Advertisement

लालझाँडीमा निस्शुल्क पशु स्वास्थ्य शिविरको आयोजना

महेन्द्रनगर ः लालझाँडी गाउँपालिकामा २१२ पशुको निशुक्ल उपचार गरिएको छ । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगर कञ्चनपुरले मंगलबार लालझाडी गाउँपालिका वडा नम्बर १ स्थित नौरङ्गामा पशु स्वास्थ्य शिविरको आयोजना गर्दै विरामी भएका पशु, कुकुरहरुको निशुल्क उपचार गरिएको जनाएको छ । कार्यालयका प्रमुख श्याम सिंह खड्काले मंगलबार गरिएको शिविरबाट २१२ गाई, भैसी, बाख्रा, कुखुराको उपचार गरिएको बताए ।
यसैगरि, शिविरमा १७ कुकुरलाई रेबिज विरुद्धको सुइ पनि प्रदान गरिएको कार्यालय प्रमुख खड्काले बताए । शिविरमा पशु चिकित्सक डा.धिरज बोहरा सहितको टोलीले विरामी परेका स्थानीयका पशुहरुको उपचार गरेका थिए । स्थानीयहरुले पशु विरामी परेको लक्षण बताएपछि सोही अनुसार, औषधी समेत वितरण गरिएको भेटनरी कार्यालयले जनाएको छ । स्वास्थ्य शिविरको उद्दघाटन कार्यक्रका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशको भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विर बहादुर थापाले गरेका थिए भने, कार्यक्रमका विशिष्ट अतिथि लालझाँडी गाउँपालिकाका अध्यक्ष निर्मल राना रहेका थिए । शिविरबाट पशुहरुको उपचारका लागि किसानहरुलाई औषधि वितरण समेत गरिएको जनाइएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

महेन्द्रनगर – दोधारा चाँदनी नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धार सामग्रि हस्तान्तरण गरेको छ । बिहिबार दोधारा चादनी ...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज