तोकेको छ । पार्टीले संगठन सुदृढीकरण, जनपरिचा...
एमालेले ताक्यो सात प्रदेशमा इन्चार्ज, सुदूरपश्चिमका इन्चार्ज भण्डारी

एमालेले ताक्यो सात प्रदेशमा इन्चार्ज, सुदूरपश्चिमका इन्चार्ज भण्डारी

महेन्द्रनगर – नेपाल कम्युनिष्ट पार्टी(एमाले) ले आफ्ना २९९ केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरेको छ। पार्टीले ‘अन्तर पार्टी निर्देश...
राष्ट्रिय एकता आजको आवश्यकता : रावल

राष्ट्रिय एकता आजको आवश्यकता : रावल

धनगढी - आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा धनगढीमा संघीय लोकतान्त्रिक गणतन्त्र दिवस–२०८३ मनाइएको छ ।   स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज