Advertisement

संविधानमा भएको मौलिक हक पाउन आन्दोलन गर्नुपर्ने बाध्यता

महेन्द्रनगर – संविधानमा उल्लेख गरीएको मौलिक हक पाउन पनि आन्दोलन गर्नुपर्ने विडम्बना आएको छ । कञ्चनपुर जिल्लामा मौलिक हकका लागि आरक्षपीडितहरुले बिरोध प्रर्दशन गरेका छन । उनीहरु आफ्नो हकअधिकारका लागि लामोसमय देखि विभिन्न प्रकारका आन्दोलन गर्दै आईरहेका छन् । तर सरकारका जिम्मेवार निकार सुतेका कुकुरजस्तै मौन छन् ।
उनीहरुले आफुबाट खोसिएको आफ्नो जमिन मात्रै मागेका छन् । सयौ सरकार फेरीए होलान तर जुनसुकै सरकार आएपनि उनीहरुमाथि आयोग गठन गर्दै रजाईबाहेक केही गरेन् ।
बिहीबार पनि पुर्नस्थापनाको माग अघि सार्दै बिरोध प्रर्दशन गरेर प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन ।
आरक्षपीडितका सन्तान(विद्यार्थी) सहित पीडितले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका हुन । आरक्षपीडित संघर्ष समितिका सहसचिव कृष्ण भट्टले डिभिजन वन कार्यालय अगाडी धर्नासंगै कब्जा गरेर बसेका पीडितहरुले बजारमा परिक्रममा गरेर प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको बताए ।
पीडितका सन्तानद्वय मुकेश विष्ट, विशवदत्त भट्ट, आरक्षपीडित संघर्ष समितिका अध्यक्ष जय बहादुर रोकाया सहितका संघर्ष समितिका पदाधिकारीले सरकारलाई ज्ञापन पत्र बुझाउँदै संविधानमा भएको मौलिक हक कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराईएको छ ।
२४ बर्षदेखि सम्पत्तीको हकबाट बञ्चित भएकाले पीडितका सन्तानहरुको पढाई लेखाई गर्ने उमेरमा भारत जानुपर्ने बाध्यता रहेको दर्शाएका छन । स्थायी नहुँदासम्म अस्थायी बसोबास गरिदिनुपर्ने, गत विगता आयोगको प्रतिवेदन अनुरुप प्रति परिवार १०कट्टा जमिन दिनुपर्ने, राहत, क्षतिपूर्ति, द्वन्द्वकालमा भएकाले पीडितलाई पनि द्वन्द्वपीडितकोे सुचिमा राख्नुपर्ने लगायतका माग अघि सारेका छन ।
आरक्षपीडितको ज्ञापन पत्र बुझ्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले पीडितको समस्या शुरुवातमै समाधान नहुँदा झन झन बल्झिदै गएकाले पीडितले अघि सारेका माग माथि सरकारलाई पठाउने बताए ।
०५८सालमा विस्थापीडित पीडित अहिले खुला आकासमुनी बस्न बाध्य भएका छन । चुनावका बेला मात्रै आरक्षपीडितको चुनावी एजेण्डा बन्दै आएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज