Advertisement

डा दीपक प्रकाश भट्टले गरेका चुनावि प्रतिबद्धता पुरा हुदै

महेन्द्रनगर – प्रतिनिधि सभा निर्वाचन २०७४मा नेकपा(एमाले) निर्वाचन क्षेत्र नं. ३ बाट डा दीपक प्रकाश भट्ट उमेदवार बने । उनले पहिलो पटक प्रतिनिधिसभामा कञ्चनपुरबासिको प्रतिनिधित्व गर्ने अवसर पाए । उक्त अवसरलाई खेर फालेनन् उनले । उनी विभिन्न नीतिनिर्माणदेखि यहाका स्थानीयहरुका आवाज प्रतिनिधिसभामा उजागर गरे । उनले त्यसवेला विभिन्न चुनावि प्रतिबद्ध गरेका थिए । निर्वाचनका बेला मतदातामाझ उनले दुई दशकदेखि बन्द रहेको मझगाँउ विमानस्थल संञ्चालनमा गर्ने, महेन्द्रनगर बजारलाई स्मार्ट सिटिकोरुपमा विकाश गर्ने, महाकाली अञ्चल अस्पताललाई शिक्षण अस्पताल बनाउने, दोधाराचाँदनी सुख्खा बन्दरगाह निर्माणलाई अगाडि बढाउने र महाकाली करीडोर निर्माणको कार्यलाई अगाडि बढाउने महत्वाकाक्षि विकाशका ऐजेण्डा राखेका थिए ।
यी ऐजेण्डा पुरा गर्न चानचुने कार्य थिएन् जो कसैलाई । तर पनि उनी आफुले गरेका बाचा पुरा गर्न रातदिन नभनी लागी रहे ।
उनले चुनावि प्रतिबद्धता अनुसार महेन्द्रनगर बजारलाई स्मार्ट सिटिको रुपमा विकास गर्न एसियाली विकास बैकसंग भीमदत्त नगरपालिकालाई जोड्न समन्वयात्मक भुमिका निर्वाह गरे । फलस्वरुप एडिविको आर्थिक सहयोगमा नगरपालिका भित्र २२ किलोमिटर सडक, पेटी र ढल पुननिर्माण भएका छन् । डा दिपक प्रकाश भट्टले नै २०७७ मंसिर १५ गते भीमदत्त नगरपालिका भित्र आधुनिक सडक निर्माण कार्यको शिलान्यास गरे । अहिले पनि एडिविको दोस्रो चरणको परियोजना भीमदत्त नगरपालिकामा सुरु भएको छ ।

त्यसैगरी मझगाउ विमानस्थल पुनसंचालनमा ल्याउने कञ्चनपुरबासीको सपनालाई साकार पार्न डा दीपक प्रकाश भट्टले अथक प्रयास गरे । दुई दशकदेखि बन्द रहेको भीमदत्त नगरपालिकाको मझगाउँमा रहेको विमानस्थल सञ्चालनमा ल्याउन सकेको थिएन् । उनले विमानस्थल पुनःसंञ्चालनमा ल्याउछु भन्दा कतिपयले भारतीय सीमा नजिक हुनु र शुक्लाफाँटा निकुञ्ज नजिकै भएका कारण प्राविधिक रूपमै विमानस्थल सञ्चालन गर्न नसकिने तर्क गर्ने गरेका थिए ।
यी विषय समाधान गर्न सांसद भट्टले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी सँग छलफल गरी अध्ययन टोली पठाउन माग गरे । अध्ययन टोलीको प्रतिवेदनले करिब ४० प्रतिशत हवाई यात्रु महेन्द्रनगरबाटै धनगढी जाने गरेको तथ्य देखाएपछि सञ्चालनको औचित्य पुष्टि भयो।
त्यसपछि तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराई सँग पुनः छलफल गरी प्रतिवेदनअनुसार योजना अघि बढाउने उनले सहमत गराए ।
निर्वाचन लगत्तै उनको पार्टी नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि प्राविधिक अध्ययन गरेर विमानस्थल पुनः सञ्चालन गर्न सकिने निधो भएको थियो । एमालेबाट मन्त्री बनेका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको पालामा मझगाउँ विमानस्थल पुनः सञ्चालनमा प्राविधिक जटिलता नरहेको निर्णय भयो ।
विमानस्थल पुनः सञ्चालन गर्न सकिने निष्कर्षसहित मन्त्रालयले पुनर्निर्माणका लागि लगानीको सुनिश्चितता खोज्यो । बल्ल पुनःसंञ्चालनका लागि सम्भावना देखिएपछि बजेटको समस्याले डा भट्टलाई पिरोलो । त्ससका लागि उनी विभिन्न मन्त्रालय धाए तर पनि बजेट कहिबाट नहुने भयो । त्यसपछि उनले नयाँ मोडालिटि लिए । त्यो थियो संघ, प्रदेश र स्थानीय तहको लगानि साझेदारी । उनले विमानस्थल पुनर्निर्माण गर्न संघ सरकारले ५०%, प्रदेश सरकारले २५%, भीमदत्त नगरपालिकाले १५% र दोधाराचाँदनी नगरपालिकाले १०% लगानी गर्ने मोडालिटि तयार गरे प्रदेश सरकार, संघ सरकार र स्थानीय तह(भीमदत्त र दोधाराचादनी नगरपालिका)लाई पेश गरे ।
उनले बनाएको मोडालिटिमा सबै पक्षविच सहमति जुट्यो । २०७७ फागुन ३ मा त्रिपक्षीय सम्झौता भयो । उक्त सम्झौतामा प्रदेश सरकारका तर्फबाट सचिव यज्ञराज ढकाल, भीमदत्त नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकिय अधिकृत पुष्पराज जोशी, दोधारा चादनी नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकिय अधिकृत गणेश मिश्र र नेपाल नागारिक उड्यान प्राधिकरणका तर्फबाट महानिर्देशक राजन पोखरेलले हस्ताक्षर गरेका थिए ।
उक्त सम्झौता संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री भानुभक्त ढकाल, प्रतिनिधि सभा सदस्य डा दीपक प्रकाश भट्ट, प्रदेश सभा सदस्य प्रकाश रावल, भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट र दोधारा चाँदनी नगरपालिका वडा नं. ७का वडा अध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीको उपस्थीतीमा भएको थियो ।
लगानी सम्झौताअनुसार प्रदेश सरकारले २५% अर्थात् ८ करोड, भीमदत्त नगरपालिकाले १५% अर्थात् ३.५ करोड र दोधाराचाँदनी
नगरपालिकाले १०% अर्थात् २ करोड लगानी गरिसकेका छन् ।
विमानस्थल सञ्चालनका लागि १ हजार ५०० मिटरको रनवे, टर्मिनल भवन र ट्याक्सी स्ट्यान्ड लगायत आवश्यक संरचनाको निर्माण थालेको कान्छाराम निर्माण सेवाले अहिले उक्त कार्यमध्ये टर्मिनल भवन निर्माणको कार्य चलिहरको कान्छाराम निर्माण सेवाका ईन्जिनियर प्रकाश श्रेष्ठले बताए ।
निर्माणको क्रममा पनि पटक पटक रुख कटान, शुक्लाफाटा राष्ट्रिय निकुञ्ज र नेपाली सेनाले अवरोध ग¥यो । यसका बावजुत पनि अहिले निर्माण कार्य भईरहयो ।
रत्नबाटिका क्षेत्रका रुख कटानका लागि ईआईए आवश्यक देखियो भने विमानस्थलको दक्षिणतर्फ रहेको खेलमैदानको भूभाग नेपाली सेनाको स्वामित्वमा रहेको विषय बाहिरिएपछि उनले ईआईए प्रक्रिया अघि बढाउनुका साथै सेनाबाट जग्गा फिर्ताका लागि पहल सुरु गरे । साथै विमानस्थल क्षेत्र सुरक्षाका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरी तारजालीसमेत गराए ।
संरचना निर्माण सकिएलगत्तै महेन्द्रनगर–काठमाडौं हवाइ हुने सुरू हुनेछ । सरकारले २७ करोड लागत अनुमानको ठेक्का आह्वान गरेको थियो ।
विमानस्थल पुनः सञ्चालनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार हुँदादेखि नै सांसदद्वय डा. दीपकप्रकाश भट्ट र निरुदेवी पाल तथा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले पहल गरिरहेका थिए । ओली सरकारकै पालामा अगाडि बढेको प्रक्रिया निर्माणको अन्तिम चरणमा पुगेको छ । तर बजेट अभाका कारण निर्माण कार्य रोकिीएको छ । उक्त कार्यलाई निरन्तरता दिन उनले यसपटक आफुलाई जिताउनुपर्ने बताएका छन् ।
२०२४ सालमा महेन्द्रनगर मझगाउँ विमानस्थल सञ्चालनमा आएको थियो । जहाँ २०५६ सालसम्म नियमित जहाज चलेका थिए । त्यो समयमा मझगाउँबाट काठमाडौं र सुदूरपश्चिमका पहाडी जिल्लामा उडान हुन्थे ।
विमानस्थल सञ्चालन बन्द भएपछि २०५८ सालमा संकटकाल लागेका बेला नेपाली सेनाको ब्यारेक विमानस्थलको क्षेत्रमा विस्तार गरिएको थियो ।
स्थानीय गाउँलेको अतिक्रमण रोक्न सेना र रत्न बाटिकाले संरक्षण गर्ने जिम्मा दिइएको थियो । तर सेनाले २०७५ सालमा भित्रभित्रै पूर्जा उठाएर जग्गा कब्जा गरिसकेको स्थानीयको आरोप छ । शुरूमा विमानस्थलको क्षेत्र शुक्लाफाँटा निकुञ्जको गेटसम्म रहेको बताइन्छ ।
विमानस्थलको जग्गा ५२ विगाहा १० कट्टा १२ धुर रहेपनि संरक्षणका नाममा कब्जा भएको बताइन्छ । चाहिएको बेला विमानस्थललाई दिने गरी रत्न बाटिका बनेको र खेलकुदका लागि सेनालाई दिइएको थियो ।

महाकाली अञ्चल अस्पताललाई शिक्षण अस्पताल बनाउने चुनावि प्रतिवद्धता पुरा गर्न भगिरथ प्रयत्न गरेको उनले बताए । महाकाली अञ्चल अस्पताललाई शिक्षण अस्पताल बनाउन ऐन कानुनको कमी भएको उनी बताउछन् । ‘मैले महाकाली अस्पताललाई शिक्षण अस्पताल बनाउन भगिरथ प्रयास गरेको छु,’ डा भट्टले भने, ‘महाकाली अस्पताललाई नै शिक्षण अस्पताल बनाउन चिकित्सा विश्वविद्यालयको अवधारणा लिएको हु, यस पालि मलाई जिताएमा अवश्यपनि शिक्षण अस्पतालमा रुपान्तरण गर्छु ।’
गेटामा ठूला ठूला भवन निर्माण सम्पन्न भईसक्दा पनि त्यसलाई शिक्षण अस्पताल बनाउने कि प्रतिष्ठानको रुपमा संञ्चालन गर्ने भन्ने विषयमा निर्णय भई सकेको थिएन् । यहि विषयमा सकस भईरहको थियो । उनले गेटामा निर्माण गरीएको शहिद दशरथ चन्द चिकित्सा विश्वविद्यालय स्थापनामा ठूलो भुमिका निर्वाह गरेका छन् । उनले उक्त विश्वविद्यालयको पहिलो शिक्षण अस्पतालको रुपमा महाकाली अस्पताल हुने र दास्रो शिक्षण अस्पतालकोरुपमा सेती अस्पताललाई संवद्धन दिईने बताए । ‘शहिद दशरथ चन्द चिकित्सा विश्वविद्यायको पहिलो शिक्षण अस्पताल महाकाली र दोस्रो शिक्षण अस्पतालकोरुपमा सेतिलाई विकास गर्न पहल गर्छ,’ उनले भने, ‘सुप विश्वविद्यालयमा खेलकुद विज्ञान विषयलाई अध्यापन गराउन पहल गर्नेछु , युवालाई रोजगारीमा जोेडेर शिक्षा दिनुपर्छ ।’

त्यसैगरी उनको तेस्रो ऐजेण्डा थियो दोधारा चादनी सुख्खा बन्दरगाहको कार्य तिव्र गतिमा चलिरहेको छ । भने महाकाली करिडोरको कार्य सुस्त गतीमा रहेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

१३७औ मजदुर दिवस कञ्चनपुरमा पनि मनाईयो, मजदुरका हकअधिकारमा सरकार चुक्यो

१३७औ मजदुर दिवस कञ्चनपुरमा पनि मनाईयो, मजदुरका हकअधिकारमा सरकार चुक्यो

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा पनि १३७ औ मजदुर दिवस मनाईएको छ । शुक्रबार महेन्द्रनगरमा बजारमा ¥याली प्रदर्शन तथा कोण सभा गरी मजदु...
कञ्चनपुरमा टिप्परकाे ठक्करबाट एक युवकको मृत्यु, एक घाइते

कञ्चनपुरमा टिप्परकाे ठक्करबाट एक युवकको मृत्यु, एक घाइते

महेन्द्रनगर — जिल्लाकाे दाेधारा चाँदनीमा टिप्परले ठक्कर दिदा एक युवककाे घटनास्थलमै मृत्यु भएकाे छ, भने एक घाईते भएका छन् । ...
महेन्द्रनगरमा पनि ‘वर्ल्ड लिङ्क बिट द स्पीड’ : तिब्र गतिको बलर खोज्न आइतबार  महेन्द्रनगरमा युवाहरुबीच प्रतिस्पर्धा गराइने

महेन्द्रनगरमा पनि ‘वर्ल्ड लिङ्क बिट द स्पीड’ : तिब्र गतिको बलर खोज्न आइतबार महेन्द्रनगरमा युवाहरुबीच प्रतिस्पर्धा गराइने

महेन्द्रनगर : नेपालमै सबैभन्दा तीव्र गतिका बलरको खोजी गर्ने उद्देश्यसहित ‘वर्ल्ड लिङ्क बिट द स्पीड’ प्रतियोगिताको तेस्रो संस्करण आ...
होली फेमली स्पोर्टस एकेडेमीद्धारा हजारौलाई निःशुल्क क्रिकेट र तेक्वान्दो प्रशिक्षण

होली फेमली स्पोर्टस एकेडेमीद्धारा हजारौलाई निःशुल्क क्रिकेट र तेक्वान्दो प्रशिक्षण

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१० स्थीत होली फेमली स्पोर्टस एकेडेमीले हजारौ विद्यार्थीहरुलाई निशुल्क तेक्वान्दो प...
होली फेमली स्पोर्टस एकेडेमीद्धारा संञ्चालीत दश दिने निशुल्क क्रिकेट ट्रेनिङ्ग तथा तेक्वान्दो प्रशिक्षण समापन, साढे तिन सय जना प्रशिक्षित

होली फेमली स्पोर्टस एकेडेमीद्धारा संञ्चालीत दश दिने निशुल्क क्रिकेट ट्रेनिङ्ग तथा तेक्वान्दो प्रशिक्षण समापन, साढे तिन सय जना प्रशिक्षित

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१० स्थीत होली फेमली स्पोर्टस एकेडेमीले सञ्चालन गरेको १० दिने क्रिकेट ट्रेनिङ्ग तथा...
पत्रकार धामी विरुद्ध उजुरी, पत्रकार महासंघको आपत्ति

पत्रकार धामी विरुद्ध उजुरी, पत्रकार महासंघको आपत्ति

महेन्द्रनगर– कञ्चनपुर जिल्लाका पत्रकार विमल धामी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरल...
शिक्षा नियमावली विपरित संस्थागत विद्यालयलाई  स्थानान्तरण अनुमति

शिक्षा नियमावली विपरित संस्थागत विद्यालयलाई स्थानान्तरण अनुमति

महेन्द्रनगर – गत चैत्र १९ गते विहिबार बसेको भीमदत्त नगरपालिको कार्यपालिका बैठकले नगरपालिकाको शिक्षा नियमावली २०७९ विपरित निर्णय गर...
महाकाली नदीमा रोजगारीसंगै व्यवसाय

महाकाली नदीमा रोजगारीसंगै व्यवसाय

महेन्द्रनगर–भीमदत्त नगरपालिका ९ मुसेट्टीका किसन भाट महाकाली नदीमा ६ वर्षअघि पहिलो पटक ¥याप्टिंगका लागि अभ्यास गरिदाका सांची हुन् ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज